काठमाण्डौ
नेपालमा बाल पोषणको अवस्था पुस्तिका सार्वजनिकीकरण तथा छलफल कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको छ। कार्यक्रममा ७५ ओटा नागरिक संघसंस्था , १२ वटा विभिन्न राष्ट्रिय संजाल , १७ विकासका साझेदार संस्था , १५ सरकारी निकाय, संचारकर्मीहरु सहित १२० जनाको सहभागिता रहेको थियो ।
छलफलमा आफ्नो मन्तब्य राख्दै समग्र नागरिक समाज संगठनका तर्फबाट गैर सरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराईले उत्पादनलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो । सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गरिराखेको र विभिन्न निकायसँग समन्वय गरेर काम भईरहेको कुरा जानकारी दिनुभएको थियो ।
अहिले पोषणमैत्री स्थानीय शासन कार्यान्वयनमा रहेको र बालमैत्री स्थानीय शासनमा पनि अन्तरसम्बन्धित रहेको र सँगै काम गरिरहेको बताउँदै पोषणलाई सबैको सरोकारको विषय बन्नको लागि क्षमता विकासका निम्ति संघीय मामिला मन्त्रालयले निरन्तर काम गरिराखेको जानकारी गराउनुभयो ।
खाद्य अधिकारका लागि राष्ट्रिय संजालका संयोजक विदुर सुवेदीले बाल पोषण बाल अधिकारको विषयमा नभई समग्र मानव अधिकार र खाद्य अधिकारको विषय रहेको बताउनुभयो । उहाँले खानेकुराको संस्कारहरु हाम्रो संस्कृतिसँग जोडिएको हुनाले प्रचलित संस्कारलाई परिवर्तन गर्नुपर्नुे अवस्था रहेको र सबै क्षेत्रबाट पोषण प्रवद्र्धनको निम्ति काम गर्नपर्ने जरुरी रहेको बताउनुभयो ।
बाल अधिकारकर्मी तारक धितालले पोषणमा लागानि गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको थियो । धितालले अभिभावकको चेतना बढाउने, स्थानीय सरकारलाई कसरी जिम्मेवार बनाउने विषयमा सोच्नु पर्ने, अनुगमनलाई बढाउनुपर्ने विषयमा उठान गर्दै एकिकृत सामाजिक सुरक्षा संरचनालाई पारित गर्नुपर्ने सबैको सवाललाई समेटेर सामाजिक सुरक्षा ऐन तर्जुमा गर्ने कुरामा जोड दिनुभएको थियो ।
सहभागीहरूले नेपालमा बाल पोषणका चुनौतीहरूबारे आफ्ना अनुभव र अन्तरदृष्टि साझा धारणा राख्दै रु। ५३२ को पोषणको रकम सबै जिल्लामा पु¥याउन र राषि बढाउन नेपाल सरकार संग आग्रह गरेका थिए । उनिहरुले विद्यालय खाजा कार्यक्रम कम्तिमा माध्यमिक तहसम्म पुर्याउन र प्रति विद्यार्थी खाजाको रकम रु १५ प्रयाप्त नरहेको गुनासो गरेका थिए । कार्यक्रको अवसरमा बालमैत्री, युवामैत्री, लैगिंकमैत्री अभियान जस्तै पोषणमैत्री अभियानलाई पनि अगाडि बनाउनुपर्ने कुरा सरोकारवालाहरुले जोड दिएका थिए ।
जागृति बाल तथा युवा सरोकार नेपालले वकालत, अनुसन्धान र अभियान मार्फत बालबालिका, किशोरकिशोरी र युवाहरुको अधिकारको रक्षा गर्न स्थापना भई बालिका सशक्तिकरण, मानव अधिकारको संरक्षण, मानव बेचबिखन विरुद्ध, बाल श्रम अन्त्य, बालमैत्री स्थानीय शासन, युवामैत्री, र बाल स्वास्थ्यमा केन्द्रित कार्यक्रमहरू र गतिविधिहरू सञ्चालन गर्दै आएको छ । कार्यक्रमको सहजिकरण विपना शर्माले गर्नुभएको थियो ।