पोखरा
तेस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सवका नवलपुरको देवचुली नगरपालिका १६ मा रहेको देवचुली मावि सहित १९ नाटक छनोट भएका छन् । महोत्सवको लागि कुल २९ वटा प्राप्त भएकोमा छनोट समितिले स्कृप्ट अध्ययन पश्चात १९ वटा नाटक छनोट गरिएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो । महोत्सव माघ १४ गतेबाट माघ २१ गते चल्नेछ । छनोट भएका सबै नाटक गैह्रापाटन पोखरामा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।
‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रदेशका ७ जिल्लाका नाटक छानिएका हुन् । जसअनुमार कास्की जिल्लाबाट सबैभन्दा बढी नाटक छनोट भएका छन् । कास्कीबाट कुल १३ नाटक छानिएका हुन् ।
कास्की जिल्लाबाट छनोट भएका नाटकमा प्रतिभा माध्यामिक विद्यालयको ‘यात्रा राजधानीको’, विन्ध्यावासिनी माध्यामिक विद्यालयको ‘तुलसी’, विन्ध्येश्वरी आदर्श बोडिङ स्कुलको ‘प्रत्यागमन’, करुणानिधी एजुकेशन फाउन्डेसनको ‘लौ आयो ताजा खबर’, छोरेपाटन माध्यामिक विद्यालयको ‘कन्यादान’, हिल प्वाइन्ट स्कुलको ‘छुने नजर’, प्रगति माध्यामिक विद्यालयको ‘करेसा कन्र्सट’, बाल मन्दिर माध्यामिक विद्यालयको ‘आमाको माया’, नवदीप बोडिङ स्कुलको ‘दुइ देशको भिर गाथा’, भानुभक्त आवासिय माध्यामिक विद्यालयको ‘समय पिडा’, कास्की मोडनाइज्ड एकेडेमीको ‘पश्चाताप’, वेलनोन एकेडेमीको ‘जिउँदा अवशेषहरु’ र माछापुच्छ«े माध्यामिक विद्यालयको ‘चित्कार’ रहेका छन् ।
यसैगरी नवलपुरको देवचुली माध्यामिक विद्यालयबाट ‘परिवर्तनपुर’, लमजुङको विद्याज्योति माध्यामिक विद्यालयबाट ‘मुक्त्ती’, तनहुँको व्यास दिव्यज्योति बोडिङ स्कुलको ‘गुलेली मास्टर’, स्याङजा मिर्मी आधारभुत विद्यालयको ‘महिनावारी’, म्याग्दीको बेनी सामुदायिक माध्यामिक विद्यालय ‘जल्न नसकेको लास’ र बाग्लुङको रुद्रेपिपल माध्यामिक विद्यालयको ‘जिम्मेवारी’ नाटक महोत्सवको लागि छनोट भएका छन् ।
वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा बनेको छनोट समिति नाटक छनोट गरेको हो । छनोट समितिको सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहनुभएको थियो ।
यस अगाडि दूई संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय स्तरिय नाटक महोत्सव भव्यताका साथ सम्पन्न गरेको थिएटरले पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सव समेत आयोजना गरिसकेको छ । पोखरा थिएटर सञ्चालन पश्चात पोखरामा नियमित रुपमा नाट्य गतिविधि भइरहेका छन् । नाटक महोत्सवलाई भव्य बनाउन तयारीलाई तिव्रता समेत पारिएको आयोजकको भनाई छ ।
राजाराम पौडेल