देवचुली साउन ०६,
भगवान शिवको पावन महिना साउन र पबित्रबार सोमबार मानिन्छ भने यस दिनमा शिवलाई बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । साउन ६ गते अर्थात आज साउनको पहिलो सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख, शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । यस्तै देवचुली नगरपालिका वडा नं १२ गैडीमा रहेको कालिका आश्रम शिवधाम मन्दिरमा पनि आज सोमबार भक्तजनहरुको ठुलो भिड रहेको छ ।
विं स २०५० सालमा स्थापना गरिएको मन्दिर हरेक वर्षको साउनमा विभिन्न ठाँउबाट भक्तजनहरुको भिड लाग्ने गर्दछ । मन्दिरमा १०८ शिवलिङ्ग, महाकाली, महालक्ष्मी, महाभगवतीको साँद्मबिहान बिशेष पुजा हुने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष योग नारायण न्यौपानेले बताउनुभयो ।
बिहान सबेरैदेखि पुजा गर्ने भक्तजनको भिड रहेको र यसरी साउन महिना भरि पुजा जलअर्पण, वेलपत्र चडाए सम्पूर्ण मनोकामना पुरा हुने विश्वास रहेको पुजा गर्न आउनुभएकी दुर्गा काफ्लेले बताउनुभयो । बिशेष गरि महिलाहरु हरियो र पहेलो वस्त्र लगाई मन्दिरमा पुजा गर्ने गर्दछन।
यस्तै हरेक बर्ष झै अहिले पनि देवचुलीको रजहर, कैलाशटोल, धारापानी, साहाराचोक, प्रगतिनगरमा रहेका मन्दिरहरुमा पनि बिशेष पुजा हुने गर्दछ । साउन महिनाको सोमबार विशेष गरी महिलाहरु चोखा खाने,े ब्रत बस्ने गर्दछन् । राति अवेरसम्म व्रत बसी भजनकृतन पनि गर्ने गर्देछन् । आजको दिन देखि साउन महिना भरि हरेका मन्दिरहरुमा भक्तजनहरु पुजाआज गरी खुसीयाली साटासाट गरी मनाउने गर्दछन् ।