पर्देशीदाको बिदाई
फर्केर अवश्य आउनेछु आमा
रहर हैन बाध्यता हो आमा
परदेशिने मेरो ll
जन्मभूमिमा केही गर्न लाग्दा
हान्न लाग्छन् आमा सबैले झटेरो ll
जाँदैछु आमा सात समुद्रपारि
रगत र पसिना बेच्न सबैबाट दुर ll
फर्केर अवश्य आउनेछु आमा
उठाउने छु सबैको अगाडि तिम्रो सिर ll
हेप्ने त आफन्तनै रहिछन् आमा
यहाँ गर्न नसक्दा केही काम
केहीवर्ष सहनु तिमीले गाल कहर ll
एकदिन फर्केर अवश्य आउनेछु आमा
पुरा गर्छु खर हटाएर टिनमुनी बस्ने
तिम्रो रहर ll
विदा देउन आमा राखेर शिरमा तिम्रो हात
ढुङ्गा पुज्न जाँदिन आमा विशाल छ तिम्रो आशिर्बाद ll
फर्केर अवश्य आउनेछु आमा नहुनु तिमी दुखी
ख्याल राख्नु आमा तिमीले आफ्नो,
राख्छु तिमीलाई सदैव मैले खुसी ll
बिष्णु भटृराई
देवचुली १०,नवलपुर