देवचुली
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभाको इकाई ७ अन्तर्गतको साधारण सभा आज बुधबार सम्पन्न भएको छ।
इकाई ७ मातहतमा पर्ने विश्वज्याेति सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयाेजक रामप्रसाद चापागाईंको अध्यक्षता सँगै कावासोती २ का वडाध्यक्ष शिवप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन , लेखापरीक्षण प्रतिवेदनहरू माथि छलफल गरिएको थियो। सोही अवसरमा आव २०७९र०८० का लागि आवश्यक रणनैतिक योजनामा सँगै विविध विषयमा छलफल भएको संस्थाले जानकारी दिएको छ।
कार्यक्रममा संस्थाका सञ्चालक, सल्लाहकार , स्थानीय सामाजिक सङ्घसंस्थाका पदाधिकारी , सेवा केन्द्रका व्यवस्थापन उप समितिका सम्पूर्ण पदाधिकारी , सम्पूर्ण शेयर सदस्यहरू लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले यस संस्थाले सहकारीको महत्व बुझाएर समाज र स्थानीयलाई समृद्ध बनाउन अग्रसरता देखाएकोले आगामी समयमा संस्थाको प्रगति सँगै तेस्रो वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा सेवा केन्द्र व्यवस्थापन उप समितिका सह संयोजक कान्तिमाया गिरीको स्वागत मन्तव्य रहेको थियो भने अधिकृत उमापति भट्टराईले सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरूले यस संस्थाले सहकारीको महत्व बुझाएर समाजलाई र स्थानीयलाई समृद्ध बनाउन अग्रसरता देखाएकोले आगामी समयमा संस्थाको प्रगति सँगै तेस्रो वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए।