नवलपुर,
नवलपुरको दुम्कौलीमा रहेको शाश्वतधाममा ४३ लाखले अवलोकन गरेका छन । नेपाल सरकारले वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा शाश्वतधामलाई अवार्ड दिइसकेको छ । शाश्वतधामको सातौँ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा शाश्वतधाममा हाल सम्म ४३ लाख बढिले धामको अवलोकन गरेको जनाइएको छ । विशेष गरि महेन्द्र राजमार्ग मै रहेको धाममा भारतबाट आउने पर्यटकहरुको पनि आगमन हुने गरेको छ ।
नेपालको मध्यभागमा रहेको कारण यस धाममा धेरै पर्यटकहरु आउने गरेका छन । पछिल्लो समय स्कूल, कलेजका विद्यार्थी, विभिन्न समूहमा यहा शाश्वतधाम पुग्ने गरेका छन् । दक्षिण भारतीय शैलीको यो मन्दिर र यससंगै रहेको पार्क मुख्य आर्कषण रहेको छ । मन्दिरलाई वरपर पानीको तलाउल र साँझ बिहान तलाउनमा पानीको फोहोर चलाउँदा मन्दिर पानीमा अडिएको भानहुन्छ र त्यो दृश्य हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ ।
पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दू देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् । हिन्दू धर्मका मुख्य देवी देउताको एउटै थलोमा पूजाआजा गर्न पाइने यो मन्दिरको फरक विशेषता हो । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जोकोही रोमाञ्चक अनुभूति गर्न सक्दछन् ।
यहाँ कक्षा ६, ७ र ८ कक्षा सम्म सस्कृत मुल विषय राखेर अध्ययन अध्यापन हुने गरेको छ । सातौँ वार्षिक उत्सवको अवरमा शनिवार धाममा पञ्चेबाजा सहित विविध कार्यक्रम आयोजना गरिएको छ । धाममा आयोजना गरिएको कार्यक्रममा सासंद बिनोद चौधरी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतको सहभागिता रहेको थियो ।
यो समाचार बुलन्द अलाइनका पत्रकार बिबेक भण्डारी ले लेख्नु भएका हो ।