देवचुली,
रजहर जेसीजको आठौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । देवचुली १६ पिप्रहरमा रहेको टाईगर रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो । रजहर जेसीज बर्ष २०२२ का अध्यक्ष ईश्वर लोहनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जेसी आई सिनेटर विकास मानन्धरले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम अन्तर्गत रजहर जेसीज बर्ष २०२२ का अध्यक्ष ईश्वर लोहनीले २०२३ का निर्वाचित अध्यक्ष जेसी शोभा मुखियालाई चेन हस्तान्तरण गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । यस्तै, नव निर्वाचित अध्यक्ष जेसि शोभा मुखिया कोइरालाले नयाँ कार्यसमितिका निर्वाचित पदाधिकारीहरु सहकोषाध्यक्ष जेसी अर्जुन कंडेल, सहसचिव जेसी यमनाथ गौतम, उपाध्यक्ष जेसी हरि प्रसाद गौतम, उपाध्यष जेसी निरज रायमाझी, उपाध्यक्ष जेसी प्रदिप पौडेल, उपाध्यक्ष जेसी विष्णु पौडेल, कार्यकारी उपाध्यक्ष जेसी प्रदिप अधिकारी र कार्यकारी उपाध्यक्ष जेसी अनिल न्यौपानेलाई सपथ ग्रहण गराउनु भएको थियो ।
त्यस अवसरमा जेसीज वर्ष २०२३ कि अध्यक्ष मुखिया कोइरालाले प्रभावका लागि नेतृत्व भन्ने सोचलाई आधार बनाएर आफु अघि बढ्दै जाने बताउनु भएको छ । आफ्नो कार्यकाल अवधिभर विभिन्न महत्वपूर्ण योजनाहरु रहेको बताउनुभएको छ । पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष ईश्वर लोहनीले आफ्नो कार्यकालमा विभिन्न क्षेत्रमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा महानायक राजेश हमाल, देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपाने, वडा नं १६ का वडाध्यक्ष केशव गौतम, जेसी आई रजहरका पूर्व अध्यक्ष ज.सी सन्तोष थापा, जेसी आई रजहरका संस्थापक अध्यक्ष सुलोचना कुँवर जिसी, क्षेत्र घ का लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी तेज प्रसाद उप्रेती, राष्ट्रिय कार्यकारी उपाध्यक्ष जेसी जीवन कार्की, गैंडाकोट जेसीज २०२२ का अध्यक्ष सफल अधिकारी, जेसी आई सिनेटर विकास मानन्धर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरु व्यक्तित्व, नेतृत्व र सामाजिक क्षेत्रमा जेसीजले निरन्तर काम गर्न आग्रह गर्दै सम्पूर्ण नयाँ पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल जेसीजका पदाधिकारी, छिमेकी शाखाका शाखा अध्यक्ष, पदाधिकारी, रजहर जेसीजका पूर्व अध्यक्ष, पदाधिकारी, विभिन्न संघसंस्थाका व्यक्तिहरु लगायतको सहभागिता रहेको थियो ।