कावासोती,
विद्यालय स्तरीय सचेतनामूलक नाटक प्रतियोगिता बिहीबार कावासोतीमा सम्पन्न भएको छ। " बाल प्रतिभाको प्रस्फुटन बिधालय तहबाटै " भन्ने मुल नाराका साथ कावासोती नगरपालिकाका २४ विद्यालयको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। कावासोती नगरपालिका शिक्षा शाखाको आयोजना सँगै त्रिभुवन बाल माध्यमिक विद्यालय ढोकीको संयोजन रहेको कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक दीपक नाथ घिमिरेको अध्यक्षता रहेको थियो।
जिल्ला शिक्षा तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी , नगर शिक्षा अधिकृत राजन पाण्डे , कावासोती नगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष चुडामणि थनेत, कावासोती नगरपालिकाका श्रोत शिक्षक तीर्थ राज कँडेल , विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत अन्य शैक्षिक व्यक्तित्व सँगै रङ्गकर्मीहरूको उपस्थिति रहेको थियो।
आज सम्पन्न नाटक प्रतियोगितामा 'सचेतना' शीर्षकको नाटक सहित जनता माध्यमिक विद्यालय त्रिभुवनटार प्रथम , 'दाइजो प्रथा ' शीर्षकको नाटक सहित जनकल्याण माध्यमिक विद्यालय रिठ्ठेपानी द्वितीय र ' रजस्वला' शीर्षकको नाटक सहित त्रिभुवन बाल माध्यमिक विद्यालय ढोकी तृतीय हुन सफल भएका छन्।
यो सँगै ज्ञानोदय माध्यमिक विद्यालय कावासोतीको 'आत्मरक्षा ' र सरस्वती माध्यमिक विद्यालय हसौराको 'एक आधुनिक साथी' सान्त्वना हुन सफल भएका छन्।
कार्यक्रममा खगराज सापकोटाको संयोजकत्वमा आदर्श शुसिल र नारायण प्रभु निर्णायकको रुपमा रहेका थिए। कार्यक्रममा नगर भित्रको शिव नमुना माध्यमिक विद्यालय , सिद्धार्थ आवासिय माध्यमिक विद्यालय , जनता माध्यमिक विद्यालय , शान्ति प्राथमिक विद्यालय , कुमारी प्राथमिक विद्यालय हसौरा , सरस्वती माध्यमिक विद्यालय हसौरा , सन्तु देवी रास्ट्रीय प्राथमिक विद्यालय पिठौली , लुम्बिनी आवासीय माध्यमिक विद्यालय कावासोती , पिठौली आधारभूत विद्यालय , ज्ञानोदय माध्यमिक विद्यालय , गोसाइवावा आधारभूत विद्यालय चिसापानी , वाइज भिजन स्कुल पिठौली , जनता माध्यमिक विद्यालय त्रिभुवनटार , चण्डेश्वरी माध्यमिक विद्यालय गोडार , सरस्वती माध्यमिक विद्यालय गोछडा , नोबेल एकेडेमी कावासोती , त्रिभुवन बाल माध्यमिक विद्यालय ढोकी , नवलपुर एकेडेमी कावासोती , लर्ड बुद्ध माध्यमिक विद्यालय कावासोती , जीवनज्योति माध्यमिक विद्यालय कावासोती , कालिका माध्यमिक विद्यालय लक्ष्मीनगर , जनकल्याण माध्यमिक विद्यालय रिठ्ठेपानी , गण्डकी आवासीय माध्यमिक विद्यालय र सेन्ट जोसेफ माध्यमिक विद्यालय लगायतले तयार पारेको नाटक प्रदर्शन गरिएको थियो।
नाटक प्रतियोगितामा बोल्ने वक्ताहरूले नाटकले समाजको यथार्थ चित्र देखाउने र यसैको माध्यमबाट समाज परिवर्तन गर्न सकिने भएकोले विद्यालयहरूमा यस्ता कार्यक्रमहरू निरन्तर गरिनुपर्ने बताएका थिए।