देवचुली,
पशुपति वैदिक आश्रम देवचुली १५ प्रगतिनगर नवलपुरको आयोजनामा अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवम् शतचण्डी धनधान्याञ्चल महायज्ञको दोस्रो दिन आज शुक्रबार सम्पन्न भएको छ।
आज दोस्रो दिन महायज्ञमा विशेष सन्तहरुले धार्मिक प्रवचन दिनुभएको थियो भने प्रवचन सुन्न भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नेपाल खोक्रो हुन गइरहेकाले नेपाली हिन्दु धर्म, संस्कृतिको संरक्षणका लागि महायज्ञ आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।
धर्म, संस्कृति जगेर्ना गर्न र नयाँ पुस्तालाई यसको महत्व बुझाउन अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवम् शतचण्डी धनधान्याञ्चल महायज्ञ गरिएको प्रवचनको क्रममा सन्तहरुले बताउनुभयो।
वि.सं २०४२ साल देखि संस्कृत विद्यालय गुरुकुलीय परम्पराले चलिरहेको संस्थामा हाल ७० जना विद्यार्थीलाई आवास एवं भोजनको व्यवस्था गरिरहेको छ ।
संस्थाका निर्माण कार्य अन्तर्गत रहेका मदिर, गुरु समाधि, संतनिवास , भक्त निवास, सत्संग भवन, पाठशाला, यज्ञशाला, गौशाला, आयुर्वेदिक अस्पताल, पर्खाल लगायतको गुरु योजनाका निम्ति सहयोग सङ्कलनका लागि महायज्ञ गर्न लागिएको हो ।