> स्वागत छ यहाँलाई बटम लाईनमा ?
. धन्यवाद
> आराम हुनुहुन्छ ?
. आरामै छु
> पछिल्लो समय उम्मेदवारहरु जनताको घर दैलोमा भोट माग्दै दौडिरहेका छन् , यहाँको पनि उस्तै होला के छ पछिल्लो समयको दिनचर्याहरु ?
. अब चुनाब करिब–करिब नजिक आईसक्यो मैले पनि नवलपुर क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएको हुनाले व्यस्त नै छु । नवलपुर भौगोलिक हिसाबले ठूलो छ । गैंडाकोट देखि कावासोती सम्म ५२ वटा वडा पर्ने हुनाले हाम्रो व्यस्तता बढ्नु स्वभाविक हो । बिहानदेखि बेलुका सम्म जनताको घर दैलोमा उहाँहरुलाई भट्ने कार्यक्रम भैइरहेको छ ।
> हरेक काम गर्ने ठाउंमा सम्भवत चुनावकै कुराहरु भइराखेको पाइन्छ ? तपाई घरदैलो गर्दै गर्दा आम मतदाताहरुको चुनाव प्रतिको धारणा कस्तो पाउनु भएको छ ?
. नेपाल कृषि प्रधान देश भएकोले अहिलेको समयमा सबै जना खेतबारी मै व्यस्त हुनुहुन्छ तर पनि म सम्भव भए सम्म भेट्ने प्रयास गरेको छु । नेपाली जनतालाई राजनितिको चासो भन्दा नि देशमा स्थिरताको चासो रहेको छ । पटक–पटक विभिन्न राजनितिक दलहरु हामीले भोग्यौँ, देख्यौँ, सुन्यौँ उहाँहरुबाट कुनै निकासा आएन । अबको विकल्प के हुन सक्छ भनेर विकल्पको खोजि गरिरहेको छु ।
> तपाई आम मतदाता सँग गएर मतको, देश बिकासको र स्थिरताको कुरा गरिरहँदा, तपाई शिक्षा क्षेत्रबाट आएको व्यक्ति नेपालकै कान्छो क्याम्पस प्रमुख भएर कार्यभार सम्हाल्नु भयो ? शैक्षिक क्षेत्रमा राम्रो नाम थियो के सोचेर राजनितिमा सांसद नै हुन्छु भनेर हामफाल्नु भयो ?
. म लामो समय शैक्षिक क्षेत्रमा आबद्ध भए । मैले मेरो जिवनको सुरुबाट नै शिक्षण पेशाबाट सुरु गरेको हो । शिक्षण पेशामा आबद्ध भएपनि मैले राजनितिलाई नजिकैबाट निहालि रहेको थिए । शिक्षण मेरो मुख्य पेशा भएपनि देशको राजनितिक घट्ना क्रमहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी भएको थिए । म राजनितिक परिवर्तनका कुराहरु हेरिरहन्थे तर हेर्दै गर्दा मलाई पछिल्लो राजनितिक घट्ना क्रमहरु पटकै चित्त बुझेको थिएन । अब पुराना दलहरुलाई स्विकार गरेर बस्ने कि अब बिद्रोह गरेर नयाँ बिकल्प खोज्ने । म सगं बिकल्प थियो र मैले चाहिँ अब पुराना दलहरु नसुध्रिने भए भनेर हामी नयाँ परिवर्तनको सम्भार बोकेर आएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी एउटा आशाको किरण हो । मलाइ लाग्छ परिवर्तन सम्भव छ , हाम्रै पालामा परिवर्तन सम्भव छ ।
> तपाइ यो भन्दा अगाडि कुनै एउटा पार्टीमा रहेर सक्रिय राजनिति गर्नु भएको व्यक्ति, अब त्यो पार्टीमा भबिष्य छैन त्यो पार्टीले मलाई सांसदको टिकट दिँदैन भनेर यहाँ नयाँ पार्टीमा लाग्नु भएको हो ?
