गैडाकोट
गैडाकोट १६ मा रहेको युनिक सेकेन्डरी इङ्गलिस स्कुलको रजत जयन्ती समारोहको उद्घाटन आज सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्माको अध्यक्षता सँगै गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।
विसं २०५२ मङ्सिर महिनामा स्थापना भएको विद्यालयको २५ औं वार्षिकोत्सवमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि अधिकारी , भूपू शिक्षक संसार चन्द्र न्यौपाने , अभिभावक गणेश तामाङ्ग , गैडाकोट १६ का वडा अध्यक्ष बिनोद मल्ल लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै नाम अनुसारको काम गर्दै आएको र आगामी दिनमा पनि अझ युनिक बन्दै समाजमा फरक पहिचान बनाउन आग्रह गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल शर्माले विद्यालयको सुरुवात देखि आज सम्मको उतारचढावलाई प्रसुत गर्दै आगामी दिनको योजनाको बारेमा बताउनु भएको थियो। विद्यालयको शिक्षिका राधिका काफ्लेले आफूले विद्यालयमा २१ वर्षदैखि कार्यरत रहँदाको अनुभव प्रस्तुत गर्नुभएको थियो।
विद्यालयका शिक्षक नवराज अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा बिधार्थी कुशल खनाल र साधना शर्माले शुभकामना मन्तव्य राखेका थिए। आजको विशेष कार्यक्रमको अवसर पारी बिधालय स्थापनाकालमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने स्व कलानिधि लामिछाने र कृष्ण प्रसाद सापकोटालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा आज विद्यार्थीहरूका नृत्य , ड्रामा , कविता वाचन सँगै गायन तथा शिक्षकहरूको पनि विशेष प्रस्तुति रहेको थियो।
बिधालयले आगामी दिनहरूमा स्वास्थ्य क्याम , मिनी मेला , विविध खेलकुद कार्यक्रमहरूको आयोजना गर्ने जानकारी दिएको छ। कार्यक्रममा बिधालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ , स्थानीय विद्यालयका प्रमुख , स्थानीय संघ संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।