कमरेड पद्मा जिसी श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
क्षेत्र नं २ (१) नवलपुर
उम्मेदवार, प्रदेश सभा
हाम्रा प्रतिबद्धताहरु :
१. भुमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिनेछ ।
२. कालिगण्डकी करिडोरको साथै नवलपुरबाट प्रदेश राजधानी पोखरा जोड्ने लिङ्क सडकहरु कालोपत्रे गरिनेछ र त्रिवेणी–दुम्किबास–सर्दी–देउराली हुँदै तानसेन सडक, चोरमारा–मैनाघाट–हुप्सेकोट–झिरुवास हुँदै रामपुर (सहिद हरिस्मृति) सडक, आलोक चक्रपथ, आरुङ्ग खोला–दमार–मित्याल हुँदै रामपुर सडक, बाहुनीकुना–भिउराहन–प्रसौनी–रानीटार हुँदै चोरमारा सडक, चोरामारा–बरुवा–भँड।रा हुँदै सेहरी (कालिनारायणी सडक), दुम्किबास–सर्दी–कुडापानी हुँदै रामपुर सडक, सुनाही–कटिवाँसघारी–चिसापानी–डोडे हुँदै देउराली भैंसेखोला सडक, डेढगाउँ–मिनामकोट–छमुरे–बबक–चापाभञ्ज्याङ्ग, चोरमारा–झ्यालबास–रुचाङ्ग–डेढगाउँ सडक, गैडाचोक–अमलटारी सडक, भुताहा सेहरी–नन्दपुर–ब्रह्मस्थान–अमलटारी सडकजोर्ते ज्वाइथर वरकोवोट सशनाघाट सडक, कालिकोटे देखि गरमटोला हुँदै चिसापानी सडक, कुसुमटाडी देखि गडारखोलाहुँदै राजमार्ग सम्मको सडक, आरुङखोला–रातामाटा–राकाचुली–मित्याल सडकर सबै पालिकाहरुमा चक्रपथ निर्माण गरिनेछ ।
३. नमुना सदरमुकामको पूर्वाधार निर्माण कार्यलाई तिब्रताका साथ तिब्रताका साथ अगाडि बढाइनेछ । प्रत्येक गाउँमा सडक र निर्वाचन क्षेत्रभित्र रहेका सबै वडा कार्यालाई कालोपत्रे सडक सञ्जालले जोडिने छ । आवश्यक स्थानहरुमा पक्की पुल, झोलुङ्गे पुल निर्माण गरिनेछ ।
४. नारायणगढ–बुटवल सडकखण्ड बिस्तारका क्रममा भएको ढिलाईले आवागमनमा निकै असहज भएको र धुलोधुवाँले नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पारेको तर्फ हाम्रो ध्यान आकर्षित भएको छ । यसको निर्माण यथाशीघ्र सम्पन्न गर्न पहल गरिनेछ ।
५. नारायणी नदी देवघाटदेखि त्रिवेणीसम्म तटबन्ध गरी पर्यटकीय सडक निर्माण गर्न पहल गर्ने र महाभारत तथा चुरेक्षेत्रबाट बगेर जमीन तथा बस्तीलाई प्रभावित गरेका खोलाहरु (आरुङ्गखोला, केरुङ्गेखोला, विनयीखोला, गिरुबारीखोला, सुनाहीखोला, खोरण्डीखोला, डोन्जरखोला, बौदीखोला, फुलमादीखोला, उल्टीखोला, गडारखोला, गुल्लरखोला, टिकारामखोला, अम्चुरखोला, साहुमाराखोला, गुद्धरखोला, शिरखोलालगायत सबै खोलाहरुबाट हुने कटान–डबान) को तटबन्ध, पहिरो नियन्त्रणका साथै दायाँ बाँया सडक निर्माणको विशेष योजना सञ्चालन गरिनेछ ।
६. जिल्ला अस्पताल, नगर अस्पताल र आधाभूत स्वास्थ्य केन्द्रहरुको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गरिनेछ । मध्यविन्दु जिल्ला अस्पताललाई प्रादेशिक मेडिकल कलेजको रुपमा विकास/स्थापना गर्न पहल गरिनेछ । ट्रमासेन्टरको काम अगाडि बढाइनेछ ।
