नवलपुर,
नवलपुरमा पहिलो पटक थियटरमा नाटक मञ्चन भएको छ । साहित्यकार ह्दयचन्द्र सिंह प्रधानको एक चिहान नाटक नवलपुरमा पहिलो पटक मञ्चन भएको हो । १०३।८ ह्याप्पी एफ।एमको आयोजना र पोखरा थियटरको सहकार्यमा नवलपुरको कावासोतीमा रहेको पुन हल थियटरमा मञ्चन भएको छ ।
आज बुधबार दोस्रो दिन ५ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता तीन सो मञ्चन गरिएको छ ।
आजको कार्यक्रममा दिब्य एकेडेमी देवचुली , भीमसेन नमुना मावि देवचुली , नेपाल नमुना मावि देवचुली , युनिक इङ्ग्लिश स्कुल गैडाकोट ,अमर बोर्डिङ्ग गैडाकोट का गरि करिब ६ सय भन्दा बढि विद्यार्थीहरुले एक चिहान नाटक हेरेका थिए ।
नाटक हेर्न उपस्थित विभिन्न विद्यालयका विद्यार्थीहरुले नाटक सन्देशमुलक रहेको बताएका थिए ।
कार्यक्रमको विषयमा नाटक संयोजक एवम् ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले नवलपुरमा पहिलो पटक थियटर नै बनाएर नाटक मञ्चन गर्नु सजिलो काम नभएको तर यसले नवलपुरको नाट्य क्षेत्रमा छुट्टै स्वाद दिन खोजेको बताउनुभएको थियो ।
उहाँले जिल्लाको सदरमुकाम कावासोतीमा थियटर बनाएर नाटक मञ्चन गर्दा विभिन्न तहबाट साथ र सहयोगको आवश्यकता रहेको बताउनुभएको थियो । कार्यक्रमको संचालन ह्याप्पी एफ।एमका स्टेशन म्यानेजर आदर्श सुशिलले गर्नुभएको थियो ।
पोखरा थियटरका कलाकारहरुको प्रस्तुतीलाई उपस्थित सम्पूर्णले खुलेर प्रशंसा गरेका थिए । नाटक फाल्गुन १८ गते सम्म चल्नेछ ।