गैंडाकोट
युनिक सेकेन्डरी इङ्गलिस स्कुल गैंडाकोट १६ को रजत जयन्ती समारोहको समापन कार्यक्रम आज सोमबार सम्पन्न भएको छ ।
समापन समारोहमा विद्यालयले रजत जयन्तीको अवसरमा आयोजित भजन प्रतियोगिता , अभिभावकहरूको खेलकुद तथा प्रतिभा प्रस्फुटन कार्यक्रम तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिताको पुरस्कार वितरण गरेको थियो।
यसै अवसरमा विद्यालयमा तामाङ , नेवार , गुरुङ , मगर , थारू तथा मिश्रित समुदायको संस्कृति झल्कने नृत्यहरू सँगै विजयी समुहको भजन प्रस्तुत गरिएको थियो।
प्याब्सनका केन्द्रिय उपाध्यक्ष गोपेन्द्र केशरी न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष बद्रि सापकोटाको अध्यक्षता रहेको थियो।
विद्यालयकी एकेडेमिक हेड सिता भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले विद्यालयको विकासको लागी आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।
विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्माले विद्यालयलाई रजत वर्ष सम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण चिर परिचित व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गर्दै सँधै यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताउनुभएको थियो।
शर्माले विद्यालयमा अध्यापन गराउनुभएका भूतपूर्व शिक्षक सँगै हाल कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गर्नुभएको थियो।
कार्यक्रममा जनप्रतिनिधि , जिल्ला प्याब्सनका अध्यक्ष दीपक रावत , विभिन्न विद्यालयका प्रिन्सिपल , शैक्षिक तथा सामाजिक व्यक्तिव , ३ सय भन्दा धेरै अभिभावक सँगै विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
विद्यार्थी ज्योति शर्मा , अभिभावक रिता चालिसे लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो।