देवचुली,
देवचुली नगरपालिकाले आफ्ना १०० दिनका उपलब्धिहरु सार्वजनिक गरेको छ । आइतबार देवचुली नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले आफ्ना कामहरुको सार्वजनिक गरेको हो । देवचुली नगरपालिकामा निर्वाचित भएर आएपछि जनप्रतिनिधहरुले नगरपालिकाले गरेको कार्यको संक्षिप्त रुपमा नगर प्रमुख हरि प्रसाद न्यौपानेले जानकारी गराउनुभएको थियो । उहाँले गत जेठ ५ गते पदभार ग्रहण गरेको दिन नै भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासका नागरिकलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरिएको साथै जिल्ला भूमि आयोगलाई देवचुलीबाटै काम थालनी गर्न आग्रह गरेको, जेष्ठ नागरिकहरुलाई बर्षमा २ दिन घरघरमा गई स्वास्थ्य परिक्षण सुरु गरिसकेको बताउनुभएको छ । यसैगरि रगत आवश्यक पर्ने बिरामीलाई ब्लड बैंकले लिने दस्तुर नगरबाट उपलब्ध गर्ने, गत असारमा भएको नगरसभाबाट आर्थिक विकास र स्वरोजगार : समृद्ध देवचुली निर्माणको आधार श्लोगन तय गरी कुल ७४ करोड ११३ लाख ४८ हजार बजेट सहित नीति तथा कार्यक्रम पारित गरिएको, वडा नं १३ दलदलेमा सार्वजनिक ऐलानी जग्गा करिब ९ बिगाह जमीन सम्बन्धित मोहीहरुबाट छोडपत्र गरी नवलपुर वनस्पति उद्यान तथा अन्य आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा संरक्षण गरिएको, मेयर विपद व्यवस्थापन कोषबाट खोलामा तटबन्ध, खानेपानी र नहरका मुहान संरक्षण, कल्भर्टहरु निर्माण, फोहोर व्यवस्थापनलाई समय मै फोहोर उठ्ने गरी रुटिङ सार्वजनिक गरिएको, देवचुली डाँडामा केबलकार संचालन गर्न निजी क्षेत्रलाई आमान्त्रण गरि लगानीमैत्री वातावरण निर्माणको प्रयास गरिएको, देवचुली नगरपालिका वडा नं ७ सेन्टर प्लट खेलमैदानमा संघबाट परेको ८ लाखमा नगरबाट १२ लाख म्याचिङ्ग गरि काम अगाडि बढाएको जानकारी गराउनुभयो ।
यसैगरि नगरपालिकाले वडा नं ५ र १२ जोड्ने पक्की पुल निर्माणको निम्ति टेण्डर प्रकृया सुरु गरिएको, महेन्द्र राजमार्गको देवचुली खण्डको सडक कालोपत्रे कामका लागि ए.पि.डि.का प्रतिनिधि, ठेकेदार कम्पनी र सडक डिभिजनका प्रतिनिधिलाई २ चरणमा छलफल गरिएको, २०७९ सम्पन्न गरेर विद्यार्थी विवरण आई.एम.आइ.एस. अपडेट गरिएको, गरिब विपन्न सहायता प्रारम्भ गरिएको, अपांगता व्यतिmलाई आवश्यक सामग्रही वितरण गरिएको, नगर क्षेत्रका १ सय २९ टोल विकास संस्थाका पदाधिकारीलाई मलेरिया र डेङ्गो सम्बन्धी अभिमूखीकरण, देवचुली स्वास्थ्य चौकीलाई पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको, ट्रमासेण्टरको लागि जग्गा व्यवस्थापन कार्यदल बनाइएको, बालमैत्री ः देवचुलीको गौरव पुनरावलोकनको काम थालनी गरिएको, कृषि र पशुनज्य उत्पादन वृद्धि, उत्पादनको संकला, बिक्री वितरण, कृषि र पशुपालनलाई बढावा दिई दुध, मासु र खाद्यन्नमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यवस्थित योजना निर्माण गरिएको, जनतासँग मेयर कार्यक्रम संचालन गर्नको लागि तयारी अन्तिम चरणमा पुगेको, मुद्धा मामिला तथा न्यायिक कार्य गर्नका लागि कानुनी सल्लाहकार नियुक्त गरिएको, अनलाईन क्युआर कोर्ड बाट राजश्व तिर्न मिल्ने कार्य गरिएको बताउनुभयो ।
नगरप्रमुख न्यौपानेले आफु निर्वाचित भएको १०० दिनमा विशेषत शिक्षा, स्वास्थ्य ,सरसफाई, कृषि, खेलकुद लगायतका थुप्रै कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका उप–प्रमुख पार्वता तिवारीले पत्रकारबाट आएका जिज्ञासालाई सम्बोधन गर्नुभएको थियो । उहाँले देवचुली नगरपालिकाले १०० दिनमा केही महत्वपूर्ण कार्यको सुरुवात गरेको र यसलाई निरन्तर दिँदै समुन्त र सुखी नगरपालिका बनाउन तत्पर लागिरहेको बताउनुभयो । यसैगरि कार्यक्रममा देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले कोभिडको विषयमा नगरले गरेको कार्य र पछिल्लो समय मलेरिया र डेङ्गो रोग सम्बन्धी जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीले गर्नुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षता रहेको थियो । पत्रकार सम्मेलनमा जिल्लाका विभिन्न संचारमा आबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।