देवचुली, साउन ०४,
क्यान्सर जितेकी साहसी नवलपुर कावसोतीकी राधा शर्मासँग आज शनिबार देवचुलीका किशोरीहरुको अन्तरक्रिया कार्यक्रम दलदले साहारा पार्टी प्यालेसमा सम्पन्न भएको छ । कार्यक्रममा क्यानसर भएकी राधाले आफनो जिवनमा घटेका घटनाबारे बताएकी थिइन् । करिब २०६४ साल देखि पत्रकारितामा कलम चलाउदै आइरहेकी राधाले आफनो जिवनमा पनि यती ठुलो घटना घट्ला भन्ने नसोचेकी उनले विवाहको दिन देखि श्रीमान र घरपरिवारको हिंसामा परेको र विवाहको २ महिनामा क्यानसर सँग लड्न बाध्य भएकी थिइन् । अहिले आफु पहिले जस्तै राधा भएको र एउटै लक्ष्य बोकेर समाजमा हिडी रहेकी उनले राधा क्यानसर सचेतना फाउन्डेसन मार्फत विभिन्न गाँउमा भएका महिलाहरुलाई भेला गरेर जनचेतना कार्यक्रम सञ्चालन गरेको बताउछिन् ।
त्यस्तै कार्यक्रममा हालसालै भएको राष्ट्रिय बाल सम्बेद्धनशिल पत्रकारिता पुरस्कार हासिल गर्न सफल भएकी कावसोतीकी धनु भुसालको पनि उपस्तिथी रहेको थियो । कार्यक्रममा बोल्दै भुसालले आफुले करिब ७ बर्ष देखि पत्रकारितामा कलम चलाउदै गर्दा महिला, किशोरीहरुको बिषयमा धेरै कुराहरु समप्रेशण गर्न पाएको र त्यही मेहेनत मार्फत नै आज यो पुरस्कार हासिल गर्न सफल भएको बताँउदै आगामी दिनमा पनि समाजका लागि निरन्तरता कलम चलाउदै अगाडी बढने बताउनुभयो ।
अन्तक्रिया कार्यक्रमको अध्यक्षता जागृती बाल तथा युवा सरोकार नेपाल र क्यानलनद्धारा “सक्छिन छोरी” की अभियन्ता किशोरी संतोषी भुर्तेलले गर्नुभएको थियो भने कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका संरक्षक होमनाथ जैसी, नवप्रगती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानसिंह खत्री, सकला माध्यमिक विधालयकी प्रध्यानध्यापक लक्ष्मी शिवाकोटी, बरचुली माध्यमिक विधालयकी शिक्षिका गोमा खड्का, देवचुली नगरपालिकाका सुचना प्रविधि अधिकृत कृष्ण सापकोटा, बाल परिषद गण्डकी प्रदेशको सचिव आशमा अर्याल, जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, सविता पंगेनी, किशोरी सशतिmकरण तालिमका किशोरी अभियन्ता लगायतको उपिस्तथी रहेको थियो ।
कार्यक्रममा किशोरीहरुले महिनाभरि आफुहरुले गरेको कार्यक्रमबारे छलफल समेत गरेका थिए । अबको दिनमा कसरी अगाडी बढने बारे छलफल गरिएको थियो । कार्यक्रममा ३० जना किशोरीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन किशोरी सशीतmकरणका अभियन्ता प्रिती भुसाल र सुष्मा पोख्रेलले गर्नुभएको थियो ।