> स्वागत छ यहाँलाई बटम लाईनमा
. धन्यवाद
> आराम हुनुहुन्छ ?
. आरामै छु
> मंसिर ४ गतेको चुनावलाई लिएर कतिको उत्साहित हुनुहुन्छ ?
. यो अहिलेको निर्वाचनले उम्मेदवार देखि पार्टी र मतदातालाई पनि उत्साहित बनाएको छ । खेतीबाली थन्काउने क्रम भएकाले मतदातालाई घरमा नै भेट्न गाह्रो भएपनि हामी निरन्तर चुनावी अभियानमा छौँ ।
> आम मतदाताहरुको चुनाव प्रतिको उत्साह कस्तो पाउनु भएको छ ?
. पहिलो कुरा त जनताले माग गरेको बिकास हो, जनताको समस्यालाई पहिचान गरेर त्यसलाई गम्भीरता पूर्वक समाधान गर्ने र जनतालाई बिस्वास दिलाउनु नै सबै भन्दा ठुलोे कुरा हो । हामी मतदाताहरुकै घर दैलोमा गएर त्यहाँको समस्याको बारेमा र जनताले माग गरेका योजनाहरुलाई पुरा गर्ने जनताको घर दैलोमा गएर प्रतिबद्धता जाहेर गरेका छौं । मतदाताहरु पनि उत्साहित हुनुहुन्छ ।
> ५ वर्ष पछि के काम गर्न बाँकी भयो र पुन : उम्मेदवारी दिनुभयो ?
. जनताले माग गरेका धेरै काम गर्न बाँकी छ । कति काम गर्दैगर्दा अधुरो रहेको छ । त्यसलाई पुरा पनि गर्नु छ । पहिला हामीलाई २ वर्ष त प्रदेश सभा कसरी सञ्चालन गर्ने नियम कानुन निर्माण गर्न लाग्यो । त्यती बेला केहि काम भयो, केहि काम अधुरो रहयो । अधुरो रहेको काम पुरा गर्न उम्मेदवारी दिएको हुँ ।
> तपाईले अघिल्लो कार्यकालमा जनताले महशुस गर्ने मुख्य ठोस कामहरु के के हुन ?
. देवचुली नगरपालीकाको पहाडी क्षेत्रमा बाटो कालोपत्रे गरेँ, डेडगाउँमा राष्ट्रिय प्रशारण बिजुली पुगेको छ । खानेपानी ,पक्की पुल, झोलुङ्गे पुल बनाए अझै काम बाँकी छ ।
> मुख्य मन्त्री आफ्नौ पार्टीको हुँदा र फरक पार्टीको हुँदा काम गर्न कतिको सजिलो हुँदो रहेछ ? कस्तो अनुभूति गर्नु भएको छ ?
. धेरै गाह्रो छ । आँफू प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गर्नु र आँफै सरकारमा बसेर बजेट बिनियोजन गरेर जनताले माग गरेको योजनालाई पुरा गर्नु त आकाश पातलको फरक छ । त्यहि भएर हामी सरकारमा नहुँदा पनि हामीले भनेको हौँ जनताको माग यो छ । सिँचाइको बारेमा, सडकको, कलेजको, स्वस्थ्यको, जिल्ला हस्पिटलको बारेमा, प्रदेशको राजधानी पोखरा जोड्ने, बाटोको बारेमा, तराईमा बन्यजन्तु द्धन्दको बिषयमा, कृषि, पर्यटनको बारेमा गर्नपर्याे भनेर हरेक कुराको धेरै पटक माग गरें एमालेको सरकार गईसके पछि तर सरकारले व्यवस्ता गरे । अहिलको अन्तिम बजेत बिनियोजनमा त झन प्रति पक्षलाई एउटा योजना पनि दिएन १ रुपैयाँ पनि दिएन कति विभेद गरे, मलाई गर्व थियो नवलपुर कै व्यक्ति माननिय मुख्यमन्त्री बन्नु भयो । सत्तामा आउनु भयो । अब नवलपुरमा केहि बन्छ भनेर आखिरमा उहाँले जनताले माग गरेको योजनालाई व्यवस्ता गर्नु भयो ।
> पछिल्लो समय जनतामा वितृष्णा के छ भने यो पुरानो पार्टी पुराना उम्मेदवारहरुले खासै केही गरेन भन्ने गरेको सुन्निछ, यो वितृष्णालाई कुन रुपमा चिर्नु हुन्छ ?
