> स्वागत छ यहाँलाई बटम लाईनमा
– धन्यवाद ।
> आरामै हुनुहुन्छ ?
– आरामै छु ।
>तपाईको पछिल्लो समयको दिनचर्याहरु कस्तो छ ?
– मेरो क्षेत्रमा पर्ने २९ वडामै पुगिसक्यौं । सबै ठाउँमा पुग्न पर्दा व्यस्त र उत्साह पूर्वक बितेको छ ।
> आम मतदाताहरुको चुनाव प्रतिको उत्साह कस्तो पाउनु भएको छ ?
– अहिलेको निर्वाचन अल्ली भिन्न खालको छ । ऐतिहासिक जनआन्दोलन पछि गणतन्त्र आयो र संविधान पछिको देश बनाउन सफल भयो ।
> गठबन्धन सक्तामा पुग्नको लागि मात्र बनाएको हो त ?
– गर्नु पर्ने काम सक्तामा पुगेका जिम्मेवार टिमले नगरेपछि जनतामा नैराश्यता हुन्छ नै । सदन बिघटनले धेरै ठुलो क्षति भयो, क्षति भएपछि जनता निराश त हुने नै भयो, धैर्य गर्नुपर्छ अब उत्साहका साथ जुन सरकार आउछ हामीले त गठबन्धनले नै जित्छ भनेको छ । हामीले जनताको त्यो निराशा दुर गर्छाैं ।
> तपाई गठबन्धनबाट प्रदेश सभाको उम्मेदवार हुनुहुन्छ । तपाईंले संघियतालाई कुन रुपमा लिनुभएको छ ?
– संघियता अनिवार्य सर्त हो । यो कुनै एक पक्षले मात्र बनाएको होइन, हिजो त्यत्रो लडाई लडेर आएर जुन संबिधान बन्यो, संघियता कुनै पार्टीले मात्र बनाएको होइन । सबै मिलेर सम्झौता गरेर बनाएको हो । मधेस प्रदेशले हिजोको तुलनामा आफुलाई सुरक्षित महसुस गरेको छ । सुदुरपश्चिमले आफ्नो ठाउँ पाएको छ । कर्णाली प्रदेशका जनताले पनि न्याय पाएको छ । गण्डकी प्रदेशका जनता पनि खुसी छन् । संघियताले त्यस्तो असर गरेको छैन् ।
> नवलपुरमा के गर्न सकिन्छ भन्ने योजनाका साथ चुनाबी मैदानमा हुनुहुन्छ ?
– नवलपुर मध्य भागमा भएकोले धेरै कुराको सम्भावना छ । कृषि क्षेत्रमा पर्यापर्यटनमा व्यापार व्यवसाय सबैलाई व्यवस्थापन गर्दै लान सके धेरै बिकास हुनेछ । फलाम खानीलाई व्यवस्थित गरेर लैजाने मेरो योजना हो ।
> तपाईले कस्ता एजेन्डा र भिजन योजना लिएर जनतामा जादै हुनुहुन्छ ?
– नवलपुरमा पर्यापर्यटनको निकै सम्भावना छ । हामी लुम्बीनीको र सौराहाको नजिक छौं । बाटो राम्रो बनेपछि हामी ३ घण्टामा पोखरा पुग्न सक्छौं । यो सबैको केन्द्रबिन्दु नवलपुरलाई बनाउन सकिन्छ । नवलपुरका अन्तर्राष्ट्रिय पर्यटक लोभ्याउन सक्ने ठाउँ छ । सबै संस्कार सस्कृतिलाई प्रबद्र्धन गर्न सके त्यसैबाट आम्दानी बढ्छ । मन्दिर, चर्चहरुलाई आफ्नो संस्कार अनुसार बिकास गर्ने ।
> तपाईको प्रतिस्पर्धीलाई कुन रुपमा हेर्नु भएको छ ?
– उहाँहरुको प्रतिस्पर्धालाई म सँग तुलना गर्न मिल्दैन । मेरो प्रतिस्पर्धा म सँग नै हो । किनभने मेलै जिवनमा जति पनि काम गरे म त्यसमा सफल र अब्बल रहें । मेरो काममा कसैले औंला उठाउन परेन । नवलपुरलाई बिकास तिर लैजान धेरै योगदान दिएको छु । मैले जस्तो जिम्मेवारी पाए पनि त्यसलाई सामाना गर्ने र सफल ढङ्गले अगाडी बढ्ने मेरो प्रवृति हो । म त्यहि ढङ्गले अगाडी बढेको छु । मेरो प्रतिस्पर्धी कसै सँग छैन । म आँफै सँग संर्घष गरेको छु ।
> तपाईं नवलपुर क्षेत्र नं १ ख का जनताहरुलाई के अपिल गर्न चाहानु हुन्छ ?
– हामीले धेरै लामो समय सम्म दुख पायौं बिकासको क्रममा हामी यहाँसम्म आएका छौं । जहिले पनि पूर्ण त नहोला तर अहिले धेरै बिकास हुदै आएको छ । त्यसलाई प्राप्ती गर्छौं । फेरी मतदाताले नयाँ चिजको माग गर्छ र यहि बिषयमा हिजोका सरकार सक्तामा जाने प्रमुखहरुले गरेको गल्तीहरु अबको नयाँ सरकारले गर्ने छैन । त्यस्तो भयो भने हामी प्रतिबाद पनि गर्छौ जनतालाई छल गरेर सक्तामा जाने मेरो कुनै उद्धेश्य छैन । म लगाएत लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउनु आजको आवश्यकता हो ।
> तपाईको समय र संबादको लागि धन्यवाद ।
– हवस् धन्यवाद ।
यो कुराकानी ह्याप्पी एफ.एम.को कार्यक्रम बटम लाईन का लागी आदर्श सुशिलले गर्नुभएको हो ।