देवचुली
मोहनी लाल काफ्लेको अध्यक्षतामा लक्ष्मीनारायण वन वाटिका देवचुली १६ को नयाँ समिति गठन गरिएको छ। पुनः अर्को कार्यकालको लागी अध्यक्षमा काफ्ले सँगै उपाध्यक्षमा रत्नाखर सापकोटा , सचिवमा सुदर्शन लामिछाने , कोषाध्यक्षमा नन्द कुमारी थापा सँगै सदस्यहरूमा जमुना शर्मा पौडेल , सुनीता जि सी, हिमलाल भुसाल ,वेग बहादुर जि सी , उदय खड्का , विमला अधिकारी , सुमित्रा घोरासैनी , विष्णु बस्नेत लगायतका चयन भएका छन्।
वाटिकाको नवौँ साधारण सभा तथा चौथो अधिवेशनबाट कार्य समिति सँगै लेखा परिक्षण समितिको संयोजकमा धन माया खड्का सँगै सदस्यहरूमा मोतीराम पाण्डे र दुर्गा पौडेल सुवेदी तथा सल्लाहकार तर्फ केशर बहादुर क्षेत्री , सन्त बहादुर क्षेत्री ,हरि प्रसाद सापकोटा ,नारायण सिङ पंगेनी र भोजेन्द्र बहादुर रायमाझी लगायतका रहेका छन्।
देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानीय सङ्घसंस्थाका पदाधिकारी सँगै समाजसेवी ,बुद्धिजीवी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अवसरमा लक्ष्मीनारायण वन वाटिका परिसरमा बूढानिलकण्ठको मूर्ति शिलान्यास गरिएको वाटिकाका सदस्य दुर्गा पौडेल सुवेदीले हेर्नेपाटीलाई बताएकी छिन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले नयाँ कार्यसमितिलाई सफल सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफ्नो जिम्मेवारीबाट पछि नहट्न सबैलाई आग्रह गरेका थिए। शनिबार नै कार्यक्रमका समेत अध्यक्ष रहेका वाटिकाका अध्यक्ष मोहनी लाल काफ्लेको नेतृत्वमा अक्षयकोषको समेत स्थापना गरिएको छ।