> स्वागत छ यहाँलाई बटम लाईनमा
- धन्यवाद ।
> आराम हुनुहुन्छ ?
- आरामै छु ।
> तपाईको पछिल्लो दिनचर्या कसरी बितेको छ ?
- जनताको घरको दैलो–दैलोमा जनता सँग कहाँ किसान हुनुहुन्छ । किसानको खेतमा घरमा, पार्टी, पौवा जति छन् , मठ मन्दिर सबै ठाउँमा गएर भोट मागेर आर्शिवाद लिएर हिडिँरहेको छु ।
> तपाईं नवलपुर क्षेत्र नं १ मा प्रतिनिधि सभाको उम्मेदवार दिनु भएको छ । यहि पदमा उम्मेदवारी दिनुपर्छ भन्ने सोच कसरी आयो ?
- नवलपुरको बिकासको लागि युवा लिडरको आवश्कता छ र यहाँको बेथिति देखेर मेरो उम्मेदवारी दिने सोच आएको हो ।
> हिजो एक अमुख पार्टीमा रहेर सक्रिय काम गर्नु भएको थियो । खासमा त्यो पार्टीबाट नगएर स्वतन्त्र रुपमा किन आउनु भयो ?
- हिजोको कुरा छोड्नु । म आज स्वतन्त्र भएर बाँच्न चाहन्छु । स्वतन्त्र भएपछि दलिय दबाबमा काम गर्नु परेन । धरानको मेयर, काठमाडौँको मेयर उहाँहरु दलिय भएको भए अहिले जति काम भएको छ, त्यो हुन्नथ्यो । उहँंहरु कुनै दलिय दबाबमा बस्नु पथ्र्यो । तर उहाँहरुले स्वतन्त्र भएर काम गर्नु भएको छ । स्वतन्त्र भएपछि स्वतन्त्र रुपले काम गर्न पाउछ त्यसैले मेरो उम्मेदवारी हो ।
> तपाईंले दलिय रुपमा जानु भयो भने मैले काम गर्न सक्दिन कि भनेर स्वतन्त्र रोज्नु भयो ?
- हो, तर स्वतन्त्रको नाममा स्वतन्त्र पार्टी भनेर खडा भएको छ । लौरो र घण्टी भनेको पनि दल हो । तर म चाहिँ, व्यक्ति स्वतन्त्रता व्यक्ति स्वतन्त्र भएर म चुनावमा होमिएको हो । त्यो भयो भने काम गर्न सहज भयो । जनताको निर्णय नै मेरो निर्णय हो ।
> घर दैलोमा जनताको प्रतिकृया कस्तो पाउनु भएको छ ?
- तँ धेरै राम्रो छस् । नवलपुरको माटोमा हुर्केको हठी स्वभावको छ । बोलेर जानेहरुले देश बिगार्यो । जनताले नो भोट भनेका छन् । दलिय हो भने भोट दिन्न व्यक्ति स्वतन्त्र हो भने दिन्छौ भन्नुहुन्छ र मलाई आर्शिवाद दिनुहुन्छ ।
> आर्शिवाद दिने बुबा आमाहरुले आर्शिवाद त दिए मत पनि दिन्छन् जस्तो लाग्छ ?
- जनताले दललाई नो भोट भन्नु भएको छ । व्यक्ति स्वतन्त्र भए दिने भन्नु भएको छ र मलाई सुझाव पनि दिनुहुन्छ । तिमी बिक्ला कसैले बिन्न खोज्ला भन्नु हुन्छ । एक भोट किन नहोस् म चुनाव लड्छु भनेर प्रण गरेर आएको छु ।
> नवलपुरका जनताको लागि कस्ता एजेण्डा लिएर अगाडि जानु भएको छ ?
- म युवा भएको नाताले बिदेश जाने युवाहरुलाई पहिले रोक्छु । उनीहरुलाई घरेलु उद्योग सन्चालन गर्न सहयोग गर्छु । सिप सिकाउने, लोकाहा उद्योग खुल्ने भनेको छ तर कार्यन्वयन भएको छैन । त्यसलाई पहल गरेर उद्योग खोलेर त्यहि रोजगारको र्सिजना गर्ने, नवलपुरलाई पर्यटनको हब बनाउने, कृषिमा ७५% अनुदान दिन्छु, गैडाकोटको डुबानमा पर्ने ठाउँलाई ढलको निकासा गर्ने, प्राकृतिक चिकित्सालयबाट नवलपुरबासीले निशुल्क उपचार पाउनु पर्छ, संस्कार संस्कृतिलाई प्रवद्र्धन गर्ने यति गरे पछि नयाँ सक्ता परिवर्तन हुन्छ ।
> स्वतन्त्रले काम गर्न सक्दैन किन पठाउने भन्ने गरेको पनि सुनिन्छ । त्यो बिचमा तपाई पनि स्वतन्त्र रुपमा आउनु भएको छ काम गर्न सहज होला त ?
- दलिय भएपछि कसैको अधिनमा बस्नु पर्छ तर स्वतन्त्र भएपछि काम गर्न सजिलो हुन्छ पैसा खर्च नगरी म घर दैलोमा हिँडेको छु ।
> नवलपुरको मतदातालाई के अपिल गर्न चाहनुहुन्छ ?
- म नवलपुरको माटोको छोरा युवा हुँ । नेतृत्व हस्तान्तरण गर्नु पर्छ । भ्रष्टचार निर्मुल पार्नु पर्छ । युवाहरु बैदेशिक जान रोक्नु पर्छ । नेपालमै रहेर काम गर्न सक्नु पर्छ । म यो अनुरोध गर्न चाहन्छु । म चित्रध्वज जि.सी क्रस खुकुरी चुनाव चिन्हमा मतदान गर्नुस् युवाहरु बेरोजगार हुन दिन्न, युवाहरु बिदेशिनु पर्दैन घरघरमा रोजगारको र्सिजना गराउँछु । एक चोटि बिश्वास गरेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।
> तपाईको समय र संबादको लागि धन्यवाद ।
- हवस् धन्यवाद ।
यो कुराकानी ह्याप्पी एफ.एम.को कार्यक्रम बटम लाईन का लागी आदर्श सुशिलले गर्नुभएको हो ।