देवचुली
देवचुली १६ रजहरमा रहेको वाइज भिजन इङ्लिस बोर्डिङ स्कुलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १६ जना विद्यार्थीको सहभागिता रहेको थियो।
"भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीको भूमिका" शीर्षकमा भएको प्रतियोगितामा वरचुलि मावि फारमकी क्रिष्टल सुवेदी तृतीय , वाइज भिजन रजहरकी एन्जिला अधिकारी द्वितीय र जनज्योति मावि प्रगतिनगरकी हेमा देवी न्यौपाने ( प्रकृति ) प्रथम भएका छन्। प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई रजत जयन्तीको समापन समारोहमा पुरस्कार वितरण गरिने विद्यालयका प्रिन्सिपल मधुसुदन प्रसाद तिवारीले हेर्नेपाटीलाई बताउनुभएको छ।
कार्यक्रममा प्रिन्सिपल तिवारीको अध्यक्षता सँगै देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो। विद्यालयका निर्देशक सन्त बहादुर क्षेत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले वक्तृत्वकलाले तार्किक क्षमताको विकास गर्ने भएकाले यस्तो कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभएको थियो।
प्रतियोगितामा कुमारवर्ती इङ्गलिस स्कुल रजहरकी आरति अर्याल र सिन्जु चौधरी ,पृथ्वी मावि पृथ्वीनगरका हम प्रसाद तिवारी , नेपाल मावि केउरेनिका सांग्रिला ढकाल र सौर्य पौडेल , सूर्योदय विद्या मन्दिर हर्कपुरका गणेश सुवेदी र नेहा शर्मा , वरचुलि मावि फारमकी क्रिष्टल सुवेदी र दिया सापकोटा , वाइज भिजन रजहरकी एन्जिला अधिकारी र आदप भट्टराई , विश्वज्योति मावि प्रगतिनगरकी सुमी केसी र आर्यन भट्टराई , अमर इङ्गलिस स्कुल रजहरकी रोजी गुरुङ र आरुषी सापकोटा , जनज्योति मावि प्रगतिनगरकी हेमा देवी न्यौपाने ( प्रकृति ) लगायतका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विश्वराज सिग्देलको संयोजकत्वमा लक्ष्मी प्रसाद पंगेनी सहित दुई सदस्यीय निर्णायक मण्डल रहेको थियो।