देवचुली,
देवचुली नगरपालिका वडा नं १५ मा रहेको महाराजा सामुदायिक वनको सदस्यता नवीकरण आगामी साउन २० गते देखि सुरु हुने भएको छ । महाराजा सामुदायिक वन उपभोक्ता समूहको गत साउन ७ गते बसेको बैठकले चालु आर्थिक वर्ष ०७९/०८० को लागि सदस्यता नवीकरण तथा सम्पन्नता पहिचान कार्य गर्ने भएको हो ।
संस्थाले मंगलबार एक सूचना जारी गर्दै आगामी साउन २० गतेबाट विभिन्न टोल अनुसार सदस्यता नवीकरण गर्ने बताउँदै उक्त मितिमा सम्पूर्ण उपभोक्ताहरुलाई सदस्यता नवीकरण गर्न अनुरोध गरेको छ ।
साउन २० गते पशुपति टोल, २२ गते जागृती टोल, प्रकृति टोल, २३ गते प्रगतिनगर टोल तल, २४ गते प्रगतिनगर टोल माथि, २५ गते धौलागिरी टोल, २६ गते तिस घरे टोल, २९ गते फूलबारी टोल, प्रगति टोल, ३० गते गणेशटोल, ३१ गते भगवती टोल, भदौ १ गते मिलन टोल, २ गते पूर्व टोल पृथ्वीनगर, ५ गते बिच टोल पृथ्वीनगर र भदौ ७ गते पश्चिम टोल पृथ्वीनगरको मिति तोकिएको छ ।
नवीकरण गर्दा सदस्यता शुल्क २० रुपैयाँ र सदस्यता कार्ड शुल्क ५० रुपैयाँ लाग्ने संस्थाका अध्यक्ष गन बहादुर रानाले जानकारी दिनुभयो ।