देवचुली
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभाको इकाई १ अन्तर्गतको साधारण सभा आज सम्पन्न भएको छ।
इकाई १ मातहतमा पर्ने पृथ्वी , शुभकामना र देवचुली सेवा केन्द्रको साधारण सभा पृथ्वी सेवा केन्द्रका संयोजक मोतिलाल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन , लेखापरीक्षण प्रतिवेदनहरू माथि छलफल गरिएको थियो।
सोही अवसरमा आव २०७९ / ०८० का लागि आवश्यक रणनैतिक योजनामा सँगै विविध विषयमा छलफल भएको संस्थाले जानकारी दिएको छ।
देवचुली १२ का वडाध्यक्ष लोक प्रसाद भुर्तेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका सञ्चालक, सल्लाहकार , स्थानीय सामाजिक सङ्घसंस्थाका पदाधिकारी , तीनवटै सेवा केन्द्रका व्यवस्थापन उप समितिका सम्पूर्ण पदाधिकारी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
शुभकामना सेवा केन्द्रका संयोजक रुद्रप्रसाद चापागाँईले सहजिकरण गरेको कार्यक्रममा देवचुली सेवा केन्द्रका संयोजक रेशमलाल चापागाँईले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा बोल्दै वक्ताहरूले यस संस्थाले सहकारीको महत्व बुझाएर समाजलाई र स्थानीयलाई समृद्ध बनाउन अग्रसरता देखाएकोले आगामी समयमा संस्थाको प्रगति सँगै तेस्रो वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गगरेका थिए।
आजको कार्यक्रम सूर्य किरण आधारभुत विद्यालयमा भएको थियो भने असोज ५ गते इकाई २ अन्तर्गतको कार्यक्रम दिव्यलक्ष्मी सेवा केन्द्रमा हुनेछ।