राष्ट्रिय स्वतन्त्र पार्टी
राजन गौतम –उम्मेदवार
प्रतिनिधि सभा निर्वाचन – नवलपुर क्षेत्र नं १
हामी यति काम चाहि गर्छाै गर्छाै ।
१. भ्रष्टाचार सहिन्नः कसैलाई छोडिन्न
> बर्षाै पुराना भ्रष्टाचारका सम्पुर्ण फाइल यथाशिघ्र खोलिने ।
> सम्पुर्ण शंकास्पद नेता, कर्मचारी, व्यापारी अनि विदेशमा समेत रहेका यिनका नातागोतालाई समेत अनुसन्धानको दायरामा ल्याइने ।
> भ्रष्टाचारीका सम्पुर्ण चल अचल सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिने ।
२. फास्ट ट्रयाक र्कोट
> वर्षौदेखि अड्किएका पुराना मुददको तु छिनोफानो ।
> यौनिक अल्पसङ्ख्यक, महिला तथा बाल हिंसा, बलात्कार विरुद्धका मुद्धाको तु छिनोफानो ।
> विकास निर्माण कार्य रोक्ने मुद्धाको तु छिनोफानो ।
३. धर्म, संस्कृति र सम्पदाको जर्गेना
> जबरजस्ती वा प्रलोभनमा पारी धर्म परिवर्तन गराउनेलाई हदैसम्मको कारवाही ।
> साँस्कृतिक सम्पदा, सनातन वैदिक संस्कृतिलाई प्रवद्र्धन गरिने ।
> हरेक धर्मावलम्वीहरुको सम्मान गर्दै नेपाललाई
> आध्यात्मिक राष्ट्र(spritual nation)तर्फ उन्मुख गराईने ।
४. सीमा सुरक्षा
> सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा बलमा परिणत गरिने।
> देशको सीमाना काडेतार लगाइने ।
> सीमा विवादको छिटो अन्त्य गर्न अन्तर्रष्ट्रिय मञ्चमा पहल गरिने ।
५. २४ घण्टा हटलाइन
> नागरिक गुनासा २४ सै घण्टा सुनिने र तत्काल मद्धत गरिने ।
> वैदेशिक रोजगारमा गएकाहरुले सम्बन्धित देशमै यो सेवा पाउने ।
> यसका लागि तत्कालै Rapid Action Team बनाइने
६. मजदुर ,किसानक हाम्रा VVIP
> मजदुर,किसानका लागि विशेस परिचय पत्र ।
> सरकारी कार्यलय , बैँक आदिमा मजदुर , किसानलाई छुट्टै लाइनको व्यवस्था ।
> मजदुर, किसानको शोषण गर्नेलाई हदैसम्मको कारवाही , यस्ता गुनासो सून्न विशेष डेस्क ।
> मजदुर किसानको आर्थिक र सामाजिक सुरक्षाको ग्यारेण्टी ।
७. जनताको स्वास्थ्य राष्ट्रको धन
> अस्पतालको गुण्स्तर र स्वास्थ्यकर्मीहरको दरबन्दि व्यापक बढाईने ।
> राज्यको खर्चमा विदेशमा कसैको पनि उपचार नहुने ।
> पहिला उपचार गर्ने, त्यसपछि सक्नेले तिर्ने, नसक्नेको सरकारले तिर्ने ।
> सबै नागरिकको अनिवार्य स्वास्थ्य बीमा गरिने ।
८. साना व्यापारिसँग हातेमालो
> स्वरोजगार,साना व्यपारी आदीको हकहितको सुरक्षा र सम्मान ।
> विस्थापान होइन, व्यवस्थापन ।
> विपत्तिमा बीमा र आवश्यकता अनुसार सहरुलियतमा ऋण ।
९. शिक्षा प्रणालिमा व्यापक सुधार
> १२ कक्षासम्मको शिक्षा निःशुल्क ।
> सबै कक्षा कोठा र पाठ्यक्रम अन्तराष्ट्रिय मापदण्ड अनुसारको गराइने।
> परिणाममुखी, सीपमुलक, नैतिक, ज्ञानमुलक र रोजगार केन्द्रीत शिक्षा प्रणाली सहित देशभर एकै मापदण्डका विद्यालय ।
> योग्य शिक्षकहरुलाई राज्यद्धारा सबैभन्दा धेरै तलब सुविधा ।
> राष्ट्रको सबैभन्दा ठूलो लगानी शिक्षामा ।
