प्रगतिनगर पशुपती विउ आलु उत्पादन कृषक समुह देवचुली १४ र १५ प्रगतीनगरको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ ।
कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष जगन्नाथ पोख्रेल प्रस्तुत गर्नु भएको थियो भने,समुहको आ. ले .प प्रतिवेदन सचिव तुलराम भट्टराई र कार्य परीयोजना प्रस्ताव प्रतिवदेन अध्यक्ष बलराम पोख्रेल ले प्रस्तुत गर्नु भएको थियो ।समुहका अध्यक्ष बलराम पोख्रेल को अध्यक्षता तथा देवचुली १५ का वडा अध्यक्ष शुरेस कुमार रानाभाट को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कारीतास नेपाल गैडाकोटका कार्यक्रम संयोजक राजन राई , कृषि सेवा केन्द्र रजहरका प्राविधिक सरस्वति गौतम ,भिम ब. बुढा देवचुली ब स सं लि का व्यवस्थापक नारायण पाण्डे जन प्रतिनिधी मानकुमार श्रेष्ठ ,प्रेम प्रसाद खनाल देवचुली १५ का निवर्तमान वडा अध्यक्ष हरिभक्त भट्टराई लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन समूहका लेखा तथा सुपरीवेक्षण समिति का संयोजक प्रितम भुजेलले गर्नु भएको थियो ।यसै बिच आज भएको तेस्रो अधिवेशन ले ९ सदस्यिय कार्यसमिति चयन गरेको छ । बलराम पोख्ररेलको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन गरीएको हो । जसको उपाध्यक्षमा लिलाधर अधिकारी,सचिव महेस रानाभाट ,सह सचिवमा पार्वती रानाभाट,कोषाध्यक्षमा तुलसी प्रसाद खनाल लाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा, चन्द्रि रानाभाट ,ठाकुर प्रसाद काफ्ले ,जीतु पौडेल,पुष्पा अर्याल लगाएत रहनु भएको छ ।त्यस्तै भेलाले प्रितम भुजेको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति समेत आजै चयन गरीएको छ ।जसको सदस्यमा ठाकुर प्रसाद खनाल तुलाराम भट्टराई रहनु भएको छ यसै बिच बृहत आलु बाली। बेमौसमी तरकारी खेती सिजनेवल प्याज खेती र आधुनिक मकै खेती परीयोजना संचालनको लागि आलु पकेट क्षेत्र संचालन कार्यक्रम मकैवाली संचालन कार्यक्रम र मौसमी तथा बेमौसमी तरकारी बाली संचानका का निमित्त कारितास नेपाल र कृषि विकास शाखा रजहर संग हातेमालो र सहकार्य मा अगाडी बढ्ने उद्घोषका साथ सातौं साधारण सभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ।