देवचुली
देवेन्द्र शर्माको सभापतित्वमा नेपाल रेडक्रस सोसाइटी प्रगतिनगर उप शाखाको ११ सदस्यीय कार्यसमिति गठन भएको छ। आज मंगलबार सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी प्रगतिनगर उप शाखाको तेस्रो साधारण सभा एवम् दोस्रो अधिवेशन बाट शर्माको सभापतित्वमा सर्वसम्मत नयाँ समिति गठन भएको नवनिर्वाचित उपसचिव ईश्वर रेग्मीले हेर्नेपाटीलाई बताउनुभएको छ।
रेग्मीका अनुसार आजको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रगतिनगर उप शाखाका सभापति शशिधर रेग्मीको सभापतित्व सँगै नेपाल रेडक्रसका जिल्ला सभापति ऋषि कडेलको प्रमुख अतिथ्यतामा रहेको थियो।
२ वर्षे कार्यकालका लागी सभापतिमा शर्मा सँगै समितिका अन्य पदाधिकारीहरूमा क्रमश उप सभापतिमा हुमिसरा आले , सचिवमा निर्मला कडेल , उपसचिवमा ईश्वर रेग्मी , कोषाध्यक्षमा शिवलाल गैरे , सह कोषाध्यक्षमा चेत ब रावल सँगै सदस्यहरूमा दयाराज तिवारी , दीपक शर्मा , मिना कुमारी सापकोटा, मोहम्मद रफिक अहमद , दल ब भट्टराई लगायतका चयन हुनुभएको निर्वाचन अधिकारी उमा भुसालले बताउनुभएको थियो।
ईश्वर रेग्मीको स्वागत मनतब्य रहेको कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेसका सभापति डिल्लीराम कडरिया , विभिन्न वडाका अध्यक्षहरू , अस्थाई प्रहरी पोस्ट दलदलेका प्रमुख , देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रेष्ठ लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कडेलले नवनिर्वाचित सम्पूर्णलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै मानविय कार्यमा लाग्न सबैलाई आग्रह गरेका थिए।