१०. अपराध अनुसन्धानमा तीव्रता र कडाई
> प्रत्यक प्रहरी चौकीमा अपराधको उजुरी गर्ने कोठामा अडियो भिडियो रेकडिङ् अनिवार्य ।
> प्रहरी अधिकारीले कुनै नेता तथा व्यापारीलाई बिना जानकारी भेटेमा स्पष्टकरण मागिने ।
> अपराध अनुसन्धानमा सक्रियताको आधारमा प्रहरीहरुको मूल्याङकन् ।
> मोबाइल मार्फत फिराद ÷उजुरी दर्ता गर्न सकिने ।
११. तनावमुक्त सरकारी सेवा
> सेवाग्राहीले सरकारी कार्यलयमा अनावश्यक लामो लाइन लागन नर्पने।
> घुसखोर, विचौलियाहरुबाट सम्पुर्ण कार्यलयहरु मुक्त हुने ।
> ढिलासुस्ती गरे ठाउँ उजुरी र ठाँउको ठाँउ कारवाही ।
> सरकारी सेवामा One Window, Online Class, Cash-less तथा Home Delivery जस्ता सेवा दिइने ।
१२. छोरी जन्मिदा घरमा उतसव
> छोरी जन्मिए सँगै बैँक खाता खोलि १८ वर्ष सम्म प्रत्यक महिना निश्चत रकम राज्यले राखिदिने र १८ काटेपछि उच्च शिक्षाका लागि उक्त रकम प्रयोग गर्न सकिने ।
> पैतृक सम्पतिमा छोरा छोरीको बराबरी अधिकार ।
१३. अन्य
> सरकारी सञ्चार माध्यमहरुलाई मुखपत्र नबनाई निजी साझेदारीको मोडलमा लगी सरकारको खबरदारीमा लगाइने ।
> पर्यटक आउने शहर २४ घण्टा खुल्ला राखीने ।
> उद्योग खोल्न चाहनेलाई झण्झट मुक्त One Stop Centre को व्यवस्था ।
> खानेपानी, ढल, बिजुलीका पोल, सडक लगायत सबे कामको समन्वय एउटै छातामा ल्याइने ।
> विपन्न परिवारलाई खाद्यान्न, पानी, विजुली तथा इन्टरनेटमा भारी छुटको व्यवस्था ।
> ज्येष्ठ नागरिक सहायता कार्यक्रमको विशेष प्याकेज ल्याइने ।
> नेपाललाई विश्व शान्तिक्षेत्र बनाउन प्रस्ताव गर्ने ।
हामी के गर्दैनौ?
१. जनतालाई सास्ती हुने कुने पनि नेपाल बन्द, चक्का जाम जस्ता कार्यक्रहम गर्दैनौ । हिंसात्मक आन्दोलन गर्दैनौँ । कुने पनि बहानामा व्यक्तिको सम्पत्ति तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउँदैनौ ।
२. अपारदर्शी चन्दा उठाउँदै ।
३. प्रतिस्पर्धिा, योग्यता र क्षमतालाई नजरअन्दाज गरी टिका लगाउँने काम गर्दैनौ ।
४. प्रकृतिक सम्पदाको अनुचित दोहन गर्दैनौ ।
५. कुनै पनि बहानामा राज्यको स्रोत ,साधन र शक्तिको दुरुपयोग गर्दैनौ । अनावश्यक रुपमा विदेश भ्रमण गर्दैनौ र विदेशमा स्वास्थ्य उपचारका लागि राज्यको सम्पत्ति प्रयोग गर्दैनौ ।
६. राष्ट्रहित विपरित अनुचित सम्झौता गर्दैनौ ।
७. राजनीतिका लागि लाजनीति गर्दैनौ ।
८. कुनै पनि धर्म, सम्प्रदाय, यौनिक अल्पसङ्ख्यक तथा जातजाति विरुद्ध देष फैलाउने र उत्तेजना सिर्जना गर्ने कार्य गर्दैनौँ । कुने पनि प्रकारको भेद्भाव गर्दैनौ ।
९. कुनै पनि भातृ संगठन बनाउदैनौ ।
१०. अवाकश पछि राज्यबाट कुनै सुविधा लिदैनौ ।
११. एउटै पदमा २ पुर्ण कार्यकाल भन्दा बढी बस्दैनौ ।
१२. चुनाव हारेकालाई चोर बाटोबाट संसदमा वा सरकारमा ल्याउँदैनौ ।
१३. संसदमा सकेसम्म गयल हुँदैनौँ, गयल भए भत्ता लिदैनौँ ।