नवलपुर,
आगामी माघ १५ गतेबाट गण्डकी प्रदेशस्तरीय तेस्रो विद्यालय नाटक महोत्सव हुने भएको छ । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुन लागेको हो । पोखरा थिएटरको आयोजनामा आगामी माघ १५ गतेदेखि माघ २१ गतेसम्म महहोत्सव चल्नेछ । ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना हुने महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका विद्यालयबाट सहभागिता रहने अपेक्षा गरिएको पोखरा थिएटरका अध्यक्ष एवम् महोत्सव संयोजक परिवर्तनले जानकारी गराउनुभयो ।
महोत्सवमा सहभागिता जनाउनका लागि विभिन्न छनोट चरण पार गर्नुपर्ने उहाँले बताउनुभयो । पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिने र त्यसको लागि यहि पुस २० गतेभित्र नाटकको कथावस्तु विद्यालयहरुले पठाइसक्नुपर्ने बताउनुभयो ।
कथावस्तुको अध्ययन पश्चात दोस्रो चरणको लागि विद्यालय छनोट गरिने छ । यसैगरि दोस्रो चरणमा छनोट भएका नाटकलाई हेरेर निर्णायक मण्डलले अन्तिम चरणको लागि छनोट गर्नेछ । यसरी अन्तिम चरणमा छनोट भएका नाटक गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।
महोत्सव प्रतियोगीतामा भाग लिनको लागि बढीमा एक विद्यालयका १५ जनाको समूह बनाउन सक्ने , नेपाली नाटक हुनुपर्ने र नाटकको समयावधि घटिमा ४० मिनेटदेखि बढिमा १ घण्टासम्मको हुनुपर्ने छ । महोत्सवमा गण्डकी प्रदेश भित्र माध्यामिक तहसम्म अध्यनरत विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् । महोत्सवमा छनोट भएका नाटकका कलाकार, व्यवस्थापक, प्राविधिकलाई प्रमाणपत्र, मेडलले सम्मान गरिनेछ । साथै छनोट भएका हरेक समुहले १० हजार रुपैयाँ नगद समेत प्रोत्साहन स्वरुप प्राप्त गर्नेछन् ।
नाटक छनोट प्रक्रिया यस प्रकार रहेको छ
१. कुनै पनि जाति, सम्प्रादय, धर्म, संस्कृतिको मुल्य मान्यतालाई खलल पार्ने खालको
नाटक महोत्सवमा सहभागी गराइने छैन ।
२. प्रस्तुति एकल अथवा सामूहिक हुनसक्ने छ ।
३. प्रत्येक विद्यालयले लेखक, निर्देशक, कलाकार, प्राविधिक, विद्यालय प्रतिनिधि गरि
बढिमा १५ जनासम्मको समूह बनाउन सक्नेछन् ।
४. माध्यमिक तह कक्षा १२ सम्मका विद्यार्थीहरुलाई अभिनयमा समावेश गर्नुपर्ने
छ । लेखक, निर्देशक, प्राविधिकको सन्दर्भमा भने यो नियम अनिवार्य छैन् ।
५. नाटकको समयावधि ४० मिनेटदेखी १ घण्टा सम्मको हुनुपर्ने छ ।
६. पहिलो चरणमा नाटकको स्कृप्ट (कथावस्तु) अध्ययन गरिनेछ । अध्ययन गरिएका
स्कृप्टबाट कथाबस्तु, भाषाशैली, संवाद, प्रस्तुतिकरण, मञ्चीयता, मौलिकता आदिलाई
आधार मानेर उत्कृष्ट १८ देखि २१ नाटक महोत्सवका लागि छनोट गरिने छ ।
७. महोत्सवमा सहभागी नाटकका कलाकार, व्यवस्थापक, प्राविधिकहरुलाई प्रमाण
पत्र, मेडल र नगद रु १०,००० ले सम्मान गरिने छ ।
८. छनोट भएका नाटकलाई आयोजकले आवश्यकता महसुस गरेमा सल्लाह, सुझाव
एंव सहजीकरणको व्यवस्था गर्न सक्ने छ ।