देवचुली
वडा सञ्जाल देवचुली १६ को आयोजनामा असार १ गते देखि सुरु भएको ८ दिने अभिमुखीकरण कार्यक्रम आज शनिबार सम्पन्न भएको छ। देवचुली १६ मा रहेको ७ वटा विद्यालयमा भएको कार्यक्रमबाट ५ सय २ जना विद्यार्थीहरू लाभान्वित भएका छन्।
इ.प्र.का रजहरको दयाराम चालिसे , एनसिसि ट्रेनर प्रकाश थापा द्वय मुख्य प्रशिक्षकको रुपमा रहेको कार्यक्रममा साइबर सुरक्षा र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिइएको वडा सञ्जाल देवचुली १६ का अध्यक्ष शिशिर आचार्यले हेर्नेपाटीलाई बताएका छन्।
आचार्यका अनुसार पछिल्लो समयका बालबालिका तथा किशोर किशोरीहरुले विभिन्न कारण बाटो बिराउदा अनेकौं समस्याहरू उत्पन्न हुने हुँदा यसको लागी समयमा नै सचेत बन्न र बनाउनको लागी कार्यक्रमको आयोजना गरिएको थियो।
८ दिन सम्म सञ्चालन भएको कार्यक्रममा कालिका केवल नेटवर्क प्रा लि देवचुली १६ , धुसेरी सामुदायिक बन रजहर , सिटिजन लाइफ इन्स्युरेन्स उप शाखा रजहर लगायतका संस्थाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
आज सम्पन्न भएको कार्यक्रममा सञ्जालका अध्यक्ष आचार्यको अध्यक्षता सँगै देवचुली नगरपालिकाको नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता तथा जिल्ला बाल सञ्जालका अध्यक्ष क्रिशला शर्मा , नगर बाल सञ्जालका अध्यक्ष आस्था अधिकारी जिल्ला खेलकुद समितिका सचिव गिरिराज गौतम , वाइज भिजन बोर्डिङका प्रिन्सिपल मधुसुदन तिवारी , जहर जेसिजका निवर्तमान अध्यक्ष राजु केसी , वडा खेलकुद समितिका अध्यक्ष ईश्वर अधिकारी , धुसेरी सामुदायिक बनका अध्यक्ष नारायण पंगेनी , इ.प्र.का रजहरको प्रमुख शेर बहादुर थापा लगायतको उपस्थिति रहेको थियो।