हुप्सेकोट
नवलपरासी ९बर्दघाट सुस्तापूर्व० जिल्लामा नै पहिलो पटक हुप्सेकोट गाउँपालिकाबाट सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा ९लालपूर्जा० वितरण सुरु गरिएको छ ।हुप्सेकोट गाउँपालिकाको आयोजना, राष्ट्रिय भूमि आयोग काठमाडौँ, राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति नवलपुरको समन्वयमा शनिबार हुप्सेकोट २ का ४९ सुकुमवासी भूमिहिन र ५६ भूमिहिन दलित गरी १०५ जना सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले सुकुमवासी र अव्यवस्थित बसोबासीलाई भूमिपति बनाउनु राज्यको दायित्व भएको बताउनुभयो । उहाँले पूर्जा वितरणले न्यायको अनुभूति दिलाएको बताउँदै सबै सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिन सरकार अग्रसर रहेको बताउनुभयो ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका मन्त्री महेन्द्रध्वज जिसीले भूमि आयोगलाई पालिकाले असहयोग गरेका कारण जग्गा धनी पूर्जा वितरणमा कठिनाई भएको बताउनुभयो । नवलपुरमा हुप्सेकोटबाट यो सुरुवात मात्रै भएको बताउँदै भूमिहिन सबैले लालपूर्जा पाउने अधिकार भएकाले सबै राजनीतिक दल, सरोकारवालाले ७लदकउससुकुमवासी र अव्यवस्थित बसोबासीलाई भूमिपति बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले जिल्ला समिति समयमै गठन नहुनुले सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरणमा ढिलाइ भएको बताउनुभयो । उहाँले समयमै जिल्ला समिति गठन गरेको भए धेरैले जग्गाधनी पूर्जा पाउने अवस्था आउने बताउनुभयो । साथै उहाँले नेपाल सरकारको जमिन जनतालाई हस्तान्तरण गर्नुपर्ने हुनाले समय लागेको बताउनुभयो ।
राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति नवलपुरका अध्यक्ष तारापति खरेलले अधुरा कामहरुलाई तिव्र रुपमा अगाडी बढाइने बताउनुभयो । उहाँले हाल जिल्लामा सुकुमवासी र अव्यवस्थित बसोबासी करिब ४० हजारको हाराहारीमा रहेको बताउँदै सबैलाई जग्गाधनी पूर्जा दिने प्रक्रियामा रहेको बताउनुभयो ।
हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मिदेवी पाण्डेले आफ्नै पालिकाबाट पूर्जा वितरण काम सुरु गर्न पाउँदा खुसी लागेको बताउँदै उहाँले सबैको हातमा पूर्जा प्राप्त नभएसम्म सबैले सक्रियताका साथ काम गर्नुपर्ने बताउनुभयो । नागरिकलाई खुसी देख्दा काम गर्ने अझै हौसला मिलेको उहाँको भनाई थियो ।
जग्गा धनी पूर्जा पाउँदा नागरिक खुसी देखिएका थिए ।