देवचुली
सचेत नागरिक समाज देवचुलीको तदर्थ समितिले पूर्णता पाएको छ। आज शनिबार एक कार्यक्रमको आयोजना गरि श्याम शर्मा भुसालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिलाई पूर्णता दिइएको हो। सचेत नागरिक समाज देवचुलीले नेपालीहरुको महान् पर्व विजयादशमी , दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो।
श्याम शर्मा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा समाज रुपान्तरणमा युवाहरुको भूमिका बिषयमा विभिन्न विधाका सरोकारवाला व्यक्तिहरुले आ-आफ्नो भनाई राखेका थिए। कार्यक्रममा बोल्दै वातावरण सम्बन्धि बिषयमा डा माधव गिरि , अर्थ राजनीतिमा युवाको सोच र पहुँचको बिषयमा नरदेव न्यौपाने , शैक्षिक संस्था व्यवस्थापनको बिषयमा अग्नि भुसाल , शिक्षामा शिक्षकको भूमिका बिषयमा होमनाथ न्यौपानेले आफ्नो बिचार राखेका थिए।
कृषि सम्बन्धि बिषयमा इन्द्रमणि भुसाल , पर्यटन सम्बन्धि बिषयमा सत्यराज अधिकारी , होटल व्यवसाय सम्बन्धि बिषयमा नारायण काफ्ले , खेलकुद सम्बन्धि बिषयमा कमल महतो , उद्योग ब्यापार व्यवसाय सम्बन्धि बिषयमा तेज प्रसाद न्यौपाने , स्वास्थ्य सम्बन्धि बिषयमा दिनेश भुसाल र बालबालिका किशोरी तथा महिलाको बिषयमा आशा विकले आफ्नो भनाई राखेका थिए।
कार्यक्रममा सबै वक्ताहरुको बिचारलाई शरांसमा प्रस्तुत गरे संगै केशब भट्टराइले सबै अभिव्यक्तिहरुलाई लिपिबद्ध गरि नगरपालिका समक्ष प्रतिवेदन तयार पारि बुझाउने अध्यक्ष भुसालले हेर्नेपाटीलाई बताएका हुन्।
समितिको आगामी बैठकमा उल्लेखित बिषयहरुलाई छलफल गरि अन्य संस्थाहरुको जस्तै नगरपालिकाको पनि सामाजिक परिक्षण हुनु पर्ने बिषयलाई समेत पहल गरिने बताएका छन्।