७. विद्यालय/क्याम्पसहरुलाई कक्षा कोठा, विज्ञापन प्रयोगशाला, पुस्तकालय, आइटी कक्ष, लगायतका पूर्वाधार र शिक्षक कर्मचारीको दरबन्दीको व्यवस्था मिलाएर गुणस्तरीय शिक्षा र प्राविधक धार तर्फका कक्षाहरु सञ्चालन गर्ने वातावरण सिर्जना गरिनेछ । विद्यालय, गुरुकुल, कदरसा, सामुदायिक तथा आंगिक क्याम्पसहरुलाई एक संस्था–एक विशेष कार्यक्रम मार्फत उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास गरिनेछ ।
८. पहाडी क्षेत्रलाई विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार र प्राकृतिक प्रशोधन प्रणाली (फिल्टर प्लान्ट) निर्माणको विशेष योजना बनाई घरघरमा सफा र सुरक्षित खानेपानी पुर्याइनेछ ।
९. नारायणी नदी किनार र चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण तथा क्षेत्रभरि रहेका पर्यटकीय भूगोलहरुको प्रचार–प्रसार तथा विकास गर्नुका साथै चुरे–महाभारत क्षेत्र पर्यटकीय पदमार्ग निर्माण गरिनेछ र भिजिट नवलपुर अभियान सञ्चालन गरिनेछ ।
१०. थारु, कुमाल, गुरुङ, मगर जातिहरुले सञ्चालन गरेका होमस्टेहरुलाई व्यवस्थापकीय सुधार र निर्माण अनुदानको व्यवस्था गर्दै थप होमस्टे ग्रामको निर्माणको लागि प्रेरित गरिनेछ ।
११. नेपाल कै मध्यभागमा रहेको यो भूगोल राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका विभिन्न खेलहरु सञ्चालन गर्न सकिने रङ्गशाला, कभर्डहल, खेलमैदान निर्माण गर्न सकिने प्रशस्त जमिनहरु भएको क्षेत्र हो । भलिबल, फुटबल, क्रिकेट, सेपाकताक्रो, बक्सिङ, कुस्ती लगायतका खेलकुदमा राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान समेत बनाएको जिल्ला हो । खेलकुद सम्बन्धी विस्तृत परियोजना प्रस्ताव तयारी सबै क्षेत्रलाई समेटेर खेलकुद क्षेत्रको विकास गरिनेछ ।
१२. नहर तथा बोरिङ निर्माण गरी सिँचाईको प्रबन्ध मिलाइनेछ । कृषि तथा पशुपालका लागि पकेट क्षेत्रको निर्माण गरी बिशेष अनुदानको व्यवस्था गरी बजारको सुनिश्चितता गरिनेछ । कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण गरिनेछ । कृषि बिमालाई जोखिम बहन हुने गरी र नोक्सान पर्दा बिना झन्झट भुक्तानी पाउने व्यवस्था मिलाइने छ । जडिबुटी खेतमा प्रोत्साहन गरी जुडिबुटी प्रशोधन केन्द्र स्थापनाका लागि पहल गरिनेछ । विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
१३. धौवादी फलाम खानीको यथाशीघ्र उत्पादन थालनी गर्ने वातावरण बनाई यसैसँग जोडेर रोजगारीको अवसर सिर्जना गर्ने र पूर्वाधारहरुको थप विकास गरिनेछ । साथै, अन्य क्षेत्रमा भौगर्भिक अध्ययन गरी फलाम, कोइला, ययाँस, चुनलगायतका खानी तथा खनिज क्षेत्रको पहिचान गरिनेछ ।
१४. बर्षातका बेला बजारक्षेत्रहरु डुबानमा परेकोले उचित ढल निकासको व्यवस्था गरिनेछ । बाढी, पहिरो लगायत प्राकेतिक प्रकोप नियन्त्रणm फोहोरमैला व्यवस्थापन फोहोरबाट मोहोर–आय आर्जनसँग जोड्दिै उचित र वैज्ञानिक व्यवसथापन तथा प्रदूषण नियन्त्रणमा प्रभावकारी र नतिजामुखी काम गरिनेछ ।
१५. दक्षजनशक्तिको विकास, पूर्वाधार निर्माण, सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रदायक निकायहरुलाई सेवाग्राहीमैत्री बनाई सहज, सरल सेवासहित सुशासन कायम गरिनेछ ।
