तुलसी राम भुसाल
हाम्रो नेपाली पार्टी (लौरो)
क्षेत्र नं १ नवलपुर
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार
प्रतिज्ञापत्र
हाम्रो लौरो अभियानका नितिगत प्रतिज्ञाहरु
१. आर्थिक क्षेत्र
नेपालको सन्दर्भमा वैज्ञानिक कृषी प्रणाली, जलविद्युत् तथा पर्यटन नै समृद्धिको मुख्य मानक बन्न सक्छन् भन्ने हाम्रो नीतिगत अवधारणा रहेको छ ।
क) सम्पुर्ण आर्थिक कारोवारहरु बैँकिङ प्रणाली मार्फत गरी दलाल पुँजीनिर्माणलाई निरुत्साहित गर्नेछौ । श्रमपुजी एवम् उत्पादन पुजीको विकास र प्रवर्धन गरिने छ ।
ख) लधु उद्योग तथा कृषी उद्योगहरुको वृद्धि गरि आत्मनिर्भर अर्थतन्त्र (Self-Relient Economy) निर्माणको लागि नितिहरु तर्जुमा गरिने छ ।
ग) राष्ट्रिय उत्पादनमा सरकारी सहुलियतको सुनिश्चितता गरिने छ ।
घ) स्थानिय तहमा सामुहिक लगानि प्रवद्र्धन गरी रोजगार सिर्जना गर्ने नीति तर्जुमा गरि युवा पलायनको अन्त्य गर्ने नीति निर्माण गर्ने छौ । व्यवस्थित आवास योजनाको प्रवद्र्धन गरिने छ ।
ङ) वित्तीय वजारको नकारात्मक असर कम गर्ने नीति बनाईनुका साथै पुँजीबजारको प्रवद्र्धन गरिने छ ।
च) हालसम्मका सबै उच्च पदस्थ व्यक्तिहरुले सम्पत्ति छानविन गर्ने छौ । गैरकानुनी रुपमा आर्जित र स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरिने छ ।
छ) वैज्ञानिक कर प्रणाली लागु गरिने छ । स्थानिय तहमा सामुहिक लगानि प्रवद्धन गरि रोजगार सिर्जना गर्ने विषयलाई अगाडि बढाउने नीति तर्जुर्मा गरि युवा पलायनको अन्त्य गर्ने नीति निर्माण गरिने छ ।
२)राजनैतिक क्षेत्र
राजनीतीमा सामान्य मात्र जानकारी राख्ने जो कोही पनि नेपालको विकराल अवस्थाबारे अनविज्ञ रहेको छैनन् ।
क. राजनैतिक नीतिगत भ्रष्टाचारको उन्मुलन गर्दै भ्रष्टचारीलाई कारवाहीको दायरामा ल्याउने छौ ।
ख. एक व्यक्ति, एक पद, दुई कार्यकालको अवसर नीतिलाई कार्यन्वयन गराउने छौं ।
ग. नागरिकलाई गास,वास, कपास,शिक्षा, स्वास्थ्य र रोजगार जस्ता जनजिवीकाका विषयहरु राज्यको दायित्व भित्र पर्ने विषयहरु हुन् । राज्यले सम्पुर्ण नागरिकको दायित्व वहन गर्नुपर्ने नीति लिई कार्यन्यवयन गराउने छौँ ।
घ. भि.आई.पि. को नाममा नेताहरुलाई दिइने सेवा सुविधा खारेज गरिने छ ।
ङ. सुशासन, सुव्यवस्था र विकासको सुनिश्चितता गराउने छौँ ।
च. प्रत्यक्ष निर्वाचित कार्यकारी पदका लागी नीति लिनेछौँ ।
छ.असक्षम, अगोग्य जनप्रतिनिधीहरुलाई रिकल एण्ड रिजेक्ट प्रणाली लागु गराउने छौं ।
ज. १८ वर्ष देखि २४ वर्ष सम्मका सबै युवा नागरिकहरुलाई क्षमता र चाहना अनुसार अनिवार्य राष्ट्रसेवामा संलग्न गराउने छौँ ।