. आम नेपालीहरु आज भन्दा अगाडि कुनै न कुनै पार्टीमा आबद्ध हुनुहुन्छ । मैले मेरो भबिष्य म आफै बनाउने हो । कुनै दलले मेरो भबिष्य निर्धारण गर्ने होइन । नेपाल आज सम्मको अवस्थामा यस्तो देश हो । जहाँ तपाइले कुनै पार्टीको बिल्ला भिर्नु भएन भने तपाइको घरमा बिजुली मिटर समयमा जोडिदैन । तपाई कुनै पार्टीको सदस्यता हुनुहुन्छ । कुनै नेताको सम्पर्कमा हुनुहुन्छ भने तपाईको छिटो जोडिन्छ नत्र जोडिदैन । त्यस्तो समाजबाट हुर्केर आएको म, मैले ८ वर्ष क्याम्पस प्रमुख भएर चलाए त्यति बेला मैले पनि कुनै न कुनै दलको सहयोग लिनपर्यो सहयोग भन्ने कुरा एकोहोरो त हुदैन दोहोरो हुन्छ । त्यो दोहोरो दलको सहयोग हुदा उहाँहरुलाई मैलेपनि सहयोग गरेको हो । यहाँ पुरानो दलमा बसेको मानिसहरु असन्तुष्टि छन् । पुरानो पार्टी खराब छैनन्, उहाँहरुको पार्टीको माया लाग्छ ।
> यसो भनिरहँदा दलको विकल्प दल नै हो भन्ने बुझाई हो ?
. दलको विकल्प दल भन्दा पनि हाम्रो बहुदलीय व्यस्थामा संविधानमा टेकेर, हामीले यो निर्वाचन गर्दैछौं दलिय प्रबधान अनुसार हामी दलिय रुपमा उभिदै गर्दा स्वतन्त्र रुपमा पनि अगाडि जानपर्यो तर स्वतन्त्रहरुले जित्दै गर्दा स्वतन्त्रलाई एकिकृत गर्न थोरै गाह्रो हुन्छ ।
> मसिंर ४ गतेको निर्वाचनमायहि क्षेत्रबाट तपाइहरु जसरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेद्धवार दिएर आउनु भएको छ । यहाँका स्थापित भनिएका नेताहरुले पनि आफ्नो उमेद्धवार खडा गरेका छन् । पछिल्लो समय स्वतन्त्र व्यक्तिहरु पनि स्वतन्त्र रुपमा परिवर्तन गर्छु भनेर लाग्नु भएको छ । तपाईहरुको बुझाइमा जति तपाइहरुले गर्न सक्नुहुन्छ । त्यति स्वतन्त्र भनेर आएका व्यक्तिहरुले कुनै पनि पार्टीमा आबद्ध छैनन्, उनिहरुले तपाईहरुले जति गर्न सक्दैन भन्ने तपाईहरुका लागि बुझाइएको होे ?
. पुरानो दललाई बिस्थापित गर्ने हाम्रो योजना हो । त्यसैले मिलेर जाउँ । यि पुराना दलहरु लामो समय देखि सत्तामा शक्तिमा छन् । ति दलहरुलाई एक पटक शक्ति बाहिर राखौं त नेपाल जहिले प्रयोगशाला भइरहेको छ । जहिले पनि हरेक पार्टीले राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरुले नेपाललाई प्रयोगशाला बनाई रहेको छ ।
> हामी मिलेर जान सक्छौं भन्दै गर्दा मिलिसके पछि त्यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नुपर्छ भन्ने तपाईहरुको मान्यता हो कि अथवा जो कोही क्षमतावान व्यक्तिले आएर नेतृत्व गरे पनि हामी त्यसको पछि लाग्न सक्छौं भन्ने हिम्मत राख्नुहुन्छ ?
. यो आवाज त मैले भन्दा पनि जनताले उठाउनु पर्यो । नवलपुरको जनताले अब राष्ट्रिय स्वतन्त्र पार्टीको फलानोलाई समर्थन गरेर जानु उपयुक्त हुन्छ भन्ने खालको आवाज आयो भने म यो आवाज केन्द्र सम्म पुर्याउँछु ।
> पुरानो स्थापित दलहरुसंग ट्याकल गर्दै गर्दा तपाईको रणनिति के रहन्छ ?
