इंग्लीस प्रिमियर लिग उपाधि विजेताको छिनोफानो आइतबार हुँदैछ।
अन्तिम एक–एक खेलमात्र खेल्न बाँकी रहँदा म्यानचेस्टर सिटी र लिभरपुलमात्र उपाधिका दाबेदार हुन्।
समान ३७–३७ खेल खेलेका सिटी र लिभरपुल क्रमश ९५ र ९४ सहित लिगको शीर्ष र दोस्रो स्थानमा छन्। अर्थात् सिटी १ अंकलेमात्र लिभरपुलभन्दा माथि छ।
आज हुने सिटी र लिभरपुलको अन्तिम खेलले उपाधि विजेताको छिनोफानो गर्नेछ। म्यानचेस्टर सिटी र लिभरपुल भिन्दाभिन्दै खेलमा मैदान उत्रँदै छन्।
आज ब्राइटन र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ भने लिभरपुल र उल्भरह्याम्पटनबीच खेलमा प्रतिस्पर्धा हुनेछ।
दुवै खेल नेपाली समयअनुसार राति पौने ८ बजे एकै समयमा सुरुहुनेछ।
कस्तो अवस्थाले विजेताको छिनोफानो गर्छ?
अब हुने खेलमा दुवै टोली विजयी भए म्यानचेस्टर सिटी १ अंकले च्याम्पियन बन्नेछ।
दुवै टोली हारेको अवस्थामा समेत म्यानचेस्टर सिटी हालकै अंक तालिका अनुसार च्याम्पियन बन्नेछ।
त्यस्तै सिटीले जितेर लिभरपुलले हारेमा समेत सिटी नै विजेता बन्नेछ।
सिटी हारेको खण्डमा र लिभरपुलले जितेको अवस्थामा मात्र लिभरपुल विजेता बन्ने अवस्था छ।