देवचुली,
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको ८ औं स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवचुली नगरपालिका वडा नं १० पृथ्वीनगरमा रहेको पृथ्वी माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर संचालन गरिएको थियो । शिविरमा ४ सय ५० भन्दा बढिले सेवा लिएका छन् ।
शिविरको औपचारिक कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका नगरप्रमुख न्यौपानेले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले व्यवसायीसँगै समुदायका व्यक्तिहरुको स्वास्थ्यमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो । साथै उहाँले पछिल्लो समय अत्याधिक गर्मी बढेसँगै बिरामीको संख्या बढिरहेकाले पनि शिविरले मानिसहरुलाई धेरै सहयोग पुर्याएको बताउनुभएको थियो ।
शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा फिजिसियन सेवा, हाडजोर्नी, स्त्रीरोग, बालरोग, दन्त परिक्षण, छालारोग, उच्च रक्तचाप तथा ई।सि।जि सेवा, रेडियोलोजी तथा भिडियो एक्स–रे सेवा, सुगर परिक्षण सेवा, नाक, कान, घाँटी रोगको परिक्षण गरि निःशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरमा चेकजाँचका लागि आएका व्यक्तिहरुले सामाजिक उत्तरदायित्वमा उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले खेलेको भूमिका शरहानीय रहेको बताएका थिए । आगामी दिनमा पनि आम जनमानसले महशुस गर्न सक्ने यस्तै कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमको अध्यक्षता गर्नुभएका भट्टचनले व्यवसायीको हक, हितको संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्दै व्यवसायीक ऐक्यवद्धता जाहेर गर्ने उद्देश्यले स्थापित उद्योग वाणिज्य संघले विगतका दिन देखि र्नै सामाजिक कार्यमा पनि अग्रसर रहेको बताउनुभएको थियो । उहाँले आठौं स्थापनाको अवसरमा उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले यहाँका आम नागरिकहरुले आफ्नैं ठाउँबाट सेवा लिन सकुन भन्ने मुख्य उद्धेश्यकले देवचुलीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको बताउनुभएको छ ।
कतिपय मानिसहरुको आर्थिक अवस्था कमजोर भएकै कारण चितवनसम्म उपचार गर्न जान नसक्ने बाध्यता पनि हुने हुँदा उनीहरुलाई पनि सहज होस भन्ने हेतुले शिविर संचालन गरिएको भट्टचनले बताउनुभएको छ ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । शिविरको सहयोगी संस्थाका रुपमा देवचुली वडा नं १० वडा कार्यालयको सहयोग रहेको थियो । शिविरको औपचारिक कार्यक्रमको सहजीकरण उद्योग वाणिज्य संघ गैंडाकोटका महासचिव छविलाल कंडेल र सदस्य अमृत श्रेष्ठले गर्नुभएको थियो ।