. हो उहाँहरु पुरानो स्थापित दलहरु हुनुहुन्छ । हामी भर्खरै नयाँ छौं । उहाँहरुसंग पुरानो चुनावी अनुभव छ तर मलाई लाग्छ जनता हामी संग हुनुहुन्छ । जनताहरुले अहिले न्याय गर्नुहुन्छ किन कि जनताहरुले त पटक–पटक उहाँहरुलाई हेर्नुभयो । कहिले गठबन्धन, कहिले महागठबन्धनको नाममा पटक–पटक जनता झुकाउने काम भएको छ । स्थापित नेताहरुसंग प्रतिस्पर्धा गर्न आएको होइन । म यो चुनावी मैदानमा इतिहास रच्न आएको हो र म इतिहास रचेर पनि देखाउछुं । जस्को लागि नवलपुरको जनताले मलाइ सर्पोट गर्नुपर्छ । यो ५ वर्ष हामीलाई विश्वास गर्नुहोला । हामी काम गरेर देखाउछौं ।
> तपाइको मुख्य एजेण्डा के त ?
. हाम्रो क्षेत्रमा ध्यानदिनु पर्ने कुरा स्वास्थ्य, शिक्षा, कृषि नवलपुरलाई एउटा मेडिकल कलेज चाहिको छ । उपयुक्त क्षेत्र हेरेर मेडिकल कलेज राख्न सकिन्थ्यो । के यो क्षेत्रमा मल उत्पादन गर्ने उद्योग खोल्न सकिदैन । पूर्वाधार समयमा नै सम्पन्न गर्न के ले रोक्यो । करोडौंको काठ निकासी हुने अनि बिकास गर्नको लागि बन मन्त्रलायले काठ काट्न किन अनुमति दिदैन । पर्यटकीय क्षेत्र छन् । खोइ पर्यटक भित्राउन सकेको ? गणतन्त्र पछिको यो १५ वर्षमा के भयो ? यो सबै पहल गर्न कसले रोक्यो ? म यो प्रश्नको उत्तर चाहन्छु ।
> राष्ट्रिय स्वतन्त्र पार्टीले यो ठाउँबाट जितेर गयो भने काम गर्न सम्भव छ, नत्र अहरु पार्टीले जितेर गयो भने सम्भव छैन भन्ने तपाइको बुझाई हो ?
. त्यो होइन हामी जनभावाना अनुसार काम गर्छौं । म यो माटोमा हुर्केको हो यहाँको मलाई कण–कण थाहा छ । यहाँको सबै समस्या थाहा छ । तिनै समस्यालाई समाधान गर्न मेरो प्रयास रहने छ ।
> आम नवलपुरका मतदाताहरुलाई तपाईको सन्देश के छ ?
. म राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवलपुर क्षेत्र नं १ बाट संघिय सांसदको उम्मेदवारको रुपमा आएको छु । म परिवर्तन चाहान्छु । हामी यो मुलुकलाई परिवर्तन गर्न चाहान्छौं तर परिवर्तन गर्नको लागि यो पटक जित्न आवश्यक छ । तपाईँहरुले जिताउन आवश्यक छ । मैले कडा परिक्षा दिदैं छु । यो परिक्षा मेरो मात्र होइन आम नवलपुरबासीको परिक्षा हो । तपाईहरु गफमा मात्रै परिवर्तन चाहनु हुन्छ । व्यवहारमा परिवर्तन चाहनुहुन्छ । यो प्रमाणित गर्ने बेला आएको छ । परिवर्तनको घण्टी बजाउने बेला आएको छ । राजन गौतम भन्दा अर्को उम्मेदवार योग्य छन् भने उहाँलाई भोट हाल्न आग्रह गर्छु । मैले जितेर गए भने ५ वर्ष यहाँ भएका समस्यालाई संसदमा राख्ने छु । त्यो हिम्मत गर्छु । यो चुनाबमा हामी सफल भयौँ भने हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएर ठिक गरेछौं भन्ने गर्व गर्ने काम गर्ने छौं । एकपटक बिश्वास गर्नुस् ।
> तपाईको समय र संवादको लागि धन्यवाद ।
. हवस् धन्यवाद ।
यो कुराकानी ह्याप्पी एफ.एम.को कार्यक्रम बटम लाईन का लागी आदर्श सुशिलले गर्नुभएको हो ।