देवचुली ,
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागी देवचुली नगरपालिकाबाट १३ जनाको उम्मेद्वारी परेको छ। प्रतिनिधि सभा सदस्य अन्तर्गत नवलपुर क्षेत्र न १ मा ६ जना र क्षेत्र न २ मा १ जना गरि ७ जना र प्रदेश सभा सदस्य अन्तर्गत नवलपुर क्षेत्र न १ को 'क' र 'ख' बाट ६ जना गरि जम्मा १३ जनाले उम्मेद्वारी दिएका छन्।
नवलपुर क्षेत्र न १ बाट प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमाले बाट देवचुली १३ का कमल महतो , रास्ट्रीय प्रजातन्त्र पार्टी बाट देवचुली १० का डा. मोहनी लाल भुसाल , हाम्रो नेपाली पार्टीबाट देवचुली १२ का तुलसीराम भुसाल , जनता समाजवादी पार्टी नेपाल बाट देवचुली ५ का भुम बहादुर राई , रास्ट्रीय स्वतन्त्र पार्टीबाट देवचुली १६ का राजन गौतम तथा देवचुली १६ का चित्रध्वज जिसीले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् भने नवलपुर क्षेत्र न २ बाट मंगोल नेशनल अर्गनाइजेसन बाट देवचुली ४ निवासी ज्ञान बहादुर कुमालले आफ्नो मनोनयन दर्ता गरेका हुन्।
यस्तै प्रदेश सभा सदस्य क्षेत्र न १ 'क' मा जनता समाजवादी पार्टी नेपालबाट देवचुली १७ कि अनु बुढाथोकी , नेपालि कांग्रेसबाट देवचुली १७ कै महेन्द्रध्वज जिसी , नेपालि कांग्रेस (बी.पी) बाट देवचुली २ का यम नाथ बस्ताकोटी र रास्ट्रीय प्रजातन्त्र पार्टीबाट देवचुली १६ का सन्तोष थापा लगायतका उम्मेदवार रहेका छन्।
प्रदेश सभा सदस्य क्षेत्र न १ 'ख' मा गठबन्धनबाट देवचुली १२ का लोक प्रसाद भुर्तेल संगै देवचुली १३ का चोक नारायण काफ्लेले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन्। देवचुलीको १३ उम्मेदवार संगै गैडाकोटबाट ११ जना , कावासोतीबाट २५ जना , मध्यविन्दुबाट १२ जना , हुप्सेकोटबाट ३ जना र विनयी त्रिवेणीबाट ४ जनाले उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।
अहिले नवलपरासी बर्दघाट सुस्ता पुर्वमा जम्मा ६८ जना उम्मेदवारहरु रहेका छन्।