झ. नागरिकता विधेयक, प्रदेशहरुको संरचना, एम.सि.सि. र एस्.पि.पि. आदि संवेदनशिल विषयहरुमा जनमत संग्रह गरी देश र नागरिकलाई कुनै प्रकारको क्षती नपुग्ने गरी उचित निर्णय लिइने छ ।
३. सामाजिक/सांस्कृतिक क्षेत्र
शिक्षा, स्वास्थ्य तथा आवासको प्रत्याभुती राज्यको दायित्व रहने कुरामा हामी स्पष्ट छौं तसर्थ उल्लेखित कुरा सुनिश्चित गर्ने हामी दृढ छौं ।
क. सार्वजनिक सम्पत्तिको अभिलेखीकरण गरी नागरीक समक्ष पु¥याउने छौं ।
ख. सांस्कृतिक पुरातात्विक महत्वका सम्पत्तिहरुका संरक्षणको सुनिस्चितता गर्ने छौं ।
ग. राष्ट्रिय भूमी तथा खुला सिमालाई संरक्षण गरी छिमेकी राष्ट्रहरुसंग समदुरीमा रही समान व्यवहार गर्ने नीति तयार गर्ने छौं ।
घ. सुत्केरी,बालबच्चा,वृद्धवृद्धा तथा अपाङ्गता भएकाहरुको सामाजिक सुरक्षा प्रत्याभूत हुने निति निर्माण गरिने छ ।
ङ. नेपाल आफैमा सुन्दर बगैचा हो तसर्थ पर्यटन र पर्यावरण संरक्षण लागी आवश्यक निति तयार गरिने छ । सडक,बिजुली,पानी,सञ्चार तथा फोहोर व्यवस्थापन लगायत दिगो बिकासको सुनिश्चिता गर्न तिनै तहको समन्वयात्मक निति तयार गरिने छ ।
च. नागरिकहरुलाई क्षमता अनुसारको काम तथा जिम्मेवारी र आवश्यकता अनुसारको दामको निति तयार गरिने छ ।
छ. प्राविधिक र जिवनपयोगी शिक्षा साथै नैतिक शिक्षा र योग शिक्षाको बिकास गर्दै देशमा आवश्यक शिक्षा नितिको बिकास गरी बौद्धिक पलायनमा रोक्ने ग्यारेन्टी गरिनेछ ।
ज. हरेक नागरिकको बिमा गरिनेछ तथा राज्यलाई तिरेको करको आधारमा उपदानको व्यवस्था मिलाइने निति तर्जुमा गरिने छ ।
४) अन्तर्राष्ट्रिय क्षेत्र
क. असंलग्न परराष्ट्र नीति दृढ रहने ।
ख. पूर्ण सार्वभौम राष्ट्रहरुको सम्मान गरिने ।
ग. राष्ट्रिय हितलाई केन्द्रमा राखी बिकासमा सहभागिता ।
घ. प्रविधि हस्तान्तरण मार्फत नयाँ बिकास योजना ।
ङ. समानताको आधारमा सम्बन्ध सन्धि सम्झौता ।
नवलपुर जिल्लाको बिकास निर्माणमा मेरो प्रतिबद्धता
नवलपरासी जिल्ला देशकै मध्य भागमा अवस्थित रहेको छ । यो गण्डकी प्रदेशकै नाकाको रुपमा हरेको तथा देशकै सबैभन्दा ठूलो सम्भावना बोकेको कान्छो जिल्ला हो । भौगोलिक हिसाबले पहाडी इलाका र भित्री मधेस विभाजित भएको यो जिल्ला पूर्व पश्चिम राजमार्गको ठूलो भुभाग भएता पनि राज्य सञ्चालन र निति निर्माणमा जिल्लाको कुनै भूमिका रहेको देखिँदैन । यो जिल्लामा चुरेमहाभारत पहाडमा अवस्थित राष्ट्रिय महत्वका खानीहरु,नारायणी नदी सँगै रहेको चितवन नेशनल पार्क र काली नदीको रमणीय टारहरु यो जिल्लाको गहनाका रुपमा स्थापित छन् । हामी संघीय र प्रादेशिक चुनावको संघारमा रहदै गर्दा हामीले यस जिल्लालाई कसरी बिकासको गति अगाडी बढाउन सकिन्छ भनेर लौरो अभियान मार्फत जिल्लाको समग्र बिकासका साथै देशलाई आर्थिक रुपले बिकासको गतिमा पु¥याउने खालका र गर्न सकिने तथा गर्नपर्ने कामहरुलाई एजेण्डाको रुपमा प्रस्तुत गरेका छौं ।
१. युवालाई रोजगारीको ग्यारेन्टीका लागी निजीकरणका नाममा वन्द भएका भृकुटी कागजकारखाना र देशकै मेरुदण्ड बन्न सक्ने फलाम खानी लगायत ठूला उद्योगहरु संचालन गरिने छ ।
२.नवलपुरबाट केन्द्रीय राजनीतिमा पहुँच स्थापित गर्दै नवलपुर जिल्लाका सबै पालिका समेटिने गरी राष्ट्रिय महत्व राख्ने एक बहुमुखी कलेज,एक २०० शैयाको टिचिङ हस्पिटल, एक व्यवस्थित बसपार्क, एक अन्तराष्ट्रिय पर्यटन गन्तव्य, एक प्राकृतिक उत्खनन केन्द्र, एक जिल्लस्तरको बालउद्धान, एक औधोगिक उत्पादन केन्द्र, एक राष्ट्रिय स्तरको संग्रालय र एक खेल मैदान निर्माण गरी नवलपुर जिल्लको एकिकृत बिकास मोडेल निर्माण गरिने छ ।
३. किसानहरुको हितलाई ध्यानमा राखी राष्ट्रिय स्तरको कृषी बजार स्थापना गरिने छ ।
४. शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागी केन्द्रीय प्रथमीकतामा पारिने छ ।
५. पहाडमा सुन्तला, अदुवा, बेसारको खेतीलाई प्रबद्र्धन गरी ब्रान्डीङ गरिने छ ।
६. त्रिवेणी पोखरा जोड्ने गण्डकी प्रदेशकै नाकाको रुपमा रहेको मुण्डे, धौवादी, बुलिङटार खण्डमा २ वर्ष भित्रमा दुई लेन को कालो पत्रे सम्पन्न गरिने छ ।
७.महेन्द्र राजर्माग र कालीगण्डकी करिडोर कालोपत्रेको काम यथासिघ्र सम्पन्न गरिने छ । र।जमार्गहरुलाई स्वच्छ, सफा र प्रदुषण विहिन बनाईने छ ।
८.अरुणखोला र दुम्किवास बाट त्रिवेणी जाने मार्ग विस्तार गरी ५ वर्ष भित्र कालोपत्रे गरिने छ । हुलाकी रोडलाई विस्तार गरी कालोपत्रे गरिनुका साथै ढोडेनी कालोपत्रे सडक विस्तार यथासिघ्र सम्पन्न गरिने छ ।
९.चुरे बाट बगेका सबै ठाडाखोलाहरुमा तटबन्धन गरी खेरा गैइरहेका खोला तथा वनजन्य प्राकृतिक स्रोतहरुको सहि सदुपयोग गरिने छ ।
१०.नवलपुरवासीलाई शुद्ध पानी र शुद्ध खाद्यान्नको व्यवस्था गरिने छ ।
११.भुमिसुधार लागु गरी अव्यवस्थित बसोवास तथा सुकुम्वासी समस्था को अन्त्य गरिने छ ।
१२.नारायणी र काली गण्डकी नदीलाई आवश्यक तटबन्धन गरी नदीको पानीलाई लिफ्टिङ्ग विधिबाट सिचाइका लागी उपभोग गरिने छ ।
१३.देवचुलीलाई अन्तराष्ट्रिय पर्यटन गन्तव्यका रुपमा विकास गर्न मौलाकालिका देखी वरचुली देवच्ली हुदै राकाचुली हुप्सीकोटसम्म पैदल मार्ग निर्माण गरिने छ ।
१४. काली नदीमा र्याफ्टीङ् तथा देवचुलीमा प्याराग्लाईडिङ्को संभाव्यता ,घुमाउरे घाटमा होमस्टे निर्माणका साथै वोझापोखरीको होमस्टेलाई व्यवस्थीत गरिने छ ।
१५. नवलपुरलाई भ्रष्टाचार र लागुपर्दाथ निषेधित क्षेत्र घोषणा गरिने छ ।
१६. सिख्रौलीबाट नारायणी नदीमा पक्की पुल निर्माण गरी चितवन जोड्ने राजर्माग निर्माण गरिने छ ।