लमजुङ
राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङ्गले बृक्षारोपण गर्दै आफ्नो स्थापना दिवस मनाएको छ। रास्वपाले यस अवसरमा लमजुङको सदरमुकाम बेसीशहर संगै अन्य विभिन्न स्थानमा बृक्षारोपण गरेको छ । गत बर्ष २०७९ असार ७ गते स्थापना भएको रास्वपा अहिले २१ सिट सहित संसदमा चौथो पार्टीको रुपमा परिचित छ । पार्टीले स्थापना दिवस मनाउनको लागी बनाएको सप्ताह ब्यापी कार्यतालिका अनुसार लमजुङका विभिन्न नगर, गाउँ र वडासमितिहरुले बृक्षारोपण गरेका हुन् ।
बेसीशहर नगर कार्य समितिले वडा नंं २ वडा कार्यसमितिसंगको सहकार्यमा कोकले डाँडाको कालिका मन्दिर परिसरमा बृक्षारोपण गरेको हो। सो अवसरमा बर पिपल, कागती, आँप, जमुना, बेल, बेलाउती,, मेङ्गोस्टेक, गुलाब, असारे फूल, खुर्सानी फूल लगायतका १ सय फलफूलका विरुवा रोपिएको छ ।
टेक बहादुर थापाको नेतृत्वमा वडा नंं २ का युवाहरुको सहभागितामा त्यस क्षेत्रमा रोपिएको बिरुवाको संरक्षण गर्ने समूह समेत बनाइएको छ भनव यस क्षेत्रमा पार्टीका पदाधिकारी एवं सदस्यहरुले जन्मदिनमा समेत बृक्षारोपण गर्ने निर्णय गरेका छन् ।
बृक्षारोपण कार्यक्रममा बेसीशहरका विभिन्न वडाका कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, पार्टीका सुभेच्छुक एक समर्थक एवं स्थानीयको उपस्थिति थियो । बृक्षारोपण कार्यक्रम बेसीशहर नगर कार्य समितिका सभापति कृष्णबहादुर राउतको अध्यक्षतामा भएको थियो । सुन्दरबजार नगर कार्य समितिले पनि सुन्दरबजारको वडानंं ९ मा बृक्षारोपण कार्यक्रम गर्नुका साथै भक्ति नमुना माविलाई विभिन्न फलफूलका विरुवाहरु सहयोग गरेको छ ।
त्यस्तै मर्स्याङदी गाउँपालिकाको वडा नंं ८ लाम्पाटामा गाउँ कार्य समितिले बृक्षारोपण गरेको छ । रास्वपाले स्थापना दिवसका अवसरमा असार १ गते बृक्षारोपण, असार २ गते वडा भेला, ३ गते सामुदायकि वद्यिालय र अस्पतालमा सरसफाइ, ५ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।