शहिद
के सोचेर आफ्नो आहुती दिएको थिए
त्यहीँ दिन याद आइरहेकोछ,
आज एक दिन श्रद्धा सुमनले
पुष्प गुच्छा मेरो सालिकमा नचडाउ ।
सासक फर्किहेर, देश डुबिरहेछ,
प्राण छोडने बेलाको पिडा बोध कम लाग्छ मलाइ ।
देशमा, जस्तो पहिलेको गिधेतन्त्र थियो,
त्यस्तै देखिरहेछु अब त समय आएनर ?
सासक हाम्रो रगतको उचित मुल्यांकन गर्ने ।
समय घर्कदैछ पधेरोमा नेपाल आमाको
सारिमा लागेको हिलो पखाल्ने
साच्चै तिमिले बोकाएको बन्दुक्ले ठुला सत्ता परिवर्तन भयो
पहिलाकै सासक जस्तो स्वार्थ रुपि स्वास तिमी भित्र कसरी रह्यो ?
म बादल माथीबाट हेर्छु,
जुन माटाेका सुन्दर संसार छोडे,
ती माटाका साना कमिलाले कहिले सुख पाउने ?
माहिली काकी भन्थिन बुडाे घर पुरानो भयो
हामिले चुहिने छानो कहिले छाउने ?
आँसु खहरे जसरी बर्सिरहेछ
कति भिज्यो आँखा भनि यो सिरानिलाइ थाहाछ !
उस्तै छ देश !
जस्तो मैले देखेको थिए,
बस फरक यति छ
आज मेरो सहादत माथी राजनिती भइरहेछ,
सासकलाई प्रवाहनै रहेन !
कसरी बिर्सन्छौ तिमिसङ
काधमा काध राखी तिमिलाइ साथ दिएको,
तिमिले दिएको बन्दुक बोकि रण भुमिमा होमिएको,
सडकबाट विद्रोहको आवाज निकालेको,
प्रहरीको लाठिसङ जुधेको।
सास फुल्नेगरी नयाँ नेपालको शंखघोष गरेको,
फुका चिउरा र पानीमा तिम्रो क्रान्तिको इन्धन बलेको,
बस आजको दिन मलाई पुष्प गुच्छा अर्पण गरि अपमान नगर ।
गर्नुनै छ भने तिमिले दिएको नयाँ नेपालको दिवा सपना पूरा गर ।।
- विबेक चापागाईं
देवचुली ११