> स्वागत छ यहाँलाई बटम लाईनमा
. धन्यवाद
> आराम हुनुहुन्छ ?
. आरामै छु
> पछिल्लो समय उम्मेदवारहरु जनताको घर दैलोमा भोट माग्दै दौडिराख्नु भएको छ, यहाँको पनि उस्तै होला, के छ पछिल्लो समयको दिनचर्याहरु ?
. अब चुनाब करिब–करिब नजिक आइसक्यो मैले पनि नवलपुर क्षेत्र न १ (क) को जति पनि मतदाताहरु हुनुहुन्छ । उहाँहरुको घर दैलोमा गएर तपाईहरुको मत यसपालि युवा पुस्तालाई दिनु भनेर अनुरोध गर्दै बितेको छ ।
> मंसिर ४ गतेको चुनावलाई लिएर मतदाता उम्मेदवारहरु उत्साहित छन्, तपाई व्यक्तिगत रुपमा कतिको उत्साहित हुनुहुन्छ ?
. उम्मेदवारी दिइसके पछि उत्साहित त हुने नै भयो । उत्साह सँग-सँगै जनताहरुलाई कसरी बुझाउने । उहाहरुले गर्नु भएको मतदान । उहाँहरुले चाहे अनुरुप नभएको यो बेथितिलाई कसरी रोक्न सकिन्छ, कसरी शान्ति स्थायित्व कायम गरेर देशलाइ आर्थिक समृद्धि तिर लैजान सकिन्छ । यि सबै कुराहरुलाई कसरी बुझाउन सकिन्छ होला भन्ने कौतुहल्ता छ ।
> आम मतदाताहरुको चुनाव प्रतिको उत्साह कस्तो पाउनु भएको छ ?
. उत्साह सबैमा छ, यो अहिले सम्मको जति पनि समस्याहरु छ । यो सबैलाई पाखा लगाउन दिन हो । हामीले त्यो दिनमा बिचार पुर्याएर मतदान गर्नुपर्छ भन्ने किसिमको उत्साह छ । जनतामा धेरै सोच परिवर्तन भएको अवस्था छ । कतिजना चाहिँ भोट नदिने सोचमा भएको पाए । मतदान जस्तो जिम्मेवारीबाट कोहि पछि हट्न हुदैन । हामी सोचेर, सम्झेर जस्लाई अहिले सम्म मतदान गर्नुभयो र तपाईहरुले चाहेको जस्तो जुन कामहरु हुन सकेन । त्यसैले गर्दा तपाईहरुले अलिकति परिवर्तन भएर, अहिले तपाईको अमुल्य मत युवा पुस्तालाई दिएर जिताउनु भयो भने यहाँहरुले सोचेको जस्तो फरक बाटो पक्कै पनि आउने छ । यसपाली मलाई जिताउनु भयो भने तपाईहरुले चाहेको जस्ता काम गर्ने छु ।
> यो राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा सरकार बन्यो भने देश बिकास हुने हो, या अरुले पनि गर्न सक्छ त ?
. अरुले पनि गर्न सक्थे, गर्छ कि भनेर पटक–पटक परिक्षण पनि गर्नु भएकै हो । विगत देखि वर्तमान सम्म देशको ठुलो भन्ने पार्टीहरुले जसरी जनताको मत जित्नु भो पटक–पटक बहुमत जनताले दिएकै हो तर उहांहरुले प्रतिबद्धता गरेको बिपरित काम गर्नुभयो । त्यसको उपज हो राष्ट्रिय प्रजातन्त्र पार्टी ।
> यो १५ वर्षको अवधि भित्रै पुन जनता राजसंस्था मै फर्किन्छन् भन्ने लाग्छ यहाँलाई ?
. नेपाली जनताले चाहेर राजसंस्था ढलेको होइन । यो छल कपट र १२ बुदें सम्झौता, भारतीय रोह रहेको सि.आइ.ए.को डिजाइनमा बनेको र हाम्रो बिकाउ नेताहरुको कारणले भएको हो ।
> जनताले चाहे पनि नचाहे पनि राजसंस्था त ढल्यो नि ?
. लामो इतिहास बोकेको राजसंस्था ढल्छ भने त्यो पुर्नस्थापना हुन नसक्ने भन्ने त हुदैन नि जनताले चाहेको खण्डमा जे पनि ढल्न सक्छ । जे पनि पुर्नस्थापना हुन सक्छ र जनताले यो गणतन्त्र आए देखि संघियता लागु भए देखि जति पनि पिडा खपेर बस्नु भएको छ । त्यो बिस्र्पोट हुनेवाला छ यो बिस्र्पोट हुने दिन भनेको मंसिर ४ गते हो । त्यसले पनि भएन भने सडकमा विस्फोट हुन्छ । सडकमा यस्तो हावाहुरी आउछ जस्ले गणतन्त्र र संघीयतालाई तहस् नहस् बनाउन सक्छ ।
> तपाईहरु राजा आउ, देश बचाउ कै अभियानमा हुनुहुन्छ ?
. त्यसरी बुझ्दा पनि भयो राजसंस्था भनेको जति हामीलाई देशको माया छ । त्यो भन्दा कयौं गुना माया राज परिवारलाई छ । किनकि उहाँहरुको पुर्खाहरुले बाइस-चौबिस राज्यलाई एकिकरण गरेर एउटा सिङ्गो नेपाल बनाउन सफल भएको हो ।
> तपाई राजतन्त्र चाहानु हुन्छ या राजसंस्था यसमा पनि जनता दुबिधामा छन् ?
. जनताले नबुझेको चाहिँ हिजो पनि राजतन्त्र थियो । राजतन्त्र पछि धेरै तन्त्रहरु बद्लिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको चाहिँ राजसंस्था, नेपाली सबैलाई समान व्यवहार गर्न सक्ने र राष्ट्रको बिपरित कसैबाट हुन्छ भने खबरदारी गर्नको लागी एउटा साझा संस्थाको रुपमा राजसंस्था चाहिन्छ ।
> संघियताको बिरोधमा वकालत पनि गर्ने अनि प्रदेश सभामा उम्मेदवारी पनि दिने, मिल्दो भएन नि ?
. हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको मुल एजेण्डा भनेकै संघियता खारेजी हो । हामीले उमेदवारी नदिदै गर्दा मतदाताले आफ्नो अमूल्य मत कस्लाई दिने त कि चाहिँ राज्यले मतदाताहरुले कुनै दल पार्टी मन परेन । जति पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डा नितिलाई मान्नु भएको छ । उहाँहरुको भोट संरक्षणको लागी हाम्रो उमेदवारी हो । हामीले जति आवाज सडकमा उठाएका छौं । अब सदनमै गएर उठाउनु पर्छ भन्ने हो ।
> स्थापित नेताहरु पनि चुनाबी मैदानमा हुनुहन्छ , यसलाई तपाइले कुन रुपमा लिनु भएको छ ?
. मेरो जो प्रतिस्पर्धी हुनुहुन्छ । जनताको कुरा सुन्ने हो भने त जितिसकें मैले ,उहाँहरुको प्रतिकृया के छ भने कति पटक हामीले अवसर दियौँ । जति पटक जितेर जादा पनि जनताको बिचार बिपरित काम गरे । जनताले तिरेको करबाट बिकासको काम भएको छैन । भ्रष्टाचार मात्र भयो उहाँहरु पालिने काम मात्र भयो । यसपटक चाहि हलोमा बाहेक अन्त हात जादैन भनेर जनताहरुले आर्शिबाद सहित प्रतिबद्धता गर्नु भएको छ ।
> आम नवलपुरका मतदाताहरुलाई तपाईको सन्देश के छ ?
. आउदै गरेको मंसिर ४ गतेको दिन आम निर्वाचन छ । यहाँहरु सम्पूर्ण एकचोटि निर्वाचन स्थलमा गइदिनुहोला र सबैले बिचार गरेर जसले राष्ट्रको हित लागि बोलेको छ । जसले बोलेको कुरा व्यवाहरमा लागु गर्छ । विषेश गरि युवा पुस्तालाई र नेपालको लामो भविष्यको लागि बिचार गरेर मतदान गर्नु हुन अनुरोध गर्दछु ।
> तपाईको समय र संबादको लागि धन्यवाद ।
. हवस् धन्यवाद ।
यो कुराकानी ह्याप्पी एफ.एम.को कार्यक्रम बटम लाईन का लागी आदर्श सुशिलले गर्नुभएको हो ।