> सरलाई स्वागत छ कार्यक्रम बटम लाईनमा
. धन्यवाद
> आरामै हुनुहुन्छ ?
. आराम छु
> तपाई प्रतिनिधि सभा नवलपुर क्षेत्र नं १ बाट उम्मेदवार बन्नु भएको छ, उम्मेदवारी दर्ता पछिको पछिल्लो अवस्था कस्तो छ ?
. देशमा भएका पोलिटिकल पार्टीहरुले लाइन छोड्दा हामी स्वतन्त्र हुनु परेको हो । हामी कुनै पार्टीमा संलग्नन भएको स्वतन्त्र होइन ,पटक–पटक विभिन्न उम्मेदवारलाई देशबाट जनताले हेरेकै हो तर उनिहरुले देश बनाउने भन्दा नि देशलाई कसरी लुट्ने भन्ने सोचिरहेका हुन्छन् । हामीले यसलाई शान्तिपूर्ण आन्दोलनको रुपमा लिएका छौं । आम जनतालाई आगामी चुनाब आन्दोलनको रुपमा मनाउन अनुरोध गदर्छु ।
>उम्मेदवारी दर्ता पछिको दिनहरु कसरी बिताउनु भएको छ ?
. मैले यसलाई ठुलो रुपमा लिएको छैन, मैले भन्दा पनि हामीले जित्नु पर्छ भन्ने मान्यता लिएर अगाडि बढेको छु । भ्रष्टचारी नेताहरुलाई जनताले चिन्नु पर्छ जनता अब नागरिक बन्नु पर्छ भन्ने हो ।
> तपाई नवलपुरको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको चुनाबमा होमिदै गर्दा तपाईको एजेण्डामा पुराना पार्टीका उम्मेदवारहरुलाई गाली गर्ने बाहेकको जनताको लागि नयाँ एजेण्डा के छ त ?
. पुराना पार्टीहरुलाई गाली गरेको होइन उनिहरुको विकृतिको लागी गाली गरेको हो । व्यक्ति र पार्टी भन्दा नि व्यक्ति र पार्टीले चलाएको जुन गलत प्रवृत्ति र सिद्धान्त छन् तिनलाई गाली गरेको हो।
> तपाईले प्रतिनिधि सभा मै उम्मेदवारी किन दिनु भयो ?
. यो राज्य संरचनालाई पुनसंरचना गर्न पालिका बाट गएर सकिदैन, यो शासकीय स्वरुपलाई परिवर्तन गर्नको लागि हामीले निति नै परिवर्तन गर्नुपर्ने हुन्छ । भ्रष्टचार न्यूनिकरण गर्न, नवलपुरको बिकास गर्न मेरो उम्मेदवारी हो ।
> हाम्रो नेपाल पार्टीले स्वतन्त्र भनेर प्रचार गर्ने र स्वतन्त्र पार्टीहरु आउँदा जनता झुकिने भयो नि ?
. यो चाहिँ पुराना पार्टीहरु जुन बेला जो संग पनि मिल्न सक्ने जुन चुनाव चिन्ह पनि लिएर जान सक्ने एउटा पार्टीबाट भएन भने अर्को पार्टीमा प्रबेश गर्ने यो प्रवृत्तिले गर्दा जनता अन्योलतामा भएको हो । हामी स्वतन्त्र नै हो, हामी बिचार बिहिनको स्वतन्त्र होइन ।
> लौरो चुनाव चिन्हबाट चुनाव जित्न सकिन्छ भनेर लौरोको धेरै प्रचार गरेको पाईयो नि ?
. नेपालका जनताले बिचारले काम गरेको छैन , नेपाली समाजको चरित्रलाई हेरेर केहि सजिलो हुन्छ भन्ने हिसाबले लौरोलाई अलि ब्राण्डिङ गरेर लैजाम भनेको सत्य हो । हामी हाम्रो नेपाल पार्टीको सदस्य होइन । हामीलाई कुनै पार्टीको ट्याग नलगाउन अनुरोध गर्छु । हामी बिचार निर्माण मै छौँ , पार्टी निर्माण मै छौं ।
> लौरोले देशैभरी चुनाब जित्न सकिएला भन्ने भ्रम पाल्नु आवश्यक छ र ?
. भ्रम पाल्नु आवश्यक छैन तर यसलाई ब्राण्डिङ्ग गर्न आवश्यक छ । फेरी लौरोले चुनाव जित्छ भन्ने होइन, हामीले के जानेका छौं भने जसको बिचार सहि छ उसले चुनाव जित्छ भन्ने हो तर पनि बिचार सहि हुँदा हुदैँ पनि हामीलाई लौरो मार्फत जाँदा अलिकति सहज हुने भयो तर नयाँ चुनाव चिन्ह लिएर जाँदा हाम्रो पहुँज छैन ।
> “हेभी वइट” भएका नेताहरु संग प्रतिस्पर्धामा हुनुहुन्छ सजिलो लाग्छ चुनाव जित्न ?
. उहाँहरुलाई पनि त्यति सजिलो छैन, उहाँहरु मेरो समान हुनुहुन्छ मंसिर ४ गते सम्म समान हो, साम दाम उहाँहरु संग होला तर हामीले चुनावमा खर्च गर्दैनौं । हामीले जनतालाई दिने भनेको बिचार हो । ठुलो पार्टीहरुले पटक–पटक जित्नु भयो तर यो ठाउँको बिकास गर्नु भएन निति निर्माण गर्नु भएन ।
>जो उम्मेदवारले पनि पुराना पार्टीले केहि गरेन मात्र भन्नु हुन्छ गर्नु पर्ने चाहि के रहेछ ?
. यो देशलाई स्थिरतामा लैजान पर्ने थियो । पहिला बन्द गरेका कलकारखाना हामी बनाउछौं । नवलपुर देशकै सम्भावना भएको देश हो । भिजन भनेको त महेन्द्रको जस्तो हुनु पर्छ । पुराना नेताहरुले सबै कुरा खत्तम बनाए अब उहाँहरुले यो बनाउन सक्नुहुन्न त्यही भएर हामी बनाउछौं र हाम्रो उम्मेदवारी हो । काम गर्न सजिलो छ ईच्छा शक्ति हुनु पर्छ ।
>तपाई पनि पहिला कुनै पार्टीको सक्रिय व्यक्ति हुनुहुन्थ्यो हिजो त्यहि पार्टी ठिक थियो होइन ?
. हामीले आशा गरेको थियौँ । मैले यसरी जाम भनेर धेरै भने तर कुनैले मेरो कुरा सुनेन् र म स्वतन्त्र हुन परेको हो । अहिले हामी आए पछि ठुला नेताहरु डराएका छन् । हामीले लुटेर खान नपाउने भयो भनेर हाम्रो बिरुद्धमा हुनुहुन्छ । हामी डराएका छैनौं । हामीले परिवर्तन चाहेको हो । परिवर्तन हुन पर्छ । शिक्षा, स्वस्थ्य र रोजगारको सरकारले जिम्मा लिनु पर्यो । निःशुल्कको नाममा ज्यादती गरेको छ । यहाँ त एक तिर नितिनियम बनाउँछन् अर्को तिर काम गर्छन् ।
> तपाई नवलपुर क्षेत्र नं १ का जनताहरुलाई के अपिल गर्न चाहनुहुन्छ ?
. तपाईहरु उम्मेदवार चिनेर, चुनाव चिन्ह चिनेर भन्दा पनि उम्मेदवारको बिचार भिजन चिनेर भोट दिनु होला । तपाईहरुलाई मैले उठाएका एजेण्डाहरु बिश्वास लाग्छ भने लौरो चुनाव चिन्हमा स्वतन्त्र युवालाई मतदान गरेर सहयोग गर्नुहुन अनुरोध गर्दछु ।
> तपाईको समय र संवादको लागि धन्यवाद ।
. हवस् धन्यवाद ।
यो कुराकानी ह्याप्पी एफ.एम.को कार्यक्रम बटम लाईन का लागी आदर्श सुशिलले गर्नुभएको हो ।