जिल्ला खेलकुद बिकास समिती नवलपुरले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी दर्ता एवं जिल्ला छनोटमा सहभागिता जनाउन खेलाडीहरुलाई आग्रह गरेको छ। समितिले एक सूचना जारी गर्दै पहिलो चरणमा छनोट हुने खेलहरु फिन्सिङ, लन टेनिस, सट टेनिस, पौडी, महिला फुटबल, साईक्लिङ्ग, कुस्ती, हक्की, गल्फ, महिला क्रीकेट, स्क्वास, सुटिङ्ग, आर्चरी, खोस्खो, महिला बास्केटबल, ट्रायथलन,प्याराग्लाईडिङ्ग र महिला ह्याण्डबलका लागि भाद्र २ गते सम्म दर्ता गर्न अनुरोध गरेको छ। यसैगरी समितिले दोश्रो चरणमा छ्नोट हुने एथलेटिक्स, टेबल टेनिस, शारीरिक सुगठन, कराँते, पुरुष फुटबल, भलिबल, बुद्धिचाल, भारत्तोलन, फुल कन्ट्याक्ट कराँते, क्रीकेट, सेपाक ताक्रो, रग्बी, उसु, तेक्वान्दो, बास्केटबल, ब्याडमिन्टन, जिम्न्यास्टिक, जुडो, आइटिएफ तेक्वान्दो, ह्याण्डबल, कबड्डी र बक्सिङ्गका लागि भाद्र ६ गते भित्र दर्ता गरिसक्नुपर्ने जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखी कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ।