गैंडाकोट
सदस्यका हिसाबले विकू नेपालकै दोस्रो ठूलो सहकारीका रुपमा स्थापित भएको छ । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औं साधारण सभा अन्तर्गत इकाई केन्द्र २ को रजहरमा भएको कार्यक्रममा सो दावी गरिएको हो । सहकारीमा गतवर्षसम्म मात्रै १ लाख १ सय ७१ सदस्य रहेका छन् बुधबार रजहरमा भएको कार्यक्रममा विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले सबैमा सहकारीको भावना विकास गराई विकू सदस्यलाई खुसी र स्वस्थ राख्ने अभियानमा रहेको बताउनुभयो ।
गर्भदेखी स्वर्गसम्मका कार्यक्रमसँगै समुदायका हरेक व्यक्तिलाई औपचारिक वित्तीय सेवामा संलग्न गराई आर्थिक तथा सामाजिक रुपान्तरणका लागि चुलोदेखी चौतारोसम्मका कार्यक्रम विकूले ल्याएको उहाँले बताउनुभयो । यहाँ उत्पादन गर्न र उत्पादित सामाग्री बिक्रिको व्यवस्था गर्ने तथा लगानी पनि विकूले नै गर्ने वातावरण सिर्जना गरिरहेको उहाँको भनाई थियो ।
नेफ्स्कुनका पूर्व सञ्चालक सदस्य समेत रहेका विकूका पूर्व अध्यक्ष एवं सञ्चालक इन्द्रराजज्योती पौडेलले सदस्यका हिसाबले विकू नेपालकै दोस्रो ठूलो सहकारीका रुपमा स्थापित रहेको बताउनुभयो सहकारी एक अभियान भएकोले यसमा सहभागि भई पूण्य कमाउन सकिने उहाँको भनाई थियो स्वागत मन्तव्य व्यक्त गर्दै विकूका उपाध्यक्ष यमुनाथ आचार्यले सहकारीलाई अझै बलियो र दीगो बनाउन जगेडा कोषमा आधारित सहकारी बनाईने बताउनुभयो विकू कल्प वृक्ष जस्तै रहेको बताउँदै विधि र प्रविधि सहितको स्मार्ट विकू बनाउन सबैले आ आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो ।
विकूका सचिव प्रेमप्रसाद सापकोटा ुराजुुले वित्तीय १७ वटा र गैरवित्तीय ३१ वटा कार्यक्रम सहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो उहाँले अघिल्लो साधारण सभाबाट पारित वित्तीयतर्फ ८८ प्रतिशत र गैर वित्तीयतर्फ ७० प्रतिशत कार्य सम्पादन त् गरेको बताउनुभयो कोषाध्यक्ष कालिदास गौडेलले असार मसान्तसम्म विकूले करिब २३ अरब ३२ करोड ९० लाख रुपैयाँ ऋण लगानी गरेको जानकारी दिनुभयो । करिब २९ करोड सञ्चालन मुनाफा र करिब ८ करोड विकूले राजस्वमा योगदान गरेको उहाँको भनाई थियो ।
लेखा तथा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदीले विकू सहकारीमा अग्रणी एवं सबल संस्थाको रुपमा आफ्नो छवि कायम गर्न सफल भएको बताउँदै संस्थाले प्राप्त गरेको शाख जोगाउन सोही अनुरुप कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रमको सहजिकरण गर्दै प्रमुख अधिकृत माधवप्रसाद पौडेलले गतवर्ष कुनैपनि वित्तीय संस्थामा सदस्य नभएका ५६३ जनालाई विकूको सदस्य बनाईएको जानकारी दिनुभयो । कार्यक्रममा सेयर सदस्यका जिज्ञाशा सञ्चालक समितिले समाधान गर्ने प्रयास गरेको थियो ।
सो अवसरमा उत्कृष्ट सदस्य लगायत विभिन्न विधामा सम्मान एवं पुरस्कार प्रदान गरिएको थियो । यस इकाइका सदस्यले नीति तथा कार्यक्रम र बजेट पास गर्दै सञ्चालक समितिलाई विभिन्न अख्तियारी समेत प्रदान गरेको छ । साधारण सभा अन्तर्गत विकूले यसअघि डण्डामा सोमबार इकाइ केन्द्र १ को भेला सम्पन्न गरेको छ । गैंडाकोटमा २९ गते शनिबार इकाई केन्द्र ३ को साधारण सभा पश्चात ५ गते अन्तिम निर्णय प्रमाणित गरी साधारण सभा सम्पन्न गर्ने कार्यक्रम तय गरेको छ ।