प्रा. डा. मोहनीलाल भुसाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
नवलपुर क्षेत्र नं १
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार
नीति तथा कार्यक्रम (प्रथम वर्ष)
१. भूमिहीन, सुकुम्बासी र स्थायी बसोबास गर्दै आएका तर पूर्जा प्राप्त नभएका नागरिकहरुको तुरुन्त समस्या समाधानका निम्ति १ वर्ष भित्रै पूर्जा वितरण गर्ने व्यवस्था मिलाईने छ ।
२. विभिन्न स्थानीय खोला र नारायणी नदिले क्षेति पुर्याएका जमिनमा पक्की तटबन्धन गराइनेछ ।
३. वन्यजन्तुहरुबाट हानी नोक्सानी पुर्याउने क्षेत्रहरुमा रोकथामका लागि आवश्यकता अनुसार पक्की वाल तथा तारबारको व्यवस्था मिलाइनेछ ।
४. बाल कक्षादेखि कक्षा १२ सम्मको माध्यमिक शिक्षा पुर्ण निःशुल्क गराइनेछ।
५. प्राविधिक तथा व्यवसायिक शिक्षालाई विशेष प्राथमिकतामा राखिनेछ ।
६. सामुदायिक विद्यालयमा सेवा गर्दै आएका आन्तरिक स्रोतका शिक्षक तथा कर्मचारीहरुको सेवा सुविधा सरकारी शिक्षक तथा कर्मचारी सरह गराउने पहल मिलाइने पहल मिलाइनेछ । साथै अस्थायी र राहात दरवन्दिका शिक्षकहरुलाई स्थायी हुने वातावरणमा जोड दिइनेछ ।
७. प्राथमिक स्वास्थ्य उपचार निःशुल्क र सर्वसुलभ गराइने छ ।
८. घरघरमा प्रयोग हुने विजुली, पानी र नेट, टि.भी मा तिर्दै आएको शुल्कलाई ५०∞ छुटको सुविधा मिलाइनेछ ।
९.वन क्षेत्रलाई संरक्षण गर्ने र वृक्षारोपण कार्यलाई वैज्ञानिक गराइनेछ ।
१०. नगरपालिकाबाट हूने सिफारिस दस्तुर र मालपोत रकमलाई ५०∞ छुट गराइनेछ ।
११. विभिन्न धार्मिक स्थल, मठमन्दिर, गुम्बा, चर्च, मस्जिद योगाश्रमहरुलाई मर्मत तथा स्थापनाको लागि आर्थिक व्यवस्था मिलाइने छ ।
१२. जमीनको वर्गिकरण गर्दा कृषि र आवासमा पर्न गएको अवरोध हटाइनेछ ।
१३.मालपोत र नापी कार्यलयबाट हुने गरेको ढिलासुस्ति र लापरवाहीको पूर्ण निषेध गराइनेछ ।
१४.अपाङ्ग, १५ वर्षसम्मका बालबालिका र ७० वर्ष पूरा भएका वृद्धहरुको स्वास्थ्य उपचार निःशूल्क हुने व्यवस्था मिलाइनेछ ।
१५. सुत्केरी खर्च प्रथम पटकका निम्ति रु ५००–र दोस्रो पटकका निम्ति रु.३००–हुने व्यवस्था मिलाइनेछ ।
१६. टोल विकास संस्था र्माफत निःशुल्क सार्वजनिक खानेपानी शौचालय र सरसफाइको व्यवस्था मिलाइनेछ ।
पञ्चवर्षीय योजना
१. प्रस्तावित ट्रमा सेन्टर सहितको लुम्बिनी आर्दश शिक्षण अस्पताल स्तापना स्थापना गराइनेछ ।
२. प्रगतिनगरको लोकाहा खोला नजिकको लोकाहा खोला नजिकको जमिनमा होटेल व्यवस्थापन, पर्यटन विकास, इन्टरनेट, जडिवुटी प्रशोधन समेतका विषयहरुमा पढाइ हुने गरी प्राविधिक महाविद्यालय संचालन गराइनेछ ।
३. रजहरको प्राकृतिक चिकित्सालयलाई प्राविधिक तथा आयुर्वेदिक शिक्षण अस्पताल पहल गरिनेछ ।
४. नवलपुर जिल्ला भित्र पायक पर्ने स्थानमा एक अन्तराष्ट्रिय खेलकुद रंगशाला स्थापना गराईने छ ।
५. विभिन्न पालिका भित्र दक्ष खेलाडी उत्पादनका लागि विभिन्न खेलकुद शिक्षण एवम् खेल सामाग्री उपलब्ध गराईनेछ ।
६. गैडाकोट क्षेत्रभित्रका जनताहरको भावनालाई कदर गर्दै योग–आर्युवेदिक, संस्कृत र पर्यटन विषयको विश्वविद्यालय स्थापना गराईने छ ।
७. नारायणी नदीलाई व्यवस्थित गरी देवघाटधाम देखी–त्रिवेणीधाम सम्म धार्मिक तथा पर्यटकिय रुपमा आवतजावतका लागि नियमित बोट सञ्चालनमा ल्याइनेछ ।
८. महाराजा, घुमाउरी, वालुवाडाँडा धोवादी, देवचुली–वरचुली, मौलाकालिका, बुलिङ–अर्खला त्रिवेणी, कीर्तीपुर, वन्दिपुर, रतनपुर दाउन्ने समेतलाई पर्यटन स्थल हुने गरी पर्यटन व्यवस्थापन गराइनेछ ।
९. शिक्षा र स्वास्थ्यमा वैज्ञानिक स्तरवृद्धि हुने गरी सामुहिक तालिम, सेमिनार तथा गोष्टि सञ्चालनका लागि बजेट व्यवस्थापन गराइनेछ ।
१०. र्दीघ रोगीहरुका निम्ति स्थानीय तहमै आवश्यक नियमित उपचार हुने व्यवस्था गराइने छ ।
११. धार्मिक तथा पर्यटकीय स्थल देवचुलीमाईको दर्शनार्थ केवुलकारको व्यवस्थापन गरिने छ ।
१२. २०४६ सालदेखि प्रजातन्त्र हुँदै गणतन्त्रसम्म संसद, मन्त्रि र लाभको पदमा बसेका सम्पुर्णको सम्पत्तिको स्रोत खोजी भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्ने र दण्डित गर्ने ।
नोटः नवलपुर निवासी सम्पूर्ण जनताहरुको समस्याको समाधानमा समाधानको हटलाईन नम्बरको व्यवस्था गरी समस्याहरुको तुरुन्त समाधान गरिनेछ । जय नेपाल । जय राष्ट्रबाद । जय जनता