चितवन
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर सेन्ट्रल कलेजले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । यही जेठ २८ र २९ गते विद्यार्थी भविष्य लक्षित विशेष कार्यक्रम आयोजना गर्न लागिएको कलेजले जनाएको छ। जेठ २८ गते चितवनको खोलेसिमल र २९ गते पश्चिम चितवनको पार्वतिपुरमा कार्यक्रम हुने कलेजका प्रिन्सिपल यज्ञ विलाश पौडेलले जानकारी दिनुभयो ।
चितवनमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल कलेजले देशभर शाखा विस्तार गर्ने समेत तयारी गरेको छ । कलेजले फ्रेन्चाइज मोडलमा शाखा विस्तार गर्न लागेको हो । कलेजले चितवनको नारायणगढमा आफ्नै भवन सेन्ट्रल टावर समेत निर्माण गरिरहेको छ । यस्तै कलेजले बिद्यार्थीका लागि आफ्नै बस सेवा सुरु गरेको छ ।
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ ।बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले पछिल्लो समय साउथ कोरियामा अध्यननका लागि जान चाहाने विद्यार्थीलाई पनि लक्षित गरेर धमाधम आइएलटिएस तथा भाषा कक्षाहरुसंचालन गरिरहेको छ ।
कार्यक्रममा सहभागि हुने विद्यार्थीलाई यातायातको समेत सुविधा रहेको कलेजले जनाएको छ ।कार्यक्रम कालिका नगरपालिका ६ को होटल कालिका बेन्क्वेट र भरतपुर २१ पार्वतिपुरको सत्कार पार्टी प्यालेसमा आयोजना हुनेछ ।
उच्च शिक्षा अध्ययन गर्न जापान, अष्ट्रेलिया लगायतका देशमा जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श र भिजा प्रोसेसिङको काम गर्दै आइरहेको सेन्ट्रल कलेजले विद्यार्थीका लागि निःशुल्क तालिम समेत दिँदैछ । कक्षा १२ को परीक्षा दिएर बसेका छात्रा विद्यार्थीहरुलाई लक्षित गरेर कलेजले निःशुल्क तालिम दिन लागेको हो । तालिममा चितवन, नवलपुर र तनहुँका विभिन्न स्कूल कलेजका छात्रा विद्यार्थीहरु सहभागि हुन सक्नेछन । तालिम पश्चात उनिहरुलाई रोजगारीको अवसर समेत प्रदान गरिने प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।
कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको छ । निकट भबिष्यमा नै कलेजले विद्यार्थीका लागि छात्र र छात्रा होस्टलको व्यवस्था गरेर अध्ययन अध्यापन गराउने तयारी गरिरहेको जनाएको छ । कार्यक्रममा शैक्षिक परामर्श तथा करियर काउन्सिल, एक विद्यालय एक रोजगार कार्यक्रमबारे जानकारी, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम र सामुहिक लन्च तथा मनोरन्जनात्मक कार्यक्रम हुने उहाँले बताउनुभयो । कार्यक्रममा उपस्थितिका लागि कक्षा १२ को परीक्षा दिएर बसेका सबै विद्यार्थीलाई आब्हान गरिएको छ । कार्यक्रम स्थलमै भर्ना र बिशेष छुटको व्यवस्था गरिएको प्रिन्सिपल पौडेलले बताउनुभयो ।यस्तै कार्यक्रममा सहभागी विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिने कलेजले जनाएको छ ।