गैंडाकोट
गैंडाकोट १६ मा रहेको युनिक सेकेण्डरी इङ्ग्लिश स्कूलमा आज बिहारदेखि अन्तर विद्यालय आधारभूत तह टेबलटेनिस प्रतियोगिता २०७९ सुरु भएको छ।
विद्यालयको रजत जयन्ती समारोह अन्तर्गत रहेर कार्यक्रमको आयोजना गरिएको टेबलटेनिस प्रतियोगिताका संयोजक हिमाल श्रेष्ठले बताउनुभएको छ।
गैडाकोट र देवचुली नगरपालिकाको गरि ४२ जना छात्र र छात्रा खेलाडीहरुको सहभागीतामा सुरु भएको प्रतियोगिता ३ दिन सम्म संचालन हुनेछ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्माले यस विद्यालयलाई स्पोर्ट्स हबको रुपमा विकास गर्ने योजना रहेकोले यसका लागी विभिन्न खेलको लागी आवश्यक भौतिक संरचनाहरु निर्माण गरिएको बताउनुभएको थियो।
शर्माले हाल विद्यालयमा यस क्षेत्रकै उत्कृष्ट बास्केटबल कोर्ट , ब्याटमिन्टन कोर्ट , क्रिकेट अभ्यास नेट , अन्तराष्ट्रिय मापदण्डको टेबलटेनिस बोर्ड रहेकोले यस बाट खेलकुद क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थीहरुलाई भरपुर फाइदा लिन आग्रह गर्नुभएको थियो।
यसै क्रममा गैंडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण कार्कीले युनिक विद्यालयले विगत देखि नै खेलकुदको क्षेत्रमा योगदान दिंदै आएकोमा खुसि ब्यक्त गर्दै आगामी दिनमा नगरपालिका र विद्यालयले सहकार्य गरि अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष बद्रि प्रसाद सापकोटाको अध्यक्षतामा संगै मुकुन्दसेन बोर्डिङ्ग गैंडाकोट , अमर बोर्डिङ्ग अमरापुरी , सुर्योदय विद्या मन्दिर गैंडाकोट , अमर ज्योति मावि गैंडाकोट , देवचुली मावि रजहर , अमर बोर्डिङ्ग रजहर , वाइज भिजन बोर्डिङ्ग रजहर र आयोजक युनिक सेकेण्डरी इङ्ग्लिश स्कूलका प्रिन्सिपल तथा प्रतिनिधि , नगर खेलकुद विकास समितिकाका पदाधिकारीहरु , यातायात व्यवसायी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका क्याप्टेन प्रनिषा रानाभाटको मन्तब्य संगै कक्षा ८ र १० का विद्यार्थीहरुले सांस्कृतिक प्रतुती समेत राखेका थिए।