गैडाकोट
अमरापुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैडाकोट १४ - १७ को आयोजनामा सोमबार विशेष छलफल सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष मनहरी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा केही महत्वपूर्ण विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा नगरपालिकाले परिपत्र गरे अनुसार संस्थाले आगामी दिनमा नक्सा पास नगरी बनाइएको घरमा खानेपानीको धारा उपलब्ध नगराउने , ढल व्यवस्थापन आयोजनाको पत्र अनुसार जग्गा छनौटको नाम सिफारिस गर्ने , झराही खोलाबाट उत्खनन हुने नदीजन्य सामाग्रीको लागि खानेपानी संस्था र यहाँका स्थानीय उपभोक्तासँग आवश्यक छलफल गरिनुपर्ने लगायतका विषयमा छलफल भएको संस्थाका व्यवस्थापक मनबहादुर रानाभाटले ह्याप्पी टाइम्सलाई बताउनुभएको छ ।
कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं १४ देखि वडा नं १७ सम्मका निवर्तमान तथा हालका वडा अध्यक्षहरू , जिल्ला समन्वय समिति सदस्य तथा कार्यपालिका सदस्य ,सल्लाहकार समिति , समाजसेवी ,बुद्धिजीवी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
विषयवस्तु माथि प्रकाश पार्दै रानाभाटले ढल व्यवस्थापनको लागि गैडाकोट १४ - १७ का वडा अध्यक्षहरूलाई जिम्मा दिने र अरु कार्यको लागी गैडाकोट नगरपालिकाको कार्यालय सँग समन्वय गरि आवश्यक छलफल गरिने बताउनुभयो।
कार्यक्रममा उपाध्यक्ष गङ्गा सुबेदीको स्वागत मन्तव्य रहेको थियो भने संस्थाका सचिव हिरालाल सापकोटाले सहजीकरण गर्नुभएको थियो।