डा. शशांक कोइराला
नेपाली काँग्रेस
क्षेत्र नं १ नवलपुर
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार
यहाँहरुको अमुल्य मतद्धारा जनप्रतिनिधिको रुपमा क्रियाशिल रहेर स्थानीय समस्याहरुको समाधानकनलागि निरन्तर प्रयत्न गरिरहेको परिणाम स्वरुप गैडाकोटमा अन्तराष्ट्रिय रगंशाला , देवचुलीमा ट्रमा सेन्टर लगायतका आयोजनाहरु नेपाल सरकारको बजेट २०७५/०८० मा समेटिएको छ । राजनीतिलाई नागरिकको सेवामा समर्पित गर्दै आएकोले यस क्षेत्रको शिक्षा,स्वास्थ्य,नदी नियन्त्रण, सडक, कृषी , पर्यटन लगायतका क्षेत्रमा अल्पकालिन , मध्यकालिन र दिर्घकालिन नीतिहरु तर्जुमा गरि नवलपुरमा रहेको विकासको प्रचुर सम्भावनालाई मुर्तरुप दिन यहाँहरुले रुख चिन्हमा मतदान गरि विजयी गराउनुहुनेमा पुर्ण रुपले विश्वस्त छु । तपाईहरुसाग निरन्तर सम्पर्क र संवादमा रहेर यस क्षेत्रको आर्थिक , सामाजिक, सांस्कृतिक रुपान्तरण गर्न जीवन पर्यन्त लागि रहने प्रणका साथ प्राथमिकताका आधारमा तपशिलका आयोजनाहरु/कार्यक्रमहरु संचालन गरी पाँच वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता गर्दछु ।
१. नवलपरासी क्षेत्र नं. १ भित्र रहेका भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीका समस्याहरु अविलम्ब स्थायी रुपमा समाधान गरिने छ ।
२. गैडाकोटमा वि.पी. कोईराला स्मृति अन्तराष्ट्रिय रंगशााला निर्माण गरिने छ ।
३. देवचुलीमा ट्रमा सेन्टर निर्माण गरिने छ ।
४. नारायणी नदी नियन्त्रण गर्न पश्चिम तर्फ ड्याम /तटबन्ध माथि पर्यटकीय मार्ग निर्माण गरी गैडाकोट त्रिवेणीलाई जोडिने छ ।
५. उत्तर–दक्षिण बग्ने खोलाहरुको दीर्घकालिन तटबन्ध गरिने छ ।
६. कृषिको व्यवसायिकरण र आधुनिकीकरण गर्न कावासोतिमा बहुउद्धेश्यीय ठूलो स्केलको कृषि प्रशोधन उद्योगहरु स्थापना गरिने छ ।
७. कावासोतीमा निर्माणधीन रहेको नमूना सदरमुकाम निर्माण कायृलाई तिब्र गतिमा संचालन गरी प्रशासनिक सेवा प्रवाहलाई छिटो छरितो बनाईने छ ।
८. कालीगण्डकी देखि नारायणीको तट सम्म रहेका पर्यटकीय स्थलहरुको संभाव्यता र संभावनाको अध्यन गरि पदर्माग , र्याफ्टिङ, होटल, रेष्टुरेन्ट, बोटिङ्, होमस्टे लगायतका पर्यटन पुर्वाधारहरुको विकास गरी चितवन र पोखरा घुम्न आउने पर्यटकहरलाई नवलपुरमा आकर्षित गरिने छ ।
९. शिक्षालाई व्यवसायिक , जीवनोपयोगी र व्यवहारिक बनाउन प्राविधिक शिक्षालय संचालन गरी कृषि प्राविधिक , औधोगिक प्राविधिक र अन्य दक्ष जनशक्ति उत्पादन गरी मानव संसाधनको विकास गरिने छ ।
१०. बुलिङ्टार गाँउपालिकामा रहेका अदुुवा र सुन्तला खेतिको समबर्धन र प्रबर्धन गर्न चिस्यान केन्द्रहरु र हदुवा खेतिमा प्रोतसाहन् गरिने छ ।
११. बुलिङटार गाँउपालिका लगायत विधुतिकरण नभएका ठाँउहरुमा सिघ्र विधुतीकरण गरिने छ ।
१२. दलदले –कुमसोत र कावासोती–कुमसोत–धोवादी हुदै पोखरा जाने मर्गलाई उच्च प्राथमिकताका साथ कालोपत्रे गरिने छ ।
१३. यस क्षेत्रभित्र रहेका अधुरा बाटाघाटा, कुला, कुलेसाहरुमा पुल, कल्र्भट र नालीहरु आवश्यकता अनुसार शिघ्र निर्माण गरिने छ ।
१४. सिचाई अभाव रहेका कृषि योग्य जमिनमा सतह सिचाँई सुविधाको व्यवस्था गरिने छ ।
१५. कालिगण्डकी करिडोरको यस क्षेत्र धित्र पर्ने खण्डमा बाकी रहेको कालोपत्रे पुरा गरी सबै खोलाहरुमा पुल र कल्भर्ड निर्माण कार्य सम्पन्न गरिने छ ।
जय नेपाल । ।