काठमाडौं ,
नेपाल टी–२० लिगको ‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोप लागेका थप एक जना खेलाडी पक्राउ परेका छन् । वीरगञ्जमा स्थानीय टिमबाट क्रिकेट खेल्दै आएका खेलाडी नितेश गुप्ता पक्राउ परेका हुन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले केही दिनअघि पक्राउ परेर काठमाडौं ल्याएको हो । गुप्ताको एक जना राष्ट्रिय टोलीका क्रिकेटरसँग राम्रो सम्बन्ध थियो । त्यही सम्बन्धका आधारमा उनले राष्ट्रिय टोलीका क्रिकेटरलाई फिक्सिङका लागि ‘हिट विकेट’ गर्न एप्रोच गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।
तर, ती सदस्यले उनको प्रस्ताव मानेका थिएनन् । बरु अन्तर्राष्ट्रिय क्रिकेट कमिटी ९आईसीसी० को एन्टी करप्सन युनिट ९एसीयू० लाई गरेको ब्यूरोका एक अधिकृतले बताए । उनले दिएकै सूचनाका आधारमा प्रकरणमा गुप्ताको संलग्नता खुलेको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो ।
उनले एक जना भारतीय नागरिकले अह्राए अनुसार फिक्सिङका लागि एप्रोच गरेको अनुसन्धान अधिकृतहरुको भनाइ छ । प्रहरीले ती भारतीय नागरिकबारे पनि अनुसन्धान गरिरहेको छ । फिक्सिङ गराएवापत प्रति हर्कत ३ लाख रुपैयाँका दरले रकम दिने खेलाडीहरुलाई प्रस्ताव गरिएको अधिकृतहरु बताउँछन् ।
सीआईबीले १० माघमा फिक्सिङमा संलग्न रहेको आरोपमा राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । सीआईबीका अनुसार फिक्सिङमा ११ जनाको संलग्नता देखिएको छ । तीमध्येका एक जना गुप्तालाई प्रहरीले हालै पक्राउ गरेको हो ।
यो प्रकरणमा वेस्ट इन्जिडका खेलाडी आन्द्रा म्याक्कर्थीसहित नेपाल क्रिकेट संघ ९क्यान० को रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टस्का प्रमुख जतिन अलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सक्लानीसहितका व्यक्तिहरु फरार छन् ।
सीआईबीले अनुसन्धान थलोपछि उनीहरु सुरक्षा चुनौती भएको दाबी गर्दै १८ पुसमा भारततिर भागेका थिए । खेलमा फिक्सिङ भएको हुनसक्ने आशंका सार्वजनिक भएपछि गृह मन्त्रालयले पनि अनुसन्धानका लागि निर्देशन दिएको थियो ।
ब्यूरोले प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो । अनुसन्धान समितिले क्यानको भूमिकामाथि पनि प्रश्न उठाएको छ ।
अनलाइन खबरबाट