. यसप्रति म सचेत छु । टिका टिप्पणी हुनु राम्रो हो तर अहिले हामी प्रजातन्त्रमा छौं । सबैलाई स्वतन्त्र छ । आफ्नो कुरालाई अभिव्यक्ति गर्न खुल्ला छ । सरकारले बनाएको संविधानमा यो खालको नैसर्गिक अधिकार दिएको छ तर बुढा र पाका भन्दा पनि जो संग भिजन छ, जस्ले परिवर्तनका निम्ति योजना ल्याउन सक्छ, शान्ति पूर्ण ढङ्गले समाजलाई बिकास निर्माणको काममा अगाडी लान सक्छ त्यस्तो व्यक्ति राज्नु पर्छ ।
> तपाईको प्रतिस्पर्धीलाई कुन रुपमा लिनु भएको छ , तपाईको प्रतिस्पर्धा कस्तो हुने आंकलन गर्नु भएको छ ?
. हिजो एकात्मक राज्य सत्ता थियो । त्यो एकात्मक राज्य सत्ताले परिवर्तन गर्न सक्दैन र एकल व्यक्तिले पनि केहि गर्न सक्दैन यस्को निम्ति छुट्टै खालको व्यवस्था चाहिन्छ र प्रजातन्त्रले मात्र यस्को परिवर्तन गर्न सक्छ भन्ने उद्धेश्यका साथ हिजोको व्यवस्थालाई हामीले आन्दोलन गरेर फालेको हो । अहिले प्रजातन्त्र बहुदलको हो । उम्मेदवार कस्तो भनेर मैले भन्नु भन्दा जनताले पनि निर्वाचन के हो अनुभव गर्नु भएको छ । आँफु बस्ने ठाउँ कस्तो हिसाबबाट परिवर्तन गर्न सकिन्छ र व्यवस्थाको निम्ति हामीले के गर्न सकिन्छ भन्ने बिषय बस्तुको उहाँहरुले पनि केहि भिजन बनाउनु भएको होला तर त्यसमा मेरो टिका टिप्पणी छैन ।
> तपाईले कस्ता एजेण्डा र योजना लिएर जनतामा जादै हुनुहुन्छ ?
. नवलपुरमा नमुना सदरमुकाम बन्नेमा मेरो योगदान रहने छ, प्रदेशको राजधानी पोखरा जोड्ने पहाडी बाटो स्तरउन्नती गर्ने, बिनयीत्रिवेणी गाउँपालिकाको २ वटा वडामा बाटो बनाउने जहाँ अहिले सम्म बाटो पुगेको छैन् । फलाम खानीको अहिले बिज्ञापन मात्र भएको छ, यसलाई व्यवस्थित गर्ने, नवलपुरमा खोलाले क्षति पुर्याएको ठाउामा तट्बन्धन गर्ने, नारायणी नदि किनारलाई पर्यटकीय क्षेत्र र होमस्टे बनाउने, देवचुली डाँडा, बरचुली डाँडा धैवादीमा पैदल मार्ग, पर्यटकीय क्षेत्र बनाउने, कृषिलाई आधुनिकिकरण गरेर बैज्ञानिक तरिकाबाट कृषिलाई अगाडी बढाउने, नवलपुरमै विश्व विद्यालय स्थापना गर्ने मेरो योजना छ ।
> तपाई नवलपुर क्षेत्र नं १ ख का जनताहरुलाई के अपिल गर्न चाहानु हुन्छ ?
. नवलपुरलाई समृद्धि नवलपुर र सुःखी नवलपुर बासी बनाउनको निम्ति यहाँका बिकास निर्माणका योजनाहरु सहित एउटा भिजन लिएर म आएको छु । पहिला पनि मलाई बिजय बनाउनु भयो । मैले थोरै अनुभव पनि प्राप्त गरेको छु । त्यो अनुभव सगँ–सँगै अब नयाँ योजनाहरुलाई पुरा गर्नको निम्ति सबै मतदाताहरु र अन्यन्त्र बिचारमा रहेका मतदाताहरु मत खेरा नफाल्नुस् । त्यो मत मलाई नै सदुपयोग गर्नुस् तपाइँको एक दिनको मतले मैले ५ वर्ष सम्म तपाई सँग नङ र मासुको सम्बन्ध राखेर बिकासका कामहरुमा साथ दिनेछु । मैले विभेद गर्ने छैन । ४ गते मलाई सूर्य चिन्हमा मत दिएर सहयोग गर्नुस् ।
> तपाईको समय र संबादको लागि धन्यवाद ।
. हवस् धन्यवाद ।
यो कुराकानी ह्याप्पी एफ.एम.को कार्यक्रम बटम लाईन का लागी आदर्श सुशिलले गर्नुभएको हो ।