१६. पहाडी क्षेत्रमा फोन र इन्टरनेटको सहज पहुँच नभएको सन्दर्भमा आवश्यक स्थानहरुमा टावर निर्माण गरी सबै नागरिकहरुमा सूचना प्रविधिको सहज पहुँछ स्थापित गरिनेछ ।
१७. जेष्ठनागरिक, अपाङ्गता, बालबालिका, महिला, दलित, पिछडिएका, अल्पसङ्ख्यक समुदाय लगायत लक्षित बर्गको सशक्तिकरण, सीपविकास र मर्यादाका लागि नीतिगत र व्यवहारिक प्राथमिकता दिइनेछ । जनता आवास कार्यक्रम मार्फत विपन्न आवास निर्माण तथा जीविकोपार्जन विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
१८. मानव–वन्यजन्तु द्धन्द व्यवस्थापन, वन्यजन्तु बस्तीमा आउनबाट रोक्न कङ्क्रिंटवाल सहितको मेसजाली र त्यसबाट हुने क्षतिमा उचित क्षतिपूर्तिको लागि पहल गरिनेछ ।
१९. विदेशमा काम गरेर सीप तथा अनुभव लिएर फर्केका युवाहरुको सीप, क्षमता, अनुभव र उत्साहलाई प्रेरित गरी युवा रोजगारी र उद्यमशीलता विका गरिनेछ । साथै, लगानीमैत्री वातावरण सिर्जना गरेर, सीपमूलक तालिमबाट क्षमता विकास गरिनेछ ।
२०.स्थानीय तहहरुलाई थप अधिकार सम्पन्न र सशक्त बनाउँदै बालबालिकाको अधिकार र कर्तव्य क्षेत्रमा प्रभावकारी नतिजामुखी परिवर्तन हुने सुनिश्चितता गरिने छ ।
२१. धार्मिक महत्वका पर्यटकीयी स्थान त्रिवेणी, दाउन्ने, ल्होसेधारा, अमलटारी, नन्दभाउजु, ताल, अकलादेवी, बालीघाट, मदार बाबालगायत धार्मिक, ऐतिहासिक स्थल, कला, संस्कृति, वेशभूषा र सङग्रालयहरु निर्माण गर्ने योजना तथा बजेट व्यवस्था गरिने छ ।
२२. त्रिवेणी–दुम्कीबास–चोरमारा–झ्यालबास–डेढगाउँ–पोखरा हुँदै कोरला सडक निर्माण, नमूना सदरमुकाम निर्माण तथा महत्वपूर्ण सरकारी कार्यालयहरु नवलपुरमा थप गर्ने र पहाडी क्षेत्रमा इलाका स्तरका कार्यालय खोल्ने कार्यमा ठोस पहल गरिनेछ ।
२३. त्रिवेणी–ठोरी हुलाकी सडकको कामको थालनी गरिनेछ ।
२४. पार्टीको केन्द्रिय घोषणा पत्र अनुसार ट्वान्टी ग्यारेण्टी : पाँच बर्षमा एमालेले गर्छ । पहिले सेसन :समृद्धि अधिवेशन । नेपालीलाई मात्र नागरिकता । हङ्गर : नो लङ्गर । उत्पादन स्वदेशी : बजार बिदेशी । सुरक्षित छाना : पुग्छ सबैको चाहना । कमाई : युवाको रोजाई । पढाई : भविष्यको जग बसाइ । प्रेसर–सुगर ः भइन्न बिरामी औषधि बेगर । फ्रि मिटर : दश हजार लिटर । फ्रि युनिट : ५० युनिट । खेतबारीमा पानी : खाडीमा हैन, स्वदेशमै जनावी । दिनदिनै सडक बिस्तार : विकासको पूर्वाधारको आधार । भूमिगत तार : सहर बजार । नो लाइन : सेवा अनलाईन । ५ लाखलाई रोजगार : न्युनतम ज्याला २५ हजार । समृद्धिसँगको नाता : सबैको बैंक खाता । स्वस्थ्य महिनावारी :१५ सय बर्षभरि । फाइभ जी सञ्चार : आइटीमा चमत्कार । हामी सामाजिक : सभ्य नागरिक ।
हाम्रो अर्थ :१०० खर्ब ।
आर्थिक, सामाजिक, सांस्कृतिक विकास र रुपान्तरणका माध्यमबाट समाजबादको आधार निर्माण गर्न सरल जीवनयापन र निष्ठासहित सामाजिक विकासको नेतृत्व गर्ने मान्यतालाई सार्थक बनाउने दृढ सङ्कल्प गर्दछौँ ।
“जोगाउन देशको स्वाभिमान, गरौँ सूर्य चिन्हमा मतदान । ”
निर्वाचन परिचालन कमिटी
नवलपुर क्षेत्र नं २