देवचुली,
नेपालकै उत्कृष्ट खानेपानी संस्था प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुसालले आर्थिक बर्ष २०७८/०७९ को प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष भुसालले आर्थिक बर्ष २०७८/०७ मा संस्थाले गरेका ६५ वटा बुदालाई प्रस्तुत गर्नुभएको थियो ।
यसैगरि आर्थिक बर्ष २०७९/०८० को कार्य योजना प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष भुसालले आगामी कार्य योजनामा खोलाको मुहान क्षेत्रमा ड्याम निर्माण, खोला नियन्त्रण र पुर्वाधार संरक्षणका लागि खोला गहिरो बनाउने, ग्याबिन जाली भर्ने, फिल्टर प्लाण्टको क्षमता अभिवृद्धि गर्ने, प्रिसेडिमेन्टेशनको लागि १ पोखरी थप्ने, सामुदायिक वनसँग सहकार्य गरि पोखरी निर्माण गर्ने, सिताबास परिसरमा ३ कोठे पक्की जेनेरेटर हाउस निर्माण गर्ने, स्लेसेण्ड ट्यांकीको २ कोठा थप गर्ने, रिजवर्वायर ट्यांकीहरू २ कोठा थप गर्ने, आवश्यक ठाउँमा दुईवटा बोरिगं खन्ने, उपयुक्त स्थानमा १ ओभरहेड ट्यांकी निर्माण गर्ने, सिताबास देखि धारापानी र जनज्योति मार्गमा समानान्तर पाईप लाईन बिस्तार गर्ने, आवश्यक फर्निचर खरिद गर्ने, उपयुक्त स्थानमा जग्गा खरिद गर्ने, सबै बोरिंगहरूमा एसएमएस प्रणाली जडान गर्ने, कर्मचारीका दुर्घटना बिमा र उपभोक्ताको विमालाई निरन्तरता दिईने, ल्याव तथा सुरक्षा योजनाका लागि आवश्यक सामाग्री खरिद गर्ने, स्मार्ट वाटर प्रविधि जडान सञ्चालन गरिने जस्ता थुप्रै योजनाहरू रहेको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कोषाध्यक्षद्वारा संस्थाको आर्थिक प्रतिवेदन गुना भण्डारीले प्रस्तुत गर्नुभएको थियो । यसैगरि सुरक्षा उपसमितिको प्रतिवेदन खानेपानीको सुरक्षा योजना उपसमितिका सचिव लोकनाथ अर्याल, आन्तरिक लेखा समितिको प्रतिवेदन संयोजक रत्ना भुसालले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगरप्रमुख न्यौपानेले देशकै नमुना खानेपानीका रूपमा देवचुली नगरपालिका भित्रको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता चिनिनु गौरबको कुरा भएको बताउनुभएको थियो । उहाँले देवचुली नगरपालिकालाई ढल निकास सहितको नगरपालिका बनाउन नगरपालिका लाग्ने बताउँदै आगामी दिनमा पनि खानेपानी संस्थासँग सहकार्य गरि अगाडि बढ्ने बताउनुभएको थियो ।
कार्यक्रममा छिमेकी खानेपानी संस्थाको तर्फबाट दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष पवन बुढाथोकी, साधारण सभाका पर्यवेक्षकको तर्फबाट कृष्णप्रसाद गौतम, चुणामणी भण्डारी, धर्मदत्त भुसाल, देवचुली वडा नं १० का वडाध्यक्ष रेप्ती कुमार घर्ती, वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेल, वडा नं १४ का वडाध्यक्ष गोपाल थापा, वडा नं १५ का वडाध्यक्ष सुरेशकुमार रानाभाट, देवचुली नगरपालिकाका प्रवक्ता एवम् वडा नं ११ का वडाध्यक्ष तिल प्रसाद काफ्ले लगायतले यस खानेपानी संस्थाको उत्तोरत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा खानेपानी संस्थाका उपभोक्ता, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । प्रगतिनगर खानेपानी संस्थाका उपाध्यक्ष दुर्गादेवि विष्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव ईन्द्रमणि भुसालले गर्नुभएको थियो । हाल यस संस्थाले २४ सै घण्टा पानीको वितरण गरिरहेको छ । संस्थामा अहिलेसम्म ५ हजार १ सय २१ उपभोक्ता सदस्य रहेका छन् । संस्थाले विश्व स्वास्थ्य संगठन (WHO) ले तय गरेका सुचक र मापदण्ड पूरा गरि सुरिक्षत पानी र प्रभावकारी सेवा सहित नमूना खानेपानी योजना निर्माण गर्ने लक्ष्य राखेको छ ।
शनिबार देवचुली नगरपालिकाको सभाहलमा प्रगतिनगर खानेपानी तथम सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।