> स्वागत छ यहाँलाई बटम लाईनमा
. धन्यवाद ।
> आराम हुनुहुन्छ ?
. आरामै छु ।
> पछिल्लो समय उम्मेदवारहरु जनताको घर दैलोमा भोट माग्दै हिँड्नु भएको छ ? यहाँको पनि उस्तै होला के छ ? पछिल्लो समयको दिनचर्याहरु ?
. चुनाबी प्रचार प्रसारको लागि अहिले सम्म कावासोती, देवचुली, गैंडाकोट लगायतका क्षेत्रहरुमा घरदैलो भइरहेको छ ? मतदाताहरुको प्रतिक्रिया लिएर अगाडि बढिरहेका छौँ ?
> मतदाताहरुको चुनाव प्रतिको उत्साह कस्तो पाउनु भएको छ ?
. जनताहरु ५ वर्ष अगाडीका जस्तो छैनन् ,जनताहरुले आफ्नो स्वविवेक प्रयोग गर्ने अवस्था देखिएको छ । कुनै पनि पार्टीका नारा जुलुस झण्डा र पार्टी भित्रका आर्दश लिएर जनताहरु प्रभावित भएको मैले पाईन् । जनता पुराना पार्टी सँग सन्तुष्टि छैनन् ,जनताले नयाँ सिष्टम, नयाँ परिपार्टीको विकास चाहेको छन् ,राष्ट्रिय प्रजातन्त्र पार्टी हामी सिङ्गल भएर आफ्ना कुरा राखेका छौं । हाम्रो आर्दश भावी कार्यक्रम जनतामा प्रस्तुत गरेका छौं र जनताको सकारात्मक भाव पाएका छौँ ।
> एमालेसँग तालमेल मिल्दैन भन्नु भयो, तपाईंको अध्यक्षले चुनाबी तालमेल गर्नु भएको छ नि ?
. यहाँहरुको क्षेत्र एउटै भएकोले उहाँहरु सुरक्षित हुनको लागि तालमेल गरिएको हो । राजनितिक आर्दश तालमेल होइन । बिजय प्राप्त गर्न मिल्ने भन्ने क्रममा एउटै जिल्ला भएकोले उहाँहरुले तालमेल गर्नु भएको छ ।
> आँफुले बिजय प्राप्त गर्न जो सँग जसरी मिल्दा पनि हुने रहेछ राजनितिमा ?
. कतिपय कुरामा कुनै शक्तिसँग मिल्नु पर्ने हुन्छ, सधैंको लागि होइन निर्वाचन प्रकृयाको लागि मात्र हो, नवलपुरमा तालमेल छैन ? हामी आफनै तरिकाले हिँडेका छौं ।
> राष्ट्रिय प्रजातन्त्र पार्टी पनि पुरानो पार्टी नै हो, जनताले यो पार्टी हुँदैन नयाँ आउनु पर्छ पो भनेका हुन् कि त ?
. पुरानो पार्टी भन्नाले प्रजातन्त्र आएदेखि स्थापित भएको पार्टीहरुलाई नै पुरानो पार्टी भनिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तामा लामो समय नेतृत्व गरेको पार्टी होइन । त्यसैले यो पार्टीलाई जनताले पुरानो पार्टीका रुपमा लिएका छैनन् ।
> मंसिर ४ गतेको चुनावलाई लिएर कस्तो नतिजा आउने आंकलन गर्नु भएको छ ?
. घर दैलोमा जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रति जनता सकरात्मक नै देखिन्छन् । यसमा पनि व्यक्तिगत रुपमा म प्रति जनताहरु आर्कषित छन् । सायद यहि जिल्लाको भएर यसले केहि गर्न सक्छ र यसको स्तर अनुसार राष्ट्रको लागि पनि राष्ट्रिय तहमा नयाँ निति कायम गर्न सक्छ भन्ने कुरा सोचेर होला । म प्रति जनता सकरात्मक छन् ।
> तपाई यो भन्दा अगाडि कुनै एउटा पार्टीमा रहेर सक्रिय राजनिति गर्नु भएको व्यक्ति अब त्यो पार्टीमा भबिष्य छैन । त्यो पार्टीले मलाई सांसदको टिकट दिदैन भनेर यहाँ नयाँ पार्टीमा लाग्नु भएको हो ?
. हेर्दा खेरि त्यो दखिन्छ तर होइन पुरानो पार्टीमा हुँदा पनि ठुलो आशा बोकेको होइन । म शिक्षण पेशाको व्यक्ति हो । अभिभावक, विद्यार्थी सबैको नजिक छु र मैले नवलपुरमा केहि गरेको छु । यो जिल्लाले शैक्षिक व्यक्ति पाएको छ । यो जिल्लामा बाहिर बाट कुनै नेता आयत गर्नु पर्ने छैन भन्ने कुराको धारणा मैले पाएको छु ।
> जनताको बलिदानबाट ल्याएको गणतन्त्र, यो १५ वर्षको अवधि भित्रै पुन : जनता राजसंस्था मै फर्किन्छन् भन्ने लाग्छ यहाँलाई ?
. राजाले देश सञ्चालन गरेकै हो । राजा भएको देशको नाताले देशमा एकिकरण गर्नको लागि विभिन्न पार्टीहरुलाई एकिकरण गराएर सबैको भावनालाई समेटेर सिङ्गो जस्ले राजनिति नै गर्दैन त्यस्तो संस्था आवश्यक छ । हामीले राजसंस्था खोजेको हो । राजसंस्था स्थापना हुनु पर्छ मात्र यो देश समेटिन्छ ।
> तपाईको मुख्य एजेण्डा के त ?
. तराईमा भएर पनि नवलपुर जिल्ला हरेक क्षेत्र शिक्षामा स्वास्थमा पिछडिएको जिल्ला हो । भुमिहिन किसानहरुलाई व्यवस्थित गर्नेमा, सुकुम्बासी व्यवस्थापन गर्ने कुरामा, कृषि आधुनिकिकरण, कृषि औजार सबै कुरामा नवलपुर पछि परेको छ । चितवनलाई हेर्छ, बुटवललाई हेर्छ, नवलपुरलाई हेर्दैन् । नवलपुरमा पनि सरकारी क्यम्पस हुनुपर्छ र त्यसमा प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्छ त्यो हाम्रो परिकल्पना हो । यदि म यहाँबाट निवार्चित भएर गए भने मेरो पहिलो दृष्टिकोण त्यसमा हुनेछ । भइरहेको शिक्षा १२ कक्षा सम्म पूर्ण निः शुल्क, स्वास्थ्य पूर्ण निःशुल्क हुनुपर्छ, धनि गरिबलाई समान व्यवहार गर्ने, भुमिहिन किसानहरु, सुकुम्बासीहरु र नदिका किनारमा बसेका व्यक्तिहरुको १ वर्ष भित्रमा स्थाई पुर्जा दिनु पर्छ ।
> तपाईले बोल्नु भएको सबै काम गर्नु हुन्छ भन्ने आधार के त ?
. मैले ४० वर्ष शिक्षा क्षेत्रमा काम गरे । नवलपुरमा क्याम्पस स्थापना हुँदा पहिलो शिक्षकको रुपमा म नै थिए । नवलपुरमा भएका सम्पूर्ण क्याम्पस स्थापनामा मेरो योगदान रहेको छ । गैंडाकोटमा राम्रो शैक्षिण संस्था स्थापना गरेर नेपालकै सेन्टरको बिकास गर्ने गैडाकोटको इतिहासलाई व्यापक रुपमा अगाडि बढाउन हाम्रो ध्यान जान्छ । बुलिङ्टारमा पनि एउटा हस्पिटल र सरकारी शिक्षालय हुनुपर्छ भन्ने हामीले परिकल्पना गरेका छौं ।
> आम नवलपुरका मतदाताहरुलाई तपाईंको सन्देश के छ ?
. आउदै गरेको मंसिर ४ गतेको दिन आम निर्वाचन छ । यहाँहरुले हेर्ने दृष्टिकोण म यहि नवलपुरको बासिन्दा हुँ । गैंडाकोट देखि लिएर त्रिवेणी, सुस्ता सम्मको क्षेत्र छ । म हरेक ठाउँमा परिचित छु । हरेक ठाउँमा म पुगको छु । मलाइ सबैको माया पुगोस् म यो जिल्ला बिगार्दिन । मलाई बिस्वास गर्नु ३२ वर्ष सम्म नगरेको काम म ५ वर्षमा सम्पन्न गरेर देखाउँछु भनेर जनताहरु सँग भनेको छु । त्यो मेरो अडान हो । म सँग भिजन छ र त्यो भिजनलाई म प्रयोग गर्छु । अरु नेताहरु यहाँ आउनु हुन्छ उहाँहरुले यहा कुनै पनि भिजन प्रस्तुत गरेर यो जिल्लालाई चितवन र बुटवलको तुलनामा अगाडी लैजान सक्नु भएन । म सक्छु ५ वर्ष मलाई यहाँका जनताले बिस्वास गर्नु भयो भने अहिले भएको चितवन र बुटवल भन्दा यो नवलपुरलाई राम्रो बनाएर देखाउन सक्छु । यो मेरो प्रण हो । यो जिल्लालाई नमुना जिल्ला बनाउनु पर्छ भन्नेमा म प्रस्त छु । मलाई कुनै पनि काम गर्न शिक्षाले पनि अरुको सहयोग लिइरहनु पर्ने अवस्था छैन । मेरो क्षेत्र भित्रका सम्पूर्ण मतदाताहरुले मलाई सहयोग गर्नु हुन्छ भन्नेमा म बिश्वस्त छु ।
> तपाईको समय र संबादको लागि धन्यवाद ।
. हवस् धन्यवाद ।
यो कुराकानी ह्याप्पी एफ.एम.को कार्यक्रम बटम लाईन का लागी आदर्श सुशिलले गर्नुभएको हो ।