लोक प्रसाद भुर्तेल
लोकतान्त्रिक बाम गठबन्धन (नेकपा माओवादी केन्द्र)
क्षेत्र नं १ ख नवलपुर
प्रदेश सभा सदस्य पदका उम्मेदवार
लोक प्रसाद भुर्तेललाई नै मतदान किन ?
> संविधानको रक्षा र विकास गर्न ।
> संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढ गर्न ।
> राजनीतिक स्थिरता कायम गरी जन भावनाको सम्बोधन गर्न ।
> संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्दै थप विकास गर्न ।
> संविधान प्रद्धत मौलिक हकहरुको कानुन बनाई लागु गर्न ।
> शान्ति प्रकृयाको बाँकी काम गर्न ।
> उपेक्षित, उत्पीडित वर्ग र क्षेत्र हित काम गर्न ।
> भौतिक र मानविय विकासलाई गति दिन ।
> भ्रष्टचार नियन्त्रण गरि सुशासन स्थापित गर्न ।
> सरल, सहज र प्रविधिमैत्री सरकारी सेवा प्रदान गर्न ।
> राष्ट्रियता, जनतन्त्र र जन जिविकाका सवाललाई प्राथमिकता राखी काम गर्न ।
> कृषिमा आधुनिकिकरण, यान्त्रिकिकरण, जैविकिकरण गर्दै किसान मैत्री सहज नीति बनाई गर्न ।
> रोजगार र स्वरोजगारका अवसरहरु सृजना गर्न ।
> आत्म निर्भर अर्थतन्त्रको निमार्ण गर्न ।
> आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न ।
> सामाजिक न्यायको मान्यता स्थापित गर्न ।
> वित्तिय क्षेत्र र अवस्थामा देखा परेको समस्यालाई वैज्ञानिक ढंगले गर्न ।
> भुमिहिन, अव्यवस्थित र सुकुम्बासी समस्याको स्थाई समाधान गर्न ।
> शिक्षक, विद्यार्थी,विद्यालय र अभिभावक मैत्री शैक्षिक नीति बनाई लाग्ु गर्न ।
> संस्कृत विद्यालय तथा प्राविधिक विषय संचालनमा रहेका विद्यालयको थप व्यवस्थित र विकास गर्न ।
> खेलकुद, योग शिक्षा, युवा, महिला, आदिवासी जनजाती, दलित, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति, मुस्लिम माझी, बोटे, मुसहरमैत्री कार्यक्रम बनाई लागु गर्न ।
> लागुऔषध दुव्र्यसनी, कुलत जस्ता प्रवृत्ति हटाई युवाहरुलाई उत्पादन मुलुक कार्यमा प्रोत्साहन गर्न ।
> सहिद परिवार, बेपत्ता परिवार, घाइते योद्धाहरुका लागि विशेष कार्यक्रम बनाई लागु गर्न ।
> गृहणी महिला प्रोत्साहन कार्यक्रम बनाई संचालन गर्न ।
> एक वडा एक अनिवार्य स्वास्थ्य विमा कार्यक्रम बनाई कार्यन्वयन गर्न ।
> सहुलियतपुर्ण अनिवार्य स्वास्थ्य विमा कार्यक्रम लागु गरि सम्पन्न गर्न ।
> एक वडा एक कृषि तथा पशु स्वास्थ्य प्राविधिक कार्यक्रम लागु गर्न ।
> सहुलियतपुर्ण कृषि तथा पशु विमा कार्यक्रमलाई निरन्तर संचालन गर्न ।
> कृषकलाई मल, विउ, औषधिमा अनुदान प्रदान एवम् सहकारी मैत्री कार्यक्रम संचालन गर्न ।
> तटबन्धन, निकुञ्ज तारजाली, सिचाईनहर, सडक तथा भौतिक पुर्वाधार निर्माण कार्य आवश्यकता आधारमा् सम्पन्न गर्न ।
> नारायणी नदी किनार लगायतका क्षेत्रमा जातिय, सांस्कृतिक तथा धार्मिक होमस्टे निर्माण एवम् देवचुली पहाडलाई विकास गरी पर्यटन क्षेत्र घोषणा गर्न ।
> बालमैत्री, किशोरीमैत्री कार्यक्रमलाई थप व्यवस्तिथ गरी संचालन गर्न ।
> मठमन्दिर, गुम्बा, मस्जिद, चर्च तथा स्नान घाट र दाहसंस्कार क्षेत्र व्यवस्थित गर्न ।
> प्रत्येक घर शुद्ध खानेपानी, विद्युत, नेट, इन्टरनेट, यातायातको पहुँच तथा संचारको थप व्यवस्थित गर्न ।
> हरेक हप्ताको एक दिन मतदातासंग जन प्रतिनिधी कार्यक्रम संचालन गर्ने ।
> उद्योगी व्यवसायीमैत्री अर्थतन्त्र निर्माण गर्न ।
> वातावरणमैत्री, सामुदायीक वन तथा जंगली जनावरमैत्री कार्यक्रम बनाई जैविक विविधताको संरक्षण गर्न ।
> एक द्धार कर प्रणाली लागु गर्ने नीति निर्माण गर्न ।
> खोला तथा नदीहरुमा आवश्यकता अनुसार झलुङ्गेपुल र पक्किपुल निर्माण गर्न ।
> वैज्ञानिक ढङ्गबाट फोहोर व्यवस्थापन गर्न ।
> शान्ति सुरक्षालाई सुव्यवस्थित गर्न ।
> राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी नीति बनाई कार्यन्वयन गर्न ।
> औधोगिक क्षेत्र निर्माण, नमुना सदरमुकाम निर्माणको कार्यलाई संचालन गर्न ।