कायाकल्प
झुसिलकिरा पुतली बन्ने
एक प्राकृतिक प्रकृया हुन्छ
जसलाई कायाकल्प भनिन्छ
यहाँ त पुतली बदलिएर
झुसिलकिरा बन्ने अप्राकृतिक होडबाजी छ
र यसलाई राजनीति भनिन्छ ।
ती झुसिल्किराहरूलाई
नेता भनिन्छ
सरकार भनिन्छ ।
हामीले चुनेर पठाएका झुसिलकिराले
हाम्रो दुख बोलिदिने संसद
हाम्रो भएन
सिंहदरबार हाम्रो भएन
केवल सडक रहेछ हाम्रो
हामी सडकमा उत्रिएका छौँ ।
हिजो प्रजातन्त्रको पक्षमा उत्रिएका थियौँ यही सडकमा
हिजो लोकतन्त्रको पक्षमा उत्रिएका थियौँ यही सडकमा
हिजो गणतन्त्रको पक्षमा उत्रिएका थियौँ यही सडकमा
हाम्रा प्रियजन पुतलीहरूले खुन बगाए र प्रजातन्त्र आयो
हाम्रा सन्तान पुतलीहरूले ज्यान गुमाए र लोकतन्त्र आयो
हाम्रा आफन्त पुतलीहरूले प्राणको आहूती दिए र गणतन्त्र आयो
तर गणतन्त्रको यही कलिलो रुखमा
यो कस्तो ऐजेरू पलाइरहेछ रु
सदाचारको बृक्षमा
किन भ्रष्टाचार पलाइरहेछ रु
आज भ्रष्टाचारको विरुद्धमा उत्रिएका छौँ
यही सडकमा ।
हामी जनावरको पनि तस्करी विरुद्ध लडिरहेछौ
सिँहदरबार मानव तस्करी गर्छ
हामी नक्कली शासनविरुद्ध आवाज उठाइरहेछौँ
मन्त्री नक्कली शरणार्थी थपिदिन्छ
पुतलीबाट बदलिएको यो कस्तो झुसिलकिरा हो रु
जो भूकम्प पिडितहरूको जस्ता पाता खान्छ
सिसिटिभी क्यामेरा खान्छ
बालुवाटारको बालुवा खान्छ ।
हामी पुतलीहरू बेचिन्छौ
र बालुवा निचोरेर खाडी खान्छौ, अरब खान्छौँ
तिमी झुसिल्किराहरू हामीलाई बेच्छौ
र हाम्रा पङ्खा निचोरेर खरब खान्छौ १
तर झुसिलकिराहरू
यति याद राख्नु
हामीले एकेक हिसाब राखेका छौँ तिमीहरूको
कसरी यो अप्राकृतिक कायाकल्प
सुत्केरीको दबाई खाने पुरुष बन्छ रु
किन हाम्रो संसद
जहाज खाने गोबर किरा बन्छ रु
हामी संसदमा विश्वास गर्ने पुतलीहरू
हामी लोकतन्त्र र गणतन्त्रमा आस्था राख्ने पुतलीहरू
तिमीहरूलाई लाग्छ
कि सत्य डाइनोसरजस्तै लोप हुन्छ रु
ए, नयाँ प्रजातिका झुसिलकिराहरू १
भ्रमको कोकुनबाट बाहिर निस्क
र हेर अब
डायनोसरभन्दा पनि अगाडीदेखि नै
हामी पुतलीहरू
अस्तित्वमा थियौँ यस धरतीमा
र सदा रहनेछौँ
किनभने हामीले सत्यको छनौटसँग समायोजन गरेर
बाँच्न सिकेका छौँ ।
बरू सङ्का गर आफ्नो अस्तित्वप्रति
कि तिमीहरू छिट्टै डायनोसर बन्नेछौ
जो सत्य खान खोजिरहेछौ ।
भूपिन